logo

विशाल समृति फुटबल प्रतियोगिताको अन्तिम खेलमा झापा बिजयी

      1/15/2019 गते 00 00 मा प्रकाशित     1747   पटक पढिएको

वीरगंज, १ माघ ।
वीरगञ्ज, १ माघ।  वीरगञ्जमा जारी विशाल समृति फुटबल प्रतियोगिताको अन्तिम खेलमा झापा ११ ४–२ ले विजयी भएको छ । वीरगञ्जको नारायणी रंगशालामा भएको खेलमा झापा ११ ले भारत सिलीगुरीको रोयल एफसी क्लबलाई ४–२ ले पराजित गरेको हो ।

 

पहिलो हाफको ७ औं मिनेटमा झापाका लागि जर्सी नम्बर १७ का राजकुमार कन्डनवाले सुरुवाती अग्रता दिलाएका थिए । त्यसको १३ औं मिनेट पछि झापाका लागि पेनाल्टीको सदुपयोग गर्दै जर्सी नम्बर ७ का आशिष चापागाईले गोल गरेका थिए ।

 


निकै दवाब रहेको रोयल एफसिले पाएको अवसर सदुपयोग गर्दै खेलमा फर्किने प्रयास गरेपछि दोश्रो हाफको ९ औं मिनेटमा जर्सी नम्बर ९ का सिद्धान्त क्षेत्रीले गोल गर्दै टिमलाई उकास्न खोजेका थिए ।

 

त्यसको २५ औं मिनेटमा झापा ११ का लागि जर्सी नम्बर १० शक्ति राईले तेश्रो गोल गरेका थिए । दोश्रो हाफ कै ३६ औं मिनेटमा रोयल एफसीका जर्सी नम्बर ८ का करण राईले गोल गरेका थिए ।

 

खेलको अन्त्य तिर झापा ११ का विकेश लिम्बुले गोल गर्दै झापा ११ विजयी बनाएका थिए । खेलको म्यान अफ द म्याच झापा ११ का आशिष चापागाई घोषित हुँदै उनले पाँच हजार १ रुपैयाँ नगद सहित शिल्ड प्राप्त गरेका छन् । 


नेपाल र भारत गरी कुल ८ टिमको सहभागिता रहेको प्रतियोगितामा भोलीको पहिलो सेमिफाईनल आयोजक वीरगञ्ज ११ र काठमाडौंको हिमालयन शेर्पा बीच हुने आयोजकले जनाएको छ । 


प्रतियोगितामा विजेता टिमले कपसहित नगद ५ लाख ५५ हजार पाँच सय ५५ र उपविजेताले दुई लाख ७७ हजार सात सय ७७ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीलाई सुजुकीको जिक्सर मोटरसाइकल प्रदान गरिने छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगञ्जमा संयुक्त रक्तदान कार्यक्रम, २५ यूनिट रगत संकलन

वीरगञ्ज । रक्त अभावका कारण बिरामीको उपचारमा आउन सक्ने समस्या न्यूनीकरण गर्ने उद्देश्यले वीरगञ्जमा आयोजित संयुक्त रक्तदान कार्यक्रममा २५ यूनिट रगत संकलन भएको छ।

मलखाद नपाएपछि बहुदरमाईमा जनआक्रोश, नगर कार्यालयमा तालाबन्दी

वीरगञ्ज । खेतीपातीको मुख्य समयमा मलखादको अभावका कारण आक्रोशीत भएका  बहुदरमाई नगरपालिका–४ का स्थानीय बासिन्दाले कार्यालयमा तालाबन्दी गरेका छन ।

खेलकुद

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.