logo

एकै खेलमा नेपालका १० दश विश्व कीर्तिमान,तोडन असम्भव

 इसीमाना सम्वाददाता     २०८० असोज १० गते ०४: १३ मा प्रकाशित     1017   पटक पढिएको

काठमाण्डौ । नेपालका कुशल मल्ल ५० बलमा ८ चौका र १२ छक्कासहित १ सय ३७ रनमा नटआउट रहे । रोहित पौडेल २७ बलमा २ चौका र ६ छक्कासहित ६१ रनमा आउट भए । दीपेन्द्र १० बलमा ८ छक्कासहित ५२ रनमा नटआउट रहे ।

जितको लागि ३ सय १५ रनको विशाल विजयी लक्ष्य पछ्याएको मंगोलिया १३.१ ओभरमा ४१ रनमा अल आउट भयो । नेपालले एकै खेलमा बनाएका १० दुर्लभ विश्व कीर्तिमान यस प्रकार छन् ।

१. डेथ ओभरमा सर्वाधिक रन

नेपाल टि २० आई डेथ ओभरमा एकै खेलमा सर्वाधिक रन बनाउने टोली बनेको छ । डेथ ओभर अर्थात अन्तिम ५ ओभरमा नेपालले कुल ८९ रन बनाएको थियो । यसअघि इंग्ल्यान्डले २०१९ मा न्युजिल्यान्ड र नर्वेले जमर्नीविरुद्ध डेथ ओभरमा सर्वाधिक ७६ रन बनाएका थिए ।

२. प्रतिओभर उच्च रन

नेपालको खेलमा रनरेट १५.७ थियो । अर्थात प्रतिओभर नेपालले औसतमा १५.७ को गतिमा रन बनाएको यो । यो टि २० आईमा उच्च रनरेट हो । यसअघि अफगानिस्तान र चेक रिपब्लिकनको नाममा समान १३.९ रनरेट थियो ।

३. अन्तिम १० ओभरमा सर्वाधिक रन


नेपाल क्रिकेटमा अन्तिम १० ओभरमा सर्वाधिक रन बनाउने कीर्तिमान पनि बनाएको छ । नेपालले अन्तिम १० ओभरमा १ सय ९२ रन बनाएको थियो ।

यसअघि टि २० क्रिकेटमा अन्तिम १० ओभरमा सर्वाधिक रन आइपिएलमा बेंगोरले गुजरात लायन्सविरुद्ध १ सय ७२ रन बनाएको थियो । दक्षिण अफ्रिकाले केहि हप्ता अघि मात्रै अष्ट्रेलियाविरुद्ध अन्तिम १० ओभरमा ओडिआईमा १ सय ७३ रन बनाएको थियो । नेपालले उक्त कीर्तिमान तोडेको छ ।

४. दीपेन्द्र ५ सय को स्ट्राकरेटमा रन बनाउने पहिलो ब्याटर

टि २० कुनै पनि खेलमा १० बलमाथि खेल्दा ५ सयमाथि स्ट्राइक रेटमा रन जोड्ने दीपेन्द्र पहिलो खेलाडी बनेका छन् । दीपेन्द्रको खेलमा ५ सय २० को स्ट्राइकरेट थियो ।

यसअघि टि २० क्रिकेटमा १० बल खेल्दा बढी स्ट्राइक रेट २०१६ मा जिम्बावेको घरेलु टि २० क्रिकेट प्रतियोगितामा माल्कम वालरको नाममा थियो । उनले १० बलमा ३ चौका र ५ छक्कासहित ४३ रनको अविजित इनिङ खेल्दा स्ट्राइकरेट ४३० थियो ।
नेपालले मंगोलियाविरुद्ध बनाएका अधिकाम्स विश्व क्रिकेटमा पुन तोडिन असम्भव जस्तै देखिन्छ ।

५.तेस्रो विकेटका लागि विश्व कीर्तिमान


कुशल मल्ल र रोहितले तेस्रो विकेटका लागि १ सय ९३ रनको साझेदारी गरेका थिए । टि२० आईमा कुनैपनि जोडीले तेस्रो विकेटका लागि गरेको उच्च साझेदारी हो ।

यसअघि तेस्रो विकेटका लागि २०२० मा न्युजिल्यान्डका डेभन कन्वे र ग्लेन फिलिप्सले वेस्टइन्डिजविरुद्ध १ सय ८४ रनको साझेदारी गरेका थिए ।टि २० इतिहासमा यो आठौं ठूलो साझेदारी हो ।

