logo

वीरगंज सिटी हाफ मैराथन आर्मी र सशस्त्र प्रहरीका खेलाडीहरुको वर्चस्व

      4/22/2017 गते 00 00 मा प्रकाशित     2240   पटक पढिएको

वीरगंज,९,बैशाख ।
हाफ मैराथन राष्ट्रिय खुला आमन्त्रण दौड प्रतियोगिता शनिवारवीरगंजमा सम्पन्न भएको छ । वीरगंज सिटी हाफ मैराथन २०७४ नाम दिइएको प्रतियोगितामा राष्ट्रिय तथा अन्र्तराष्ट्रिय खेलाडीहरु गरी ३०० जना खेलाडीहरुले सहभागिता जनाएका थिए ।
वीरगंजमा सवैभन्दा बढि राशी भएको दौड प्रतियोगिता बिहान ७ बजे शुरु भएको थियो ।  प्रतियोगितामा  माल्दिभसका खेलाडी सहित त्रिभुवन आर्मी क्लब काठमाडौं, सशस्त्र प्रहरी बल, पश्चिममांचलका  अन्र्तराष्ट्रिय खेलाडी,पुर्वाचंल, मध्यमांचल लगायत वीरगंज आसपास क्षेत्रका खेलाडीहरुको उत्साहजनक  सहभागिता रहेको एथलेटिक्स संघ पर्साका संयोजक एवं कार्यक्रमका संयोजक शैलेन्द्र पाण्डेले बताए । 
२१।१ किलोमिटर दौड प्रतियोगितामा त्रिभुवन आर्मी काठमाडौंका  खडक बहादुर खडका प्रथम, लालबहाुदर थापा दितिय र कल्याण बाँनिया तृतिय भएका थिए । यसैगरी रामजी बस्नेत चौथो र माल्दिभसका खेलाडी सिफाज महम्मद पाँचौ र त्रिभुवन आर्मीका जितेन्द्र दनुवार छैठो भएका थिए । 
बिजयी खेलाडीहरुले क्रमशः २० हजार,१५ हजार र १० हजार नगद पुरस्कार सहित प्रमाणपत्र र मेडल प्राप्त गरेका थिए । 
यसैगरी ३ किलो मिटर दौड प्रतियोगितामा सशस्त्रका मुक्त कुवर प्रथम,जनतिलक थापा दितिय र कृष्ण श्रेष्ठ तृतिय भएका थिए । बिजयी खेलाडीहरुले क्रमशः ७ हजार, ५हजार र ३ हजार नगद सहित मेडल र प्रमाणपत्र प्राप्त गरेका थिए । 
एथलेटिक्स संघ पर्साका संयोजक शैलेन्द्र पाण्डेको सभापतित्वमा सम्पन्न कार्यक्रममा  पूर्व सांंसद एवं वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष ओमप्रकास शर्मा,  हिमालयन डिस्लरीका कारखाना प्रबन्ध निर्देशक उदय भण्डारी,  पर्साका एसपी गोबिन्द साह, मध्यमांचल खेलकुद बिकास समितिका अध्यक्ष मानदेव हजरा, वीरगंज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष बिजय सरावगी, जिल्ला खेलकुद बिकास समितीका उपाध्यक्ष दिपक तिवारी, वरिष्ठ फुटबल प्रशिक्षक हरी बहादुर श्रेष्ठ, रितु शाक्य, नेकपा एमालेका वडा अध्यक्ष लालबाबु यादव, बिरु भट्टराई लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको सहजीकरण आलोक रंजन कर्णले गरेका थिए 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

मलखाद नपाएपछि बहुदरमाईमा जनआक्रोश, नगर कार्यालयमा तालाबन्दी

वीरगञ्ज । खेतीपातीको मुख्य समयमा मलखादको अभावका कारण आक्रोशीत भएका  बहुदरमाई नगरपालिका–४ का स्थानीय बासिन्दाले कार्यालयमा तालाबन्दी गरेका छन ।

बाघको आक्रमणबाट ७० वर्षिय थारुको ज्यान गयो

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट जिराभवानी गाउँपालिका–२ काठमाडौं टोल निवासी ७० वर्षीय नथुनी मिर्दाहा थारुको मृत्यु भएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.