logo

उपाधीका लागि एपीएफ र एनआरटी भिड्दै

 इसीमाना सम्वाददाता     २०७८ चैत १८ गते ०८: ५२ मा प्रकाशित     1273   पटक पढिएको

जगदम्बा १२औं जीतपुरसिमरा गोल्डकपको उपाधीका लागि शनिवार विभागिय टोली नेपाल एपिएफ क्लब र न्युरोड टिम (एनआरटी) भिड्दैछन् । सिमरा रंगशालामा हुने अन्तिम भिडन्तमा दुवै टोली उपाधी जित्ने दाउमा हुनेछ ।


दुवै टोलीका लागि यो उपाधी महत्वपूर्ण छ । जारी सिजनमा एपीएफले दोस्रो उपाधी उचाल्न खोज्दा एनआरटी पहिलो उपाधी आफ्नो नाममा लेखाउने रणनितिमा हुनेछ । यसअघि माघमा सम्पन्न २०औं आहा रारा गोल्डकप फाईनलमा मना»लाई टाईब्रेकरमा पराजित गर्दै एपीएफले सिजनको पहिलो उपाधी जितेको थियो ।

 


आहा राराबाहेक एपीएफको यो चौथो प्रतियोगिता हो । झापा र बाग्मतीमा भएको प्रतियोगितामा पराजित हुदै एपीएफ जीतपुरसिमरा गोल्डकपसम्म आईपुगेको हो । एनआरटीले भने जारी सिजनमा खेलेको यो तेस्रो प्रतियोगिता हो । सिमरा आउनु अघि एनआरटीले सुदूरपश्चिम खप्तड गोल्डकप र बाग्मती गोल्डकपमा भाग लिएको थियो ।
दुवै प्रतियोगितामा एनआरटीका लागि बाग्मती बाधक बनेको थियो । बाग्मतीसंग दुई वटा प्रतियोगितामा पराजित हुदै सिमरा आईपुगेको एनआरटी पहिलो खेलमा बिजय युथ क्लब हेटौडा र दोस्रो खेलमा आयोजक जनजागृति युवा क्लबलाई पन्छाउदै उपाधी होडमा उभिएको हो ।


एपीएफले भने फाईलनको यात्रा तय गर्ने क्रममा हिमालयन शेर्पा क्लब र बाग्मती युवा क्लबलाई पराजित गरेको थियो । जीतपुरसिमरा गोल्डकप १२औं संस्करणसम्म आईपुग्दा ११ वटा संस्करणमा भाग लिएको एपीएफले उपाधी उचाल्न सकेको छैन् । दोस्रो संस्करणमा फाईलनमा पुगेको एपीएफ हिमालयन शेर्पासंग पराजित हुदै उपविजेता बनेको थियो ।
एक संस्करणबाहेक अन्य ११ संस्करणमा निरन्तर सहभागी हुदै आएको एपीएफका लागि जीतपुरसिमरा गोल्डकपको उपाधी आफैमा महत्वपूर्ण छ । त्यसैले पनि एनआरटीलाई हराएर एपीएफ पहिलो पटक गोल्डकपको उपाधी उचाल्न चाहन्छ ।


एपीएफका प्रशिक्षक कुमार थापाले यसपटक जीतपुरसिमरा गोल्डकपमा आफ्नो नाम लेखाएर फर्कने बताए । लामो समयसम्मको सहभागितामा पनि उपाधी जित्न नसक्दा निराश रहेको भन्दै थापाले यसपटक उक्त अवसर प्राप्त भएकाले १२औं संस्करणको बिजेता बन्नेमा ढुक्क रहेको थापाको भनाई थियो ।
थापाले उपाधी उचाल्ने बताईरहदा एनआरटीका प्रशिक्षक राजुकाजी शाक्य भने आफ्नै टिमले जित्ने दावी गर्छन् ।

एपीएफ बलियो टोली भएपनि एनआरटी कमजोर नरहेको शाक्यको भनाई थियो । शाक्यले यो सिजनको उपाधी जीतपुरसिमरा गोल्डकप उचालेर घर फर्कने बताए । उनले एनआरटीका लागि यो उपाधी निकै महत्वपूर्ण रहेको बताएका छन् ।


ए डिभिजन लिग बाहेक जारी सिजनमा एपीएफ र एनआरटीको यो पहिलो भेट हो । काठमाण्डौमा सम्पन्न लिगमा दुवै टिमले ३/३ को बराबरी खेलेका थिए । लिगपछि मोफसलको प्रतियोगितामा पहिलो पटक भेटन लागेका दुई टिमबीचको खेलमा रोमाञ्चक हुने अपेक्षा गरिएको छ ।


आयोजक दुवै टिमका प्रशिक्षक पनि फाईनल भिडन्त रोमाञ्चक हुने बताउछन् । उपाधी जित्न चाहने ए डिभिजनका दुईबीचको खेल रोमाञ्चक र प्रतिस्पर्धात्मक हुनेमा आफू विश्वस्त रहेको एपीएफका प्रशिक्षक कुमार थापाले बताए ।


एनआरटीका प्रशिक्षक शाक्यले अन्तिम लडाई दर्शकले हेर्न चाहेअनुसारको हुनेमा आफूपनि आशावादी रहेको बताउछन् । टिममा कुनै परिवर्तन नभएको र नियमित खेलाडीनै रहेकाले एपीएफलाई चुनौती दिन आफ्नो टिम तयार रहेको शाक्यको भनाई छ ।


एनआरटीका कप्तान रन्जन बिष्ट पनि उपाधी जित्नैपर्ने अवस्थामा रहेकाले एपीएफको चुनौती सामना गर्न तयार रहेको बताउछन् । एपीएफ सशक्त टिम भएपनि आफ्नो टिमका खेलाडी बिपक्षी टिमअनुसारको रणनिति बनाएर मैदानमा उत्रने बिष्टले बताए ।


यता एपीएफका कप्तान नविन लामा अब उपाधीका लागि धेरै बेर पर्खन नसक्ने बताउछन् । धेरै वर्षको सहभागितामा पनि उपाधी जित्न नसक्दा दुःख लागेको भन्दै लामाले टिम र आफ्नो लागी उपाधी महत्वपूर्ण रहेको बताए । एपीएफले पनि आफ्नो नियमित खेलाडीलाई निन्तरता दिने कप्तान लामाले बताएका छन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

५८ जनाले गरे रक्तदान, राउन्ड टेबल नेपाल वीरगञ्ज र रोट्र्याक्ट क्लबलाई , रेडक्रस पर्साले दियो धन्यवाद

वीरगञ्ज । वीरगञ्जमा राउन्ड टेबल नेपाल वीरगञ्ज र रोट्र्याक्ट क्लब अफ वीरगञ्ज मेट्रोपोलिसको संयुक्त आयोजनामा वीरगंजमा ५८ जनाले रक्तदान गरेका छन्।

सडकका खाल्डाखुल्डी पुर्ने र अव्यवस्थित तार हटाउन मानगर तात्यो

वीरगञ्ज । सडक विस्तारका क्रममा वीरगञ्ज महानगरपालिकामभित्र देखिएका खाल्डाखुल्डी र अव्यवस्थित बिजुलीका तार व्यवस्थापनको काम तीव्र पारिएको छ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.