रंगपुर १९ चैत्र । राष्ट्रीय योजना आयोगका सदस्य डा.कृपासिन्धु चौधरीले खेलाडीहरुले खेलको माध्यमले राष्ट्रको नाम उच्चो पार्ने गरेको बताए । मधुवन मथौल गा बि स द्वारा संचालित नकआउट फूटबल प्रतियोगिताको समापन समारोहलाई सम्बोधन गर्दै डा.चौधरीले खेलाडीमा हुने अनुशासनले देशको बिकासमा समेत प्रभाव पार्ने बताए । उनले देश धनी र गरिबको कुरा हैन प्रतिभाका कारण संसारमा चिनिएको बताउदै ब्राजील अर्जेन्टीना लगायतको दृष्टान्त दिए । यस अघि मधुवन मथौल गा बि स द्वारा संचालित नकआउट फूटबल प्रतियोगिताको उपाधी सशस्त्र प्रहरी बल पिलुवाले चुमेको छ । मधुवन मथौलको खेल मैदानमा भएको आजको फाइनल खेलमा पिलुवाले सिमरा एकेडमी क्लब बारा लाई १का बिरुद्ध २ गोल गरि बिजयी भएको हो । ष्लिग दजबथय १ गोल गरि बिजयी
भएको छ । प्रतियोगिताको बिजयी टिमलाई नगद तीस हजार र उपबिजेता टिमलाई पन्ध्र हजार रुपैया डा.चौधरीले प्रदान गरे । कार्यक्रममा स्वागत मन्तब्य श्री नेपाल राष्ट्रीय मावि सियरहीका प्रधानाध्यापक भागवत प्रसाद थारुले गरेका थिए ।
सखुवा प्रसौनी गाउँ पालिका साविक मधुवन मथौल गाविसद्वारा संचालित नक आउट फूटबल प्रतियोगितामा बारा र पर्साका १० वटा टिमको सहभागीता रहेको दिनेश तिमील्सीनाले बताए । ।
तपाईको प्रतिक्रिया