logo

नवजागृति यूवा क्लब सिमरा सेमिफाइनलमा

      4/24/2017 गते 00 00 मा प्रकाशित     2348   पटक पढिएको


वीरगञ्ज, ११ बैशाख । नवजागृति यूवा क्लब सिमरा, वीरगञ्जमा जारी प्रथम विशाल मेमोरियल गोल्डकप फुटबल टुर्नामेन्टको सेमिफाईनलमा प्रवेश गरेको छ । नारायणी रंगशालामा सोमबार भएको खेलमा विजय यूथ क्लब हेटौडालाई ४–० गोल अन्तरले पराजित गर्दै सेमिफाईनलको यात्रा तय गरेको हो ।

खेलमा आफ्नो वर्चस्व जमाएको सिमराका लागि जर्सी नं १७ का सुजल श्रेष्ठले २, जर्सी नं. १० का विवेक चौधरी र कप्तान प्रज्वल थापाले एक÷एक गरेका थिए । सुजल श्रेष्ठ खेलको म्यान अफ दि म्याच घोषित भए । उनले नगद पाँच हजार हात पारे ।

मंगलबार नेपाल आर्मी र हिमालयन शेर्पा क्लब हुने सिमराबीच खेल हुने प्रतियोगिताका संयोजक रोशन प्रसाद कलवारले बताउनुभयो । यसअघि भएको खेलमा विभागीय टिम नेपाल पुलिस क्लब र सिएमजी क्लब संकटा विजयी हुँदै सेमिफाईनलको यात्रा तय गरिसकेको छ ।

बैशाख १६ गते सम्म चल्ने प्रतियोगिताको उपाधी विजेता टिमलाई नगद पाँच लाख र ट्रफी तथा उपविजेता टिमलाई दुई लाख ५० हजार नगद सहित ट्रफी पुरस्कार प्रदान गरिनेछ । यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान सुजीकी मोटरसाइकल प्राप्त गर्नेछन् ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

वीरगंज महानगरको  आमसञ्चार प्रवर्द्धन तथा नियमन समिति संयोजकमा शत्रुघ्न नेपाल नियुक्त

वीरगंज । वीरगंज महानगरपालिकाको ‘आमसञ्चार प्रवर्द्धन तथा नियमन समिति’ को संयोजक पदमा पत्रकार शत्रुघ्न नेपाल नियुक्त भएका छन।

बढ्दो चिसो संगै महानगरले शिक्षण संस्था बिदाको अवधी थप्यो, अब २० गते शिक्षण संस्था खुल्ने

वीरगन्ज । चिसो झन् बढ्दै जानुका साथै शीतलहर पनि कम नहुँदा वीरगन्ज महानगरपालिकाले विद्यालयहरूमा थप तीन दिन जाडो बिदा थपेको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.