logo

विशाल स्मृति फुटबल प्रतियोगितामको फाइनलमा आर्मी र शेर्पा भिडने 

      1/17/2019 गते 00 00 मा प्रकाशित     1385   पटक पढिएको

वीरगञ्ज, ३ माघ । त्रिभूवन आर्मी क्लब वीरगञ्जमा जारी दोस्रो विशाल स्मृति फुटबल प्रतियोगितामा फाइनलमा प्रवेश गरेको छ । वीरगञ्जको नारायणी रंगशालामा भएको खेलमा आर्मीले झापा–११ लाई ६ को विरुद्ध १ गोलले पराजित गरेको हो । 

 

   टेकबहादर बुढाथोकीले खेलको दोश्रो मिनेटमा गोल गर्दै आर्मीलाई सुरुवाती अग्रता दिएका थिए । आर्मी कै सन्तोष तामाङ्गले पहिलो हाफ कै १४ औं र २४ औं मिनेटमा गोल गर्दै आफ्नो टिमलाई ३–० को अग्रता दिलाएका थिए ।

 

त्यस्तै खेलको ७० मिनेटमा आर्मीका विवेक बस्नेतले प्रहार गरेको बल झापा–११ का दिलेन लोक्तान बचाउ गर्न खोज्दा आत्मघाती गोल हुन पुगेको थियो । टेकबहादुर बस्नेत ७४ औं र विवेक बस्नेत ८८ औं मिनेटमा गोल गर्दै आर्मीको जित सुनिश्चित गरेका थिए । झापा–११ का लागि सान्त्वना गोल भने आशिष चापागाईले गरेका थिए । 

 


    खेलको म्यान अफ दी म्याच आर्मीका सन्तोष तामाङ्ग घोषित भएका छन् भने उनले नगद पाँच हजार सहित ट्राफि समेत पाएका छन् । प्रतियोगिताको खेलमा पर्सी शनिबार आर्मी र हिमालयन शेर्पा बीच हुने छ । 


    प्रतियोगितामा विजेता टिमले कपसहित नगद ५ लाख ५५ हजार पाँच सय ५५ र उपविजेताले दुई लाख ७७ हजार सात सय ७७ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीलाई सुजुकीको जिक्सर मोटरसाइकल प्रदान गरिने छ ।

 

वीरगञ्जका पूर्वराष्ट्रिय फुटबल खेलाडी स्वर्गीय विशालजंग राणाको स्मृतिमा गत वर्षदेखि गोल्डकपको शुरुवात गरिएको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.