वीरगञ्ज । एसिया कप क्रिकेट २०२३ मा नेपाली टोलीका खेलाडीले ८ लाख ५० हजार रुपैया पुरस्कार पाउने भएका छन । अर्ना बियरले घोषणा गरेको पुरस्कार हो यो ।
सोमबार श्रीलङ्काको कान्डीस्थित पालकेले क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको नेपालका तर्फबाट कुशल भूर्तेलले ३ चौका र २ छक्का हानेका थिए ।
अर्ना बियरले प्रति चौका २५ हजार प्रति छक्का १ लाख रुपैया पुरस्कार दिने घोषणा गरेको थियो । भूर्तेलले अर्ना बियरको तर्फबाट २ लाख ७५ हजार पुरस्कार पाउने छन ।
८ चौका हानेका आसिफ शेखले २ लाख , ३ चौका हानेका गुलशन झाले ७५ हजार, त्यस्तै दीपेन्द्र सिंह ऐरीले ७५ हजार र २ छक्का र १ चौका हानेकोले २ लाख २५ हजार रुपैया पुरस्कार पाउने भएका छन ।
धनुषाको जनकनन्दी गाउँपालिकाले शतक र अर्धशतक रनको योगफल पुरा गर्ने खेलाडीलाई क्रमश १ लाख र ५० हजार पुरस्कार दिने घोषणा गरेको छ । सो घोषणा अनुसार आसिफ शेखले अर्ध शतक पुरका गरेकोमा थप ५० हजार पुरस्कार पाउने छन ।
तपाईको प्रतिक्रिया