logo

आर्मी सिमरा गोल्डकपको सेमिफाईनलमा 

      1/20/2019 गते 00 00 मा प्रकाशित     1681   पटक पढिएको

सिमरा ६ माघ  । विभागीय टिम त्रिभुवन आर्मी क्लब सीमरा गोल्डकपको दशौं संस्करणकोे सेमिफाइनलमा प्रवेश गरेको छ ।

 

सिमरा रंगशालामा आइतबार भएको खेलमा ससस्त्र प्रहरीको एपीएफ क्लबलाई ४–२ गोलले पराजित गर्दै आर्मी अन्तिम चारमा प्रवेश गरेको हो । 

 

विभागीय भिडन्तमा आर्मीले सुरुवाती अग्रता उल्टाएर जित निकालेको हो । आर्मीलाई जित दिलाउन टंक बस्नेतले दुई गोल गरे भने दिपक गुरुङ र सुदिल राईले एक÷एक गोल गरे  । एपीएफका लागि राजन गुरुङ र आशिष लामाले एक एक गोल गरे ।

 

सिमरा रंगशालामा खेलको ३१ औ मिनेटमा राजन गुरुङको गोलबाट एपीएफले सुरुवाती अग्रता लिएको थियो । एपिएफको अग्रतालाई आर्मीले धेरै बेर टिक्न दिएन् । 


खेलको ४३ औ मिनेटमा आर्मीका टंक बस्नेतले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए । 

 

रोमाञ्चक भिडन्तमा एपिएफको खेलको ४७ औं मिनेटमा गोल गर्दै खेल २१ को स्थितीमा ल्याए । डिबक्स भित्र पाएको बलमा आशिष लामाले गोल गर्दै एपीएफलाई अग्रता दिलाए । दोस्रो हाफमा आक्रामक देखिएको आर्मीले खेलको ७३ औ मिनेटमा बराबरी गोल फर्कायो । आर्मीका दिपक गुरुङले गोल गर्दै खेल २–२को बराबरीमा ल्याए । 

खेलको अन्तिम समयमा आर्मी एपिएफमाथी हाबी देखियो । आर्मीले खेलको ८६ औ मिनेटमा सुदिलको गोलमार्फत अग्रता लिदै खेल ३–२ को स्थितीमा पु¥यायो । खेलको अन्तिम समयमा आर्मीलाई रोक्न नसकेको एपिएफले ईन्जुरी समयमा चौथो गोल खान पुग्यो । आमीका टंक बस्नेतले ब्यक्तिगत दोस्रो तथा टिमका लागि चौथो गोल गर्दै टिमलाई ४–२ को जीत दिलाए । 

 

खेलको म्यान अफ दि म्याच आर्मीका दिपक गुरुङ्ग घोषित भए । उनले १० हजार नगद प्राप्त गरे । आर्मीले फाइनल प्रवेशका लागि अब आयोजक नव जन जागृति क्लब संग खेल्नेछन । प्रतियोगिता अन्तर्गत सोमबार बिभागिय टिम नेपाल पुलिस क्लब र हिमालयन शेर्पाबीच खेल हुनेछ । 


 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगञ्जमा संयुक्त रक्तदान कार्यक्रम, २५ यूनिट रगत संकलन

वीरगञ्ज । रक्त अभावका कारण बिरामीको उपचारमा आउन सक्ने समस्या न्यूनीकरण गर्ने उद्देश्यले वीरगञ्जमा आयोजित संयुक्त रक्तदान कार्यक्रममा २५ यूनिट रगत संकलन भएको छ।

मलखाद नपाएपछि बहुदरमाईमा जनआक्रोश, नगर कार्यालयमा तालाबन्दी

वीरगञ्ज । खेतीपातीको मुख्य समयमा मलखादको अभावका कारण आक्रोशीत भएका  बहुदरमाई नगरपालिका–४ का स्थानीय बासिन्दाले कार्यालयमा तालाबन्दी गरेका छन ।

खेलकुद

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.