logo

जगदम्बा पाईप वीरगंज सिटी हाफ मैराथन हुने

      4/17/2017 गते 00 00 मा प्रकाशित     1448   पटक पढिएको

वीरगंज  ४ बैशाख ।   
पर्साको वीरगंजमा यहि बैशाख ९ गते शनिबार जगदम्बा पाईप वीरगंज सिटी हाफ मैराथन २०७४  प्रतियोगिता हुने भएको छ । वीरगंजको घण्टाघरमा बिहान ६ बजे  हुने प्रतियोगिता  खुला तर्फ २१.१ किलोमिटर र मिडिया र प्रतिष्ठान तर्फ ३ किलोमिटर गरी २ समुहमा  प्रतियोगिता हुने एथलेटिक्स संघ पर्साका संयोजक एवं कार्यक्रमक संयोजक शैलेन्द्र पाण्डेले बताए । संयोजक पाण्डेका अनुसार खुला तर्फ हुने २१.१ किलोमिटर दौड प्रतियोगितामा प्रथम हुनेलाई प्रमाण पत्र, मेडल सहित नगद २०,००० हजार,दोस्रो हुनेलाई प्रमाण पत्र, मेडल सहित नगद १५,००० हजार र तेस्रो हुनेलाई प्रमाण पत्र, मेडल सहित नगद १०,००० हजार पुरस्कार दिने बताए । यसैगरी ३ किलोमिटर दौडमा  प्रथम हुनेलाई प्रमाण पत्र, मेडल सहित नगद ७,००० हजार,दोस्रो हुनेलाई प्रमाण पत्र, मेडल सहित नगद ५,००० हजार र तेस्रो हुनेलाई प्रमाण पत्र, मेडल सहित नगद ३,००० हजार  पुरस्कार दिने पाण्डेले बताए । 
खुला तर्फ हुने २१.१ किमि हाफ मैराथन घण्टाघर देखि डाबर सम्म र डाबर देखि घण्टाघर सम्म हुने आयोजकले जनाएको छ । यसैगरी ३५ बर्ष उमेर समुहका व्यक्तिले मात्र सहभागि हुन पाउने मिडिया र प्रतिष्ठानतर्फको ३ किलो मिटरको दौड प्रतियोगिता घण्टाघर देखि पावर हाउस सम्म र पावर हाउस देखि घण्टाघर सम्म हुने कार्यक्रम संयोजक शैलेन्द्र पाण्डेले जानकारी दिए । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

क्रिकेटर  प्रविण र एसईईमा सर्वोत्कृष्ट  नतिजा ल्याउने  साह वीरगंज महानगरद्वारा सम्मानित

वीरगंज । नेपाली महिला टोलीलाई विश्वकप क्रिकेटसम्मको यात्रामा योगदान पु¥याउने वीरगंजकी क्रिकेट खेलाडी साना प्रविण र यस वर्षको एसईई परीक्षामा पर्सा जिल्ला प्रथम भएकी रिया साहलाई वीरगंज महानगरपालिकाले आइतबार एक कार्यक्रमकाबीच सम्मान गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.