logo

बिशाल गोल्डकपको उपाधी आर्मीले चुम्यो ,सिमरामा जारी रुस्लान गोल्डकपमा संकटा बिजयी

      1/19/2019 गते 00 00 मा प्रकाशित     1892   पटक पढिएको


वीरगञ्ज, ५ माघ ।
विभागीय टोली त्रिभुवन आर्मीले दोस्रो विशाल स्मृति गोल्डकपकोे उपाधि उचालेको छ । नारायणी रंगशालामा भएको फाईनल खेलमा हिमालयन शेर्पालाई हराउँदै आर्मीले उपाधी उचालेको हो । आर्मीले उपाधीसँगै ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ र शिल्ड हात पारेको छ भने उपविजेता हिमालयन शेर्पाले २ लाख ७७ हजार ७ सय ७७ रुपैयाँ पाएको छ । 


पूर्व राष्ट्रिय फुटबल टीमका पूर्व राष्ट्रिय खेलाडी विशालजंग राणाको स्मृतिमा  शुरु गरिएको विशाल गोल्डकपको अघिल्लो उपाधी पनि आर्मीले नै जितेको थियो । निर्धारित समयमा दुवै टिमले एक÷एक गोलको बराबरी गरेपछि खेल ट्राईबेकरमा धकेलिएको थियो । 


ट्राईबेकरमा हिमालयनले भन्दा १ गोल बढी गर्दै त्रिभुवन आर्मी बिजयी भएको हो । हिमालयन शेर्पाका विश्वास श्रेष्ठले खेलको पहिलो हाफमा गोल गरेर टिमलाई अग्रता दिलाएका थिए । दोस्रो हाफमा आर्मीका सन्तोष तामाङले जवाफी गोल फर्काएका थिए । निकै प्रतिश्पर्धात्मक र रोमाञ्चक बनेको खेल हेर्न नारायणी रंगशालामा दर्शकहरुको भिड लागेको थियो ।

 

पूर्व र पश्चिम प्याराफिट मात्रै बस्न योग्य भएपनि दर्शकको चाप बढेपछि दक्षिण तर्फको प्यारफिटमा पनि बस्न लगाईएको थियो । 

 


 खेलको अन्तिमतिर हिमालयन शेर्पाका विदेशी ड्याडी वामाले आर्मीका सेसाङ लिम्बुलाई फल गरेपछि रातो कार्ड पाएका थिए । हिमालयन शेर्पा १० खेलाडीमा सिमित भएपनि आर्मीलाई गोल गर्न दिएन् । त्यसपछि थप गरिएको ४ मिनेटको समयमा पनि कुनै टिमबाट गोल हुन सकेन ।

ट्राईब्रेकरमा ७÷७ जना खेलाडीले पेनाल्टी हान्दा आर्मीका ६ जना र हिमालयन शेर्पाका ५ जना खेलाडीले मात्रै गोल गर्न सके । हिमालयनका मान बहादुृर तमाङ म्यान अफ दी म्याच घोषित भए । 


हिमालयन शेर्पाका विश्वास श्रेष्ठ म्यान अफ दि टुर्नामेन्ट बन्न सफल भए । उनले सुजुकीको जिक्सर हात पारे । वेष्ट गोल किपर आर्मीका विकेश कुथुले नगद १५ हजार पुरस्कार पाए । आर्मीका दिपक गुरुङ वेष्ट डिफेन्डर, आर्मीकै सन्तोष तामाङ वेष्ट मिड फिल्डर, आर्मीकै नविन न्यौपाने वेष्ट कोच हुन सफल भए ।

हिमालयनका विश्वास श्रेष्ठ नै वेष्ट स्ट्राईकर बन्न सफल भए । गत माघ २८ गतेबाट दोस्रो विशाल मेमोरियल गोल्डकप शुरु भएको थियो ।

त्यस्तै  सरस्वती यूथ क्लबविरुद्ध टाइव्रेकरमा जित निकाल्दै सिएमजी संकटा क्लब सिमरामा जारी रुस्लान दशौं सिमरा गोल्डकपको क्वाटरफाईनलमा प्रवेश गरेको छ । 


निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा सकिएपछि खेलको नतिजा टाइव्रेकरबाट निकालिएको हो । शुरुवाती अग्रता जोगाउन नसक्दा ए डिभिजन क्लब सरस्वती प्रतियोगिताबाट बाहिरिन बाध्य भयो । 


खेलको ३८ औं मिनटमा मोहन गुरुङको गोलबाट लिएको अग्रता सरस्वतीले बचाउन  सकेन ।  ५८ औं मिनटमा जय गुरुङले बराबरी गोल फर्काएपछि संकटा खेलमा फर्कियो । 


संकटाको जितमा गोलरक्षक राजाबाबु थापा नायक बने । टाइव्रेकरमा सरस्वतीका तिन प्रहार उत्कृष्ट बचाउ गर्न सफल थापा म्यान अफ दि म्याच बने । उनले सरस्वतीका भिक्टर अमोवी, रमेश घिसिङ र दिपक गुप्ताको प्रहार रोकेका थिए । सरस्वतीका लागि मोहन गुरुङले मात्रै टाइव्रेकरमा गोल गरे । 


संकटाका लागि टाइव्रेकरमा लक्ष्मण रुचाल, सुरज गुरुङ र रोमन लिम्बुले गोल गरेका थिए । संकटाका अमित तामाङको प्रहार बाहिरीयो भने दिपेश आलेमगरको प्रहार क्रसबारमा लागेर फर्कियो ।


सिमरा गोल्डकपको आठौं संस्करणको विजेता समेत रहेको संकटाले सेमीफाइनल प्रवेशका लागि मंगलबार थ्रीस्टार क्लबको सामना गर्नेछ ।  


प्रतियोगितामा अइतवार दुइ विभागिय क्लब एपिएफ र त्रिभूवन आर्मीले प्रतिष्पर्धा गर्नेछन् । म्यान अफ दि म्याच संकटाका गोलरक्षक थापाले १० हजार नगद प्राप्त गरे । उनलाई क्लबका अध्यक्ष कासिम मियाँ र पूर्व अध्यक्ष राजकुमार भट्टराईले म्यान अफ दि म्याचको ट्रफि सहित चेक हस्तान्तरण गरेका थिए ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगञ्जमा संयुक्त रक्तदान कार्यक्रम, २५ यूनिट रगत संकलन

वीरगञ्ज । रक्त अभावका कारण बिरामीको उपचारमा आउन सक्ने समस्या न्यूनीकरण गर्ने उद्देश्यले वीरगञ्जमा आयोजित संयुक्त रक्तदान कार्यक्रममा २५ यूनिट रगत संकलन भएको छ।

मलखाद नपाएपछि बहुदरमाईमा जनआक्रोश, नगर कार्यालयमा तालाबन्दी

वीरगञ्ज । खेतीपातीको मुख्य समयमा मलखादको अभावका कारण आक्रोशीत भएका  बहुदरमाई नगरपालिका–४ का स्थानीय बासिन्दाले कार्यालयमा तालाबन्दी गरेका छन ।

खेलकुद

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.