logo

चौराहले चुम्यो डिपिएलको उपाधी

      4/22/2017 गते 00 00 मा प्रकाशित     1602   पटक पढिएको

काठमाण्डौ ९  धनगढी । ब्याटिङमा शानदार कमब्याक, आरिफ शेखको अर्धशतक र बलरहरुको उत्कृष्ट प्रदर्शनको मद्दतमा घरेलु टोली चौराह टिम धनगढीले विराटनगर किंग्सलाई पराजित गर्दै सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिगको उपाधि जितेको छ। 

शनिबार धनगढीस्थित एसएसपी क्रिकेट मैदानमा  चौराहले शरद  विराटनगरलाई ६२ रनले पराजित गर्दै सर्वाधिक नगद पुरस्कार राशीको डिपिएल च्याम्पियन हात पारेको हो। उपाधिसँगै चौराहले नगद १५ लाख र ट्रफी हात पार्‌यो।

लिगमा लगातार ३ खेल हारेको चौराह  च्याम्पियन बन्ने क्रमम त्यसपछिका लगातार ५ खेल जित्न सफल भएको हो।

चौराहले निर्धारित २० ओरभमा ५ विकेट गुमाएर १६० रनको च्यालेन्जिङ स्कोर खडा गर्‌यो। 

ओपनर ब्याट्सम्यान राजु रिजाल शून्य तथा अनिल मण्डल जम्मा २ रनमा आउट भएपनि त्यसपछिका ब्याट्सम्यानले चौराहको इनिङ्स सम्हाले। तेस्रो नम्वरमा ब्याटिङ गरेका पृथु बास्कोटा १४ रन बनाएर आउट भए। 

कुनै समय ९।२ ओभरमा ३७र३ को अवस्थामा रहेको चौराहका लागि आरिफ शेखले सर्वाधिक ५४ रन बनाए।  

२९ रनमा प्रकाश विष्टको बलिङमा सुशिल कँडेलद्वारा क्याचआउट हुनुअघि पारसले चौथो विकेटका लागि आरिफ शेखसँग ४४ रनको महत्वपूर्ण साझेदारी। जुन साझेदारी चौराहको लागि स्कोर उकास्न महत्पवूर्ण रह्यो। 

त्यसपछि आरिफ र अमरसिंह राउटेलाले आक्रँमक ब्याटिङ गर्दै पाँचौ विकेटका लागि २४ बलमै ६३ रनको साझेदारी गरे। आरिफले ३० बलमा ४ चौका र ४ छक्का प्रहार गर्दै जारी प्रतियोगितामा व्यक्तिगत दोस्रो अर्धशतक प्रहार गर्ने क्रममा ५४ रन बनाए। 

अमरले १५ बल खेल्दै ३ चौका र २ छक्काको मद्दतमा नटआउट ३१ रन बनाए भने शौरभ खनालले ५ बलमा नटआउट १४ रन जोडे।
बलिङमा विराटनगरका सुशिल कँडेलले २ तथा जितेन्द्र मुखिया, सन्दीप लामिछाने र प्रकारश विष्टले १(१ विकेट लिए।

विराटनगरको पनि सुरुवात राम्रो हुन सकेन। जसले गर्दा ठूलो लक्ष्इ पछ्याउने क्रममा नियमित अन्तरमा विराटनगरको विकेट पतन भयो। विराटनगर १८।१ ओभरमा ९७ रनमै अलआउट भयो।  बिराटनगरका प्रनित थापा मगरले बनाएको २७ नै  सर्वाधिक स्कोर रह्यो। 

यस्तै ओपनर अमित श्रेष्ठले २६ तथा अनिल शाह र दीपेन्द्र सिंह ऐरीले समान १३ रन बनाए भने अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन्।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

मलखाद नपाएपछि बहुदरमाईमा जनआक्रोश, नगर कार्यालयमा तालाबन्दी

वीरगञ्ज । खेतीपातीको मुख्य समयमा मलखादको अभावका कारण आक्रोशीत भएका  बहुदरमाई नगरपालिका–४ का स्थानीय बासिन्दाले कार्यालयमा तालाबन्दी गरेका छन ।

बाघको आक्रमणबाट ७० वर्षिय थारुको ज्यान गयो

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट जिराभवानी गाउँपालिका–२ काठमाडौं टोल निवासी ७० वर्षीय नथुनी मिर्दाहा थारुको मृत्यु भएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.