वीरगञ्ज, १० बैशाख ।
सिएमजी संकटा क्लब, वीरगञ्जमा जारी प्रथम टुबोर्ग विशाल मेमोरियल गोल्डकप फुटबल टुर्नामेन्टको सेमिफाईनलमा प्रवेश गरेको छ । मर्मत संभारको अभावमा जीर्ण बनेको नारायणी रंगशालामा आईतबार भएको खेलमा विभागिय टोली सशस्त्र प्रहरीको एफिएफलाई २–० गोल अन्तरले पराजित गर्दै सेमिफाईनलको यात्रा तय गरेको हो ।
निकै प्रतिश्पर्धात्मक खेलमा संकटाका लागि दुवै गोल जर्सी नं ९ का राज पौडेलले गरे । उनले पहिलो हाफ हुन २ मिनेट बाँकी छँदा पहिलो गोल गरेका राजले खेलको ४७ औं मिनेटमा दोस्रो गोल गरेका थिए । उनी नै आईतबार म्यान अफ दि म्याच घोषित भए । उनले नगद पाँच हजार हात पारे । सिएमजीका जर्सी नं ३ प्याट्रिक जोन, र जर्सी न ४ का पिटर सेगनले पहेंलो कार्ड खाएका थिए ।
सोमबार विजय युथ कल्ब हेटौडा र नव जनजागृति युवा क्लब सिमराबीच खेल हुने प्रतियोगिताका संयोजक रोशन कुमार कलवारले जानकारी दिए ।
तस्विरहरु: मनिष पौडेल
तपाईको प्रतिक्रिया