logo

प्रशिक्षक र खेलाडीमाथि प्रतिबन्ध

      5/9/2017 गते 00 00 मा प्रकाशित     1564   पटक पढिएको

नुवाकोट, २६ वगैशाख । जिल्लास्तरीय एन्फा लिग फुटबल प्रतियोगितामा रेफ्री र लायन्सम्यानलाई आक्रमण गर्ने देवीघाट जालपा युवा क्लब र त्यसमा आबद्ध दुई खेलाडीलाई प्रतिबन्ध र नगद रुपैयाँ जरिवाना तोकिएको छ ।

    
चण्डीमाई युवा क्लबसँगको प्रतिस्पर्धामा आक्रमणमा उत्रिएको देवीघाट जालपा क्बल र त्यसका प्रशिक्षक विनोद चित्रकार तथा खेलाडीहरू राजाराम चित्रकार र नवीन चित्रकारलाई दुई वर्षसम्मको प्रतिबन्ध र रु १५ हजार तिराउने निर्णय गरेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) नुवाकोटका महासचिव विष्णुप्रसाद चालिसेले जानकारी दिनुभयो ।

    
एन्फा नुवाकोटको बैठकले वैशाख १३ गते भएको खेलमा अनुशासनहीन काम गरेको भन्दै क्लब, प्रशिक्षक र खेलाडीलाई प्रतिबन्ध र नगद रुपैयाँ तिराउने निर्णय गरेको जनाएको छ ।

    
खेल सञ्चालनको समयमा मर्यादा विपरीत क्रियाकलाप गर्ने देवीघाट जालपाका समर्थक विकास चित्रकार, राकेश चित्रकार, नवीन चित्रकार, अरुण चित्रकार र विक्रम थापामगरमाथि समेत कारबाहीको माग एन्फाले गरेको छ ।

    
क्वाटरफाइनलको खेलमा चण्डीमाई युवा क्लबसँगको प्रतिस्पर्धामा देवीघाट जालपाले प्रहार गरेको बल गोलमा परिणत भए पनि रेफ्री सहदेव श्रेष्ठले अफसाइड दिएपछि गोलको माग गर्दै प्रशिक्षक र खेलाडी विवादमा उत्रिएका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

वीरगंज महानगरको  आमसञ्चार प्रवर्द्धन तथा नियमन समिति संयोजकमा शत्रुघ्न नेपाल नियुक्त

वीरगंज । वीरगंज महानगरपालिकाको ‘आमसञ्चार प्रवर्द्धन तथा नियमन समिति’ को संयोजक पदमा पत्रकार शत्रुघ्न नेपाल नियुक्त भएका छन।

बढ्दो चिसो संगै महानगरले शिक्षण संस्था बिदाको अवधी थप्यो, अब २० गते शिक्षण संस्था खुल्ने

वीरगन्ज । चिसो झन् बढ्दै जानुका साथै शीतलहर पनि कम नहुँदा वीरगन्ज महानगरपालिकाले विद्यालयहरूमा थप तीन दिन जाडो बिदा थपेको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.