logo

नेपाल एकदिवसीय विश्वकप छनोटमा

      2/14/2018 गते 00 00 मा प्रकाशित     1256   पटक पढिएको

काठमाडौं २ फागुण । 
 आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ मा नेपालले क्यानडालाई  पराजित गर्दै अन्तिम २ मा स्थान पक्का गरेको छ। नेपालले क्यानडालाई १ विकेटले पराजित गरेको हो।

जितसँगै नेपाल एकदिवसीय विश्वकप छनोटमा पुगेको छ। नेपालको जितमा करण केसी हिरो भए। उनले नटआउट ४२ रन जोडे। करण केसीले ३१ बल खेल्दा ३ चौका र ४ छक्का प्रहार गरे। सन्दीप लामिछानेले नटआउट ५ रन जोडे। 

क्यनडाले दिएको १ सय ९५ रनको लक्ष्य नेपालले अन्तिम बलमा पूरा गरेको हो। करणले सन्दीप लामिछानेका लागि दशौं विकेटका लागि सन्दीप लामिछानेसँग नटआउट ५१ रनको साझेदारी गरे। कुनै समय ९ विकेट गुमाउँदा १ सय ४४ रन जोडेको नेपालले अन्तिम विकेटका लागि रोमाञ्चक साझेदारी गरेको थियो।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

क्रिकेटर  प्रविण र एसईईमा सर्वोत्कृष्ट  नतिजा ल्याउने  साह वीरगंज महानगरद्वारा सम्मानित

वीरगंज । नेपाली महिला टोलीलाई विश्वकप क्रिकेटसम्मको यात्रामा योगदान पु¥याउने वीरगंजकी क्रिकेट खेलाडी साना प्रविण र यस वर्षको एसईई परीक्षामा पर्सा जिल्ला प्रथम भएकी रिया साहलाई वीरगंज महानगरपालिकाले आइतबार एक कार्यक्रमकाबीच सम्मान गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.