logo

उपाधीका लागि एपीएफ र एनआरटी भिड्दै

 इसीमाना सम्वाददाता     २०७८ चैत १८ गते ०८: ५२ मा प्रकाशित     1085   पटक पढिएको

जगदम्बा १२औं जीतपुरसिमरा गोल्डकपको उपाधीका लागि शनिवार विभागिय टोली नेपाल एपिएफ क्लब र न्युरोड टिम (एनआरटी) भिड्दैछन् । सिमरा रंगशालामा हुने अन्तिम भिडन्तमा दुवै टोली उपाधी जित्ने दाउमा हुनेछ ।


दुवै टोलीका लागि यो उपाधी महत्वपूर्ण छ । जारी सिजनमा एपीएफले दोस्रो उपाधी उचाल्न खोज्दा एनआरटी पहिलो उपाधी आफ्नो नाममा लेखाउने रणनितिमा हुनेछ । यसअघि माघमा सम्पन्न २०औं आहा रारा गोल्डकप फाईनलमा मना»लाई टाईब्रेकरमा पराजित गर्दै एपीएफले सिजनको पहिलो उपाधी जितेको थियो ।

 


आहा राराबाहेक एपीएफको यो चौथो प्रतियोगिता हो । झापा र बाग्मतीमा भएको प्रतियोगितामा पराजित हुदै एपीएफ जीतपुरसिमरा गोल्डकपसम्म आईपुगेको हो । एनआरटीले भने जारी सिजनमा खेलेको यो तेस्रो प्रतियोगिता हो । सिमरा आउनु अघि एनआरटीले सुदूरपश्चिम खप्तड गोल्डकप र बाग्मती गोल्डकपमा भाग लिएको थियो ।
दुवै प्रतियोगितामा एनआरटीका लागि बाग्मती बाधक बनेको थियो । बाग्मतीसंग दुई वटा प्रतियोगितामा पराजित हुदै सिमरा आईपुगेको एनआरटी पहिलो खेलमा बिजय युथ क्लब हेटौडा र दोस्रो खेलमा आयोजक जनजागृति युवा क्लबलाई पन्छाउदै उपाधी होडमा उभिएको हो ।


एपीएफले भने फाईलनको यात्रा तय गर्ने क्रममा हिमालयन शेर्पा क्लब र बाग्मती युवा क्लबलाई पराजित गरेको थियो । जीतपुरसिमरा गोल्डकप १२औं संस्करणसम्म आईपुग्दा ११ वटा संस्करणमा भाग लिएको एपीएफले उपाधी उचाल्न सकेको छैन् । दोस्रो संस्करणमा फाईलनमा पुगेको एपीएफ हिमालयन शेर्पासंग पराजित हुदै उपविजेता बनेको थियो ।
एक संस्करणबाहेक अन्य ११ संस्करणमा निरन्तर सहभागी हुदै आएको एपीएफका लागि जीतपुरसिमरा गोल्डकपको उपाधी आफैमा महत्वपूर्ण छ । त्यसैले पनि एनआरटीलाई हराएर एपीएफ पहिलो पटक गोल्डकपको उपाधी उचाल्न चाहन्छ ।


एपीएफका प्रशिक्षक कुमार थापाले यसपटक जीतपुरसिमरा गोल्डकपमा आफ्नो नाम लेखाएर फर्कने बताए । लामो समयसम्मको सहभागितामा पनि उपाधी जित्न नसक्दा निराश रहेको भन्दै थापाले यसपटक उक्त अवसर प्राप्त भएकाले १२औं संस्करणको बिजेता बन्नेमा ढुक्क रहेको थापाको भनाई थियो ।
थापाले उपाधी उचाल्ने बताईरहदा एनआरटीका प्रशिक्षक राजुकाजी शाक्य भने आफ्नै टिमले जित्ने दावी गर्छन् ।

एपीएफ बलियो टोली भएपनि एनआरटी कमजोर नरहेको शाक्यको भनाई थियो । शाक्यले यो सिजनको उपाधी जीतपुरसिमरा गोल्डकप उचालेर घर फर्कने बताए । उनले एनआरटीका लागि यो उपाधी निकै महत्वपूर्ण रहेको बताएका छन् ।


ए डिभिजन लिग बाहेक जारी सिजनमा एपीएफ र एनआरटीको यो पहिलो भेट हो । काठमाण्डौमा सम्पन्न लिगमा दुवै टिमले ३/३ को बराबरी खेलेका थिए । लिगपछि मोफसलको प्रतियोगितामा पहिलो पटक भेटन लागेका दुई टिमबीचको खेलमा रोमाञ्चक हुने अपेक्षा गरिएको छ ।


आयोजक दुवै टिमका प्रशिक्षक पनि फाईनल भिडन्त रोमाञ्चक हुने बताउछन् । उपाधी जित्न चाहने ए डिभिजनका दुईबीचको खेल रोमाञ्चक र प्रतिस्पर्धात्मक हुनेमा आफू विश्वस्त रहेको एपीएफका प्रशिक्षक कुमार थापाले बताए ।


एनआरटीका प्रशिक्षक शाक्यले अन्तिम लडाई दर्शकले हेर्न चाहेअनुसारको हुनेमा आफूपनि आशावादी रहेको बताउछन् । टिममा कुनै परिवर्तन नभएको र नियमित खेलाडीनै रहेकाले एपीएफलाई चुनौती दिन आफ्नो टिम तयार रहेको शाक्यको भनाई छ ।


एनआरटीका कप्तान रन्जन बिष्ट पनि उपाधी जित्नैपर्ने अवस्थामा रहेकाले एपीएफको चुनौती सामना गर्न तयार रहेको बताउछन् । एपीएफ सशक्त टिम भएपनि आफ्नो टिमका खेलाडी बिपक्षी टिमअनुसारको रणनिति बनाएर मैदानमा उत्रने बिष्टले बताए ।


यता एपीएफका कप्तान नविन लामा अब उपाधीका लागि धेरै बेर पर्खन नसक्ने बताउछन् । धेरै वर्षको सहभागितामा पनि उपाधी जित्न नसक्दा दुःख लागेको भन्दै लामाले टिम र आफ्नो लागी उपाधी महत्वपूर्ण रहेको बताए । एपीएफले पनि आफ्नो नियमित खेलाडीलाई निन्तरता दिने कप्तान लामाले बताएका छन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

उदाउदो सूर्यलाई अर्घदिने दिनमा मधेश प्रदेश सरकारले दियो बिदा

वीरगंज । मधेश प्रदेश सरकारले छठ पर्वको अवसरमा थप एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

नेपाल संवत् ११४६, वीरगञ्जदेखि ठोरीसम्म नेवा समुदायको उल्लासपूर्ण उत्स

वीरगञ्ज ।  नेपाल संवत् ११४६ को शुभारम्भ अवसरमा देशभर नेवा समुदायले उल्लासपूर्वक नयाँ वर्ष मनाएका छन्। वीरगञ्ज र ठोरीमा आयोजित विशेष कार्यक्रमहरूले स्थानीय सांस्कृतिक विविधता र राष्ट्रिय एकताको सन्देश प्रसारित गरेका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.