वीरगंज, २ वैशाख । श्रीसिया–वीरगंज गोल्डकप पूmटबल प्रतियोगिताको उपाधि छातापिपरा बाराले जितेको छ । शनिवार सम्पन्न फाइनल खेल निर्धारित समयमा बराबरी भएपछि टाइब्रेकरमा छातापिपराले उपाधि जित्न सफल भएको हो । चौधरी–११ बारालाई दुईका विरुद्ध तीन गोलअन्तरले छातापिपराले जीत हासिल गरेको हो। आजको खेलको म्यान अफ दि म्याच चौधरी–११ का दिलमणि चौधरी घोषित भए। प्रतियोगितामा बेस्ट खेलाडी छातापिपरा बाराका गोलरक्षक जयराम चौधरी घोषित भए। यसैगरी, उत्कृष्ट रक्षकमा चौधरी–११ का अनिल पटेल, मिडफिल्डरमा सोही क्लबका आशीष चौधरी र उत्कृष्ट स्ट्राइकरमा छातापिपराका सुनील तामाङ घोषित भए ।
प्रतियोगिताका विजेतालाई रु ७० हजार नगद, शिल्ड, मेडल, प्रमाणपत्र र उपविजेतालाई रु. ३५ नगदसहित शिल्ड, मेडल, प्रमाणपत्र कार्यक्रमका प्रमुख अतिथि वीउवासङ्घका अध्यक्ष ओमप्रकाश शर्माले प्रदान गरेका थिए । भैयाराम पटेलको अध्यक्ष्Fतामा सम्पन्न प्रतियोगिताको फाइनलमा मध्यमाञ्चल क्षेत्रीय पूmटबल विकास समितिका अध्यक्ष मानदेव हजरा, आयोजक बजरङ्गी युवा क्लबका पङ्कज चौधरीलगायतले विजयी खेलाडीहरूलाई पुरस्कृत गरेका थिए ।
तपाईको प्रतिक्रिया