बीरगंज ४ फाल्गुण ।
एन्जल ईन्टरनेशनल स्कुलले आज १४ औं बार्षिक उत्सवको अवसरमा खेलकुद महोत्सव सम्पन्न गरेको छ ।
बिद्यालयका प्रध्यानाध्यापक राम श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा प्रर्साका बरिष्ठ प्रहरी उपरिक्षक सुर्य प्रसाद उपाध्यायले खेलकुद बिद्यार्थीको बृति बिकासमा महत्वपूर्ण पक्ष भएको बताए ।
उनले समाजको बिकास र प्रगतीका निम्ति खेलकुद अनिवार्य रहेको चर्चा गर्दै सामाजिक शान्ति स्थापनामा पनि खेलकृुदको महत्व रहेको बताए ।
कार्यक्रममा , नेपाल पत्रकार महासंघ पर्साका पूर्व अध्यक्ष के.सी. लामिछाने, पत्रकार राजु श्रेष्ठ,कविता खड्का युवा समाजका कमल चौगाई नेबिसंघका दिलिपराज कार्की, साहित्यकार समीर पाखरीन लगायतकाले आ —आफनो धारणा ब्यक्त गरेका थिए ।
सो अवसरमा बिभिन्न क्रिकेट ,फूटवल दौड लगायतका खेलमा उत्कृष्ठ स्थान हासिल गरेका बिद्यार्थीहरुलाई सम्मानित समेत गरिएको थियो ।
बिद्यालयका संचालक पवित्रा श्रेष्ठले सहभागि र अतिथिलाई स्वागत गरेकी थिइन । कार्यक्रममा बिद्यालयका छात्र छात्राले बिविध सास्कृति कार्यक्रम र झांकीहरु प्रस्तुत गरेका थिए ।
तपाईको प्रतिक्रिया