वीरगंज, २९ मंसिर ।
५ लाख ५५ हजार ५ सय ५५ रुपैया पुरस्कार राशीको बिशाल गोल्ड कप फुटबल प्रतियोगिता दोश्रो संस्करण वीरगंजमा हुने भएको छ ।
वीरगंजको नारायणी रंगशालामा पुस २८ गते देखी माघ ५ गते सम्म प्रतियोगिता संचालन हुने शनिबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराइएको छ । बिशाल मेमोरियल फाउन्डेसनको आयोजनामा हुने प्रतियोगितामा नेपालका ए डिभिजन क्लबका ५ टिम र भारतका चर्चित क्लबका २ टिम गरी जम्मा ८ वटा टिमको सहभागिता रहने छ ।
नेपाल पत्रकार महासंघ, पर्साको सभा कक्षमा आयोजित पत्रकार सम्मेलनमा वोल्दैे बिशाल मेमोरियल फाउन्डेसनका अध्यक्ष अनिल कुमार कलवारले प्रतियोगिता फिफा रुल्स अनुसारको खेलाइने वताए । प्रतियोगिताकालागि बीरगंजको नारायणी रंगशालाको फिल्ड मर्मत कार्य जारी रहेको अध्यक्ष कलवारले जानकारी गराए ।
प्रतियोगिता संचालनको कुल लागत रु ५१ लाख ९८ हजार ३ सय ३२ रहेको उनले जानकारी गराए । प्रतियोगिताका उप विजेताले २ लाख ७७ हजार ७ सय ७७ रुपैया पुरस्कार पाउने छन ।
तपाईको प्रतिक्रिया