प्रदेश २ स्तरिय अन्तर–बैँक सेभेन साईड फुटबल प्रतियोगीता २०७८ आज समापन भएको छ । नेपाल राष्ट्र बैँक कर्मचारी संघ बीरगंजको आयोजनामा भएको प्रतियोगीतामा बीरगंजका २३ वटा बैँकहरुले प्रतिस्पर्धा गरेका थिए ।
आजको फाईनल खेलमा कामना विकास बैक र सिभिल बैंक बिच प्रतिस्पर्धा भएको थियो । ३० मिनेट खेलको प्रतिस्पर्धामा कामना विकास बैंकले सिभिल बैँकलाइ खेलको ७औं र २०औं मिनटमा २ गोल गरी कामना बैंक लाई शुन्यको विरुद्ध २ गोलले जित हाँसील गरेको छ् ।
विरगंज को आदर्शनगर रंगशालामा भएको अन्तर–बैँक फुटबल प्रतियोगीताको समापन राष्ट्र बैँकका डेप्युटी गभर्नर बमबहादुर मिश्र र राष्ट्र बैँक कर्मचारी सँघ पर्साका अध्यक्ष कृष्ण कुमार श्रेष्ठले संयुक्तरुपमा गर्नु भएको थियो ।
प्रतिायोगीतामा प्रथम, हुने कामना बैंकलाई नगद २० हजार र द्वितिय हुने सिभिल बैंकलाई १० हजारको र कदरपत्र सहित पुरस्कृत गरिएको थियो । मंसिर २८ गते बाट शुरु भएको प्रतियोगिता आज सकिएको हो ।
तपाईको प्रतिक्रिया