logo

वीरगंज सिटी हाफ मैराथन आर्मी र सशस्त्र प्रहरीका खेलाडीहरुको वर्चस्व

      4/22/2017 गते 00 00 मा प्रकाशित     2071   पटक पढिएको

वीरगंज,९,बैशाख ।
हाफ मैराथन राष्ट्रिय खुला आमन्त्रण दौड प्रतियोगिता शनिवारवीरगंजमा सम्पन्न भएको छ । वीरगंज सिटी हाफ मैराथन २०७४ नाम दिइएको प्रतियोगितामा राष्ट्रिय तथा अन्र्तराष्ट्रिय खेलाडीहरु गरी ३०० जना खेलाडीहरुले सहभागिता जनाएका थिए ।
वीरगंजमा सवैभन्दा बढि राशी भएको दौड प्रतियोगिता बिहान ७ बजे शुरु भएको थियो ।  प्रतियोगितामा  माल्दिभसका खेलाडी सहित त्रिभुवन आर्मी क्लब काठमाडौं, सशस्त्र प्रहरी बल, पश्चिममांचलका  अन्र्तराष्ट्रिय खेलाडी,पुर्वाचंल, मध्यमांचल लगायत वीरगंज आसपास क्षेत्रका खेलाडीहरुको उत्साहजनक  सहभागिता रहेको एथलेटिक्स संघ पर्साका संयोजक एवं कार्यक्रमका संयोजक शैलेन्द्र पाण्डेले बताए । 
२१।१ किलोमिटर दौड प्रतियोगितामा त्रिभुवन आर्मी काठमाडौंका  खडक बहादुर खडका प्रथम, लालबहाुदर थापा दितिय र कल्याण बाँनिया तृतिय भएका थिए । यसैगरी रामजी बस्नेत चौथो र माल्दिभसका खेलाडी सिफाज महम्मद पाँचौ र त्रिभुवन आर्मीका जितेन्द्र दनुवार छैठो भएका थिए । 
बिजयी खेलाडीहरुले क्रमशः २० हजार,१५ हजार र १० हजार नगद पुरस्कार सहित प्रमाणपत्र र मेडल प्राप्त गरेका थिए । 
यसैगरी ३ किलो मिटर दौड प्रतियोगितामा सशस्त्रका मुक्त कुवर प्रथम,जनतिलक थापा दितिय र कृष्ण श्रेष्ठ तृतिय भएका थिए । बिजयी खेलाडीहरुले क्रमशः ७ हजार, ५हजार र ३ हजार नगद सहित मेडल र प्रमाणपत्र प्राप्त गरेका थिए । 
एथलेटिक्स संघ पर्साका संयोजक शैलेन्द्र पाण्डेको सभापतित्वमा सम्पन्न कार्यक्रममा  पूर्व सांंसद एवं वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष ओमप्रकास शर्मा,  हिमालयन डिस्लरीका कारखाना प्रबन्ध निर्देशक उदय भण्डारी,  पर्साका एसपी गोबिन्द साह, मध्यमांचल खेलकुद बिकास समितिका अध्यक्ष मानदेव हजरा, वीरगंज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष बिजय सरावगी, जिल्ला खेलकुद बिकास समितीका उपाध्यक्ष दिपक तिवारी, वरिष्ठ फुटबल प्रशिक्षक हरी बहादुर श्रेष्ठ, रितु शाक्य, नेकपा एमालेका वडा अध्यक्ष लालबाबु यादव, बिरु भट्टराई लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको सहजीकरण आलोक रंजन कर्णले गरेका थिए 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

वीरगंज महानगरको  आमसञ्चार प्रवर्द्धन तथा नियमन समिति संयोजकमा शत्रुघ्न नेपाल नियुक्त

वीरगंज । वीरगंज महानगरपालिकाको ‘आमसञ्चार प्रवर्द्धन तथा नियमन समिति’ को संयोजक पदमा पत्रकार शत्रुघ्न नेपाल नियुक्त भएका छन।

बढ्दो चिसो संगै महानगरले शिक्षण संस्था बिदाको अवधी थप्यो, अब २० गते शिक्षण संस्था खुल्ने

वीरगन्ज । चिसो झन् बढ्दै जानुका साथै शीतलहर पनि कम नहुँदा वीरगन्ज महानगरपालिकाले विद्यालयहरूमा थप तीन दिन जाडो बिदा थपेको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.