logo

थ्रिस्टार सिमरा गोल्डकपको फाईनलमा

      1/24/2019 गते 00 00 मा प्रकाशित     1982   पटक पढिएको

सीमारा  १० माघ ।
रुस्लान थ्रिस्टार क्लव बाराको सिमरामा जारी रुस्लान दशौं सिमरा गोल्डकपको फाईनलमा प्रवेश गरेको छ । 
सिमरा रंगशालामा बिहिवार भएको दोस्रो सेमिफाईनल खेलमा हिमालयन शोर्पा क्लवलाई १–० ले पराजित गर्दै थ्रीस्टारले अन्तिम दुईको तय यात्रा तय गरेको हो । 


थ्रिस्टारलाई उपाधी होडमा उभ्याउने क्रममा फोफना फोडेले गोल गरे । रञ्जन बिष्टको पासलाई सदुपयोग गर्दै फोडेले खेलको ७१औं मिनेटमा गरेको गोल निर्णाय कबनेको थियो । फोडेले शेर्पाका गोलरक्षक किशोर गिरीलाई बिट गर्दै बललाई जाली चुमाएका थिए । 


प्रतिस्पर्धात्मक खेलको सुरुवातदेखीनै दुबै टिमले राम्रा अवसर बनाएपनि सदुपयोग गर्न भने चुकेका थिए । खेलमा अग्रता लिएपछि केही आक्रामक देखिएको थ्रिस्टारले अन्तिम समयमा पाएको अवसर चुकाउन पुग्दा १–० को जीत हात पार्दै आर्मीसंगको उपाधी भिडन्त पक्का गरेको हो ।

 

आर्मी र थ्रिस्टारबीचको फाईनल खेल शनिवार हुनेछ । आयोजक नव जनजागृति युवा क्लबलाई पराजित गर्दै साविक बिजेता आर्मी प्रतियोगिताको फाईनलमा प्रवेश गरिसकेको छ । थ्रिस्टारका कप्तान बिक्रम लामा घोषित भए । उनले नगद हजार प्राप्त गरे । 


हिमालयन शेर्पाका प्रशिक्षक ब्रिजेन्द्र पुडासैनीले टिममा तालमेलको अभाव देखिएको र केही अवसर गुमाउन पुग्दा पराजय भोगेको बताए । थ्रीस्टारका प्रशिक्षक मेघराज केसीले जीतबाट खुशी भएपनि टिमको प्रदर्शनमा सुधार ल्याउन जरुरी रहेको प्रतिक्रिया दिए ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगञ्जमा संयुक्त रक्तदान कार्यक्रम, २५ यूनिट रगत संकलन

वीरगञ्ज । रक्त अभावका कारण बिरामीको उपचारमा आउन सक्ने समस्या न्यूनीकरण गर्ने उद्देश्यले वीरगञ्जमा आयोजित संयुक्त रक्तदान कार्यक्रममा २५ यूनिट रगत संकलन भएको छ।

मलखाद नपाएपछि बहुदरमाईमा जनआक्रोश, नगर कार्यालयमा तालाबन्दी

वीरगञ्ज । खेतीपातीको मुख्य समयमा मलखादको अभावका कारण आक्रोशीत भएका  बहुदरमाई नगरपालिका–४ का स्थानीय बासिन्दाले कार्यालयमा तालाबन्दी गरेका छन ।

खेलकुद

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.