logo

तेश्रो सिर्सिया गोल्ड कप : युनिट युवा क्लब छातापिपरा विजयी

      4/11/2017 गते 00 00 मा प्रकाशित     1240   पटक पढिएको

वीरगञ्ज, २९ चैत । तेश्रो सिर्सिया गोल्डकप फुटबल प्रतियोगिताको दोश्रो क्वाटरफाईनल खेलमा युनिट युवा कल्ब छातापिपरा विजयी भएको छ । युनिट युवा कल्ब छातापिपराले भरतपुर फुटबल क्लबलाई ४-१ गोल अन्तरले पराजित गरेको हो । युनिट युवा कल्ब छातापिपराका सुनिल बल २, सुशा“त चौधरीले १ गोल र कृपा काफ्लले १ गोल गरेर टिमलाई विजय गराएका थिए ।

त्यस्तै बढनियारका भरतपुर फुटबल क्लबलाई शेखर मगरको १ गोलले टिमलाई चित बुझाउनु प¥यो । भोलि हुने पहिलो सेमिफाईनल खेल एपिएफ कल्ब पथलैया र चौधरी ११ बारा बीच हुने आयोजकले जनाएको छ । बैशाख २ गतेसम्म चल्ने प्रतियोगितामा वीरगञ्ज, लालबन्दी, एपिएफ क्लब पथलैया, चितवन, बारा, मकवानपुर, रौतहटका १० टिम सहभागी भएका छन् ।

प्रतियोगितामा प्रथम हुनेलाई नगद ७० हजार र दोस्रो हुनेलाई नगद ३५ हजारका साथै शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिने आयोजक वजरंगी युवा क्लबका अध्यक्ष पंकज चौधरीले जानकारी दिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

क्रिकेटर  प्रविण र एसईईमा सर्वोत्कृष्ट  नतिजा ल्याउने  साह वीरगंज महानगरद्वारा सम्मानित

वीरगंज । नेपाली महिला टोलीलाई विश्वकप क्रिकेटसम्मको यात्रामा योगदान पु¥याउने वीरगंजकी क्रिकेट खेलाडी साना प्रविण र यस वर्षको एसईई परीक्षामा पर्सा जिल्ला प्रथम भएकी रिया साहलाई वीरगंज महानगरपालिकाले आइतबार एक कार्यक्रमकाबीच सम्मान गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.