logo

विशाल समृति फुटबल प्रतियोगिताको अन्तिम खेलमा झापा बिजयी

      1/15/2019 गते 00 00 मा प्रकाशित     1473   पटक पढिएको

वीरगंज, १ माघ ।
वीरगञ्ज, १ माघ।  वीरगञ्जमा जारी विशाल समृति फुटबल प्रतियोगिताको अन्तिम खेलमा झापा ११ ४–२ ले विजयी भएको छ । वीरगञ्जको नारायणी रंगशालामा भएको खेलमा झापा ११ ले भारत सिलीगुरीको रोयल एफसी क्लबलाई ४–२ ले पराजित गरेको हो ।

 

पहिलो हाफको ७ औं मिनेटमा झापाका लागि जर्सी नम्बर १७ का राजकुमार कन्डनवाले सुरुवाती अग्रता दिलाएका थिए । त्यसको १३ औं मिनेट पछि झापाका लागि पेनाल्टीको सदुपयोग गर्दै जर्सी नम्बर ७ का आशिष चापागाईले गोल गरेका थिए ।

 


निकै दवाब रहेको रोयल एफसिले पाएको अवसर सदुपयोग गर्दै खेलमा फर्किने प्रयास गरेपछि दोश्रो हाफको ९ औं मिनेटमा जर्सी नम्बर ९ का सिद्धान्त क्षेत्रीले गोल गर्दै टिमलाई उकास्न खोजेका थिए ।

 

त्यसको २५ औं मिनेटमा झापा ११ का लागि जर्सी नम्बर १० शक्ति राईले तेश्रो गोल गरेका थिए । दोश्रो हाफ कै ३६ औं मिनेटमा रोयल एफसीका जर्सी नम्बर ८ का करण राईले गोल गरेका थिए ।

 

खेलको अन्त्य तिर झापा ११ का विकेश लिम्बुले गोल गर्दै झापा ११ विजयी बनाएका थिए । खेलको म्यान अफ द म्याच झापा ११ का आशिष चापागाई घोषित हुँदै उनले पाँच हजार १ रुपैयाँ नगद सहित शिल्ड प्राप्त गरेका छन् । 


नेपाल र भारत गरी कुल ८ टिमको सहभागिता रहेको प्रतियोगितामा भोलीको पहिलो सेमिफाईनल आयोजक वीरगञ्ज ११ र काठमाडौंको हिमालयन शेर्पा बीच हुने आयोजकले जनाएको छ । 


प्रतियोगितामा विजेता टिमले कपसहित नगद ५ लाख ५५ हजार पाँच सय ५५ र उपविजेताले दुई लाख ७७ हजार सात सय ७७ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीलाई सुजुकीको जिक्सर मोटरसाइकल प्रदान गरिने छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

समाज

दशैंअघि नै पर्सामा पुर्जा वितरण, भूमि समस्या समाधान आयोगको तयारी तीव्र

वीरगञ्ज ।  भूमि समस्या समाधान आयोगले दशैंअघि नै पर्सा जिल्लाका भूमिहीन तथा दलित समुदायलाई पुर्जा वितरण गर्ने तयारी गरेको छ।

वीरगंजका शिक्षण संस्था १७ गते सम्मकालागि बिदा,सरसफाईका मापदण्डहरु परिपालन गर्न महाशाखाको निर्देशन

वीरगंज । वीरगंज महानगरपालिकाले फेरी पनि भदौ १७ गते  सम्मकालागि वीरगंजका सामुदायिक एवं संस्थागत बिद्यालयको बिदा बढाएको छ ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.