टि २० आईमा सर्वाधिक ठूलो साझेदारी अफगानिस्तानका उस्मान घानी र हज्रतुल्लाह जजाईले पहिलो विकेटका लागि २०१९ मा आयरल्यान्डविरुद्ध २ सय ३६ रनको साझेदारी गरेका थिए ।

६. टि २० आईकै सर्वाधिक छिटो शतक


कुशल मल्लको ३४ बलमा शतक टि२० आई इतिहासकै सर्वाधिक छिटो हो । यसअघि भारतका रोहित शर्मा र दक्षिण अफ्रिकाका डेविड मिलरले श्रीलंकाविरुद्ध समान ३५ बलमा शतक हानेका थिए । त्यस्तै चेक रिपब्लिकनका सुदेश विक्रमशेखरले टर्कीविरुद्ध ३५ बलमै शतक हानेका थिए ।

७.दीपेन्द्रको दुर्लभ अर्धशतक

दीपेन्द्रले ९ बलमा ८ छक्कासहित ५० रन बनाएका थिए । यो कुनैपनि क्रिकेट खेलमा बनेको सर्वाधिक छिटो अर्धशतक हो । यसअघि टि२० आईमा भारतका युवराज सिंहले १२ बलमा २००७ को टि२० विश्वकपमा इंग्ल्यान्डविरुद्ध जोडेका थिए ।

८.टि२० आईमा सर्वाधिक फराकिलो जित

नेपालले मंगोलियालाई २ सय ७३ रनले हरायो । यो टि२० आई इतिहासकै फराकिलो जित हो । यसअघि चेक रिपब्लिकनले टर्कीविरुद्ध २०१९ मा २ सय ५७ रनले हराएको थियो ।

९. एकै खेलमा इनिङमा सर्वाधिक छक्का


नेपालबाट कुशल मल्लले १२, दीपेन्द्रसिंह ऐरीले ८ र रोहित पौडेलले ६ गरि कुल २६ छक्का प्रहार गर्यो । टि२० आईमा कुनैपनि टोलीले एकै इनिङमा प्रहार गरेको सर्वाधिक छक्का हो । यसअघि अफगानिस्तानले २०१९ मा आयरल्यान्ड तथा वेस्टइन्डिजले दक्षिण अफ्रिकाविरुद्ध २०२३ मा समान २२ छक्का हानेका थिए ।

१०.टि २० आईमा ३ सय रन बनाउने नेपाल पहिलो टोली

नेपाल टि२० आई इतिहासमा ३ सय रन बनाउने पहिलो टोली बनेको छ । यसअघि टि २० आईमा उच्च योगफल अफगानिस्तानले २०१९ मा आयरल्यान्डविरुद्ध २ सय ७८ रन बनाएको थियो ।

त्यसै वर्ष चेक रिपब्लिकनले टर्कीविरुद्ध २ सय ७८ रन बनाएको थियो । महिला टि२० आईमामा भने बहराइनले २०२२ मा साउदी अरेवियाविरुद्ध ३ सय १८ रन बनाएको थियो । युगान्डाले मालीविरुद्ध २०१९ मा ३ सय १४ रन बनाएको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

खाद्य स्वच्छता मापदण्ड उल्लंघन गरे वीरगंजका तीनवटा मिठाई पसललाई २०/२० हजार जरिवाना

वीरगञ्ज । खाद्य स्वच्छता सम्बन्धी मापदण्ड उल्लङ्घन गरेका तीनवटा पसललाई २०/२० हजार रुपैया जरिवाना गरिएको छ । वीरगञ्ज महानगरपालिका–६ माईस्थानस्थित सञ्जय खोवा भण्डार, गणेश मिष्ठान भण्डार तथा वीरगञ्ज महानगरपालिका–११ रानीघाटस्थित सम्भु लड्डु तथा मिष्ठान भण्डार लाई जरिवाना गरिएको हो ।

सेस्मी इन्टरनेशनल स्कुलको एसईई परिक्षामा सहभागि सबै बिद्यार्थी सफल

वीरगञ्ज। सेस्मी इन्टरनेशनल स्कुलले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा शतप्रतिशत  नतिजा हासिल गर्दै उत्कृष्ट शैक्षिक उपलब्धि प्राप्त गरेको छ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.