वीरगंज, २५ चैत । तेस्रो श्रीसिया वीरगंज गोल्डकप अन्तर्गत आज आमोदेवी युवा क्लब बडनियार र युनिट युवा क्लब छातापिपराबीच सम्पन्न भयो । सो खेलमा छातापिपरा १ का विरुद्ध ३ गोलले विजयी भएको थियो । छातापिपराको तर्पmबाट जर्सी नं. १७ का सुशान्त चौधरीले २ र जर्सी नं. ८ का सुनील बलले १ गोल गरेका थिए भने बडनियारको तर्पmबाट जर्सी नं. १० का विमल मगरले सान्त्वना १ गोल गरेका थिए ।
आजको उत्कृष्ट खेलाडी छातापिपराका सुनील बल घोषित भए । भोलिको खेल लालबन्दी स्पोट्र्स क्लब सर्लाही र चौधरी–११ बाराबीच हुने क्लबका अध्यक्ष पङ्कजकुमार चौधरीले जानकारी गराए ।
साभार: प्रतिक दैनिक
तपाईको प्रतिक्रिया