logo

अब १० वर्षपछि नेपालले फेरि टि २० विश्वकप खेल्ने,युएईसंग लियो बदला

 इसीमाना सम्वाददाता     २०८० कार्तिक १७ गते ०६: ४४ मा प्रकाशित     655   पटक पढिएको

युएईलाई हराउँदै नेपाल सन् २०२४ मा हुने टि २० विश्वकपमा छनौट भएको छ । आज भएको टि २० विश्वकप एसिया क्वालिफायरको सेमिफाइनल खेलमा नेपालले युएईलाई ८ विकेटले हराएको हो । यससंगै नेपालले सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने विश्वकपमा सहभागिता जनाउने छ ।

आजको जित संगै नेपालले दोस्रो पटक टि २० विश्वकप खेल्ने छ । नेपालले यस अघि सन् २०१४ मा टि २० विश्वकप खेलेको थियो । अब १० वर्षपछि नेपालले फेरि टि २० विश्वकप खेल्ने भएको हो ।

को को हुनेछन् विश्वकपमा नेपालको प्रतिस्पर्धी ?

सन् २०२४ को टि २० विश्वकप आगामी ४ जुन देखि ३० जुनसम्म अमेरिका र वेस्ट इन्डिजमा हुने छ । प्रतियोगितामा २० टिम सहभागी हुने छन्। २० टिमलाई ४ समुहमा विभाजन गरिएको छ । यसरी हरेक समुहमा ५ टिम रहने छन् । समुहमा रहेका सबै टिमले सबै टिमसँग १/१ खेल खेल्ने छन् । समुह चरणको खेल सकिएपछि हरेक समुहबाट शिर्ष २ मा रहने टिम अर्को चरण प्रवेश गर्ने छन् । यसरि कुल ८ टिम दोस्रो चरण प्रवेश गर्ने छन् ।

आगामी टि २० विश्वकप खेल्ने २० टिम मध्ये हालसम्म १८ टिमको टुंगो लागिसकेको छ । १८ टिममा आयोजकको हिसाबले अमेरिका र वेस्ट इन्डिज रहेका छन् । त्यस्तै अघिल्लो टि २० विश्वकपको ८ शिर्ष टिम अष्ट्रेलिया, इंग्ल्यान्ड, भारत, नेदरल्याण्ड, न्युजील्याण्ड, पाकिस्तान , साउथ अफ्रीका र श्रीलंका रहेका छन् । त्यस्तै शिर्ष ८ मा नपरेका तर टि २० बरियतामा शिर्ष स्थानमा रहेका हिसाबले अफगानिस्थान र बंगलादेश पनि विश्वकपको लागि छनौट भईसकेका छन् । युरोप छनौटबाट आयरल्याण्ड र स्कटल्याण्ड, इस्ट एसिया प्यासिफिक छनौटबाट पीएनजी, अमेरिका छनौटबाट क्यानडा, तथा एशिया छनौटबाट ओमान र नेपाल छनौट भएका छन् । अब बाँकि २ टिम अफ्रीका छनौटबाटआउने छन् । अफ्रीका छनौट प्रतियोगिता हुन बाँकि छ । अन्तराष्ट्रिय क्रिकेट काउन्सिलले समुह विभाजन गर्न भने बाँकि छ ।

युएईसँग लियो बदला

आजको खेलमा टस जितेर पहिले ब्याटिंग गरेको युएईएले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १३४ रन बनाएको हो। युएइका लागि अरविन्दले सर्वाधिक ६४ रन बनाए भने मोहम्मद वासिमले २६ रन बनाए । बलिंगतर्फ नेपालका कुशल मल्लले सर्वाधिक ३ विकेट लिए भने सन्दिप लामिछानेले २ विकेट लिए। कप्तान रोहित पौडेल र सोमपाल कामीले समान १/१ विकेट लिए । युएइका २ ब्याट्सम्यान रन आउट भएका थिए।

युएईले दिएको रनको लक्ष्य नेपालले २ विकेटको क्षतिमा १७.१ ओभरमा भेट्टायो । नेपालको आशिफ शेखले ५१ बलमा सर्वाधिक ६४ रन बनाएर नट आउट रहे । कप्तान रोहित पौडेलले २० बलमा ३४ रन बनाएर नट आउट रहे। त्यस्तै कुशल भुर्तेलले ८ बलमा ११ रन र गुलशन झाले २४ बलमा २२ रन बनाए ।

आजको जित संगै नेपालले सन् २०२२ को टि २० विश्वकपमा छनौट हुन नपाएको बदला समेत लिएको छ । २१ महिनाअघि ओमानको मस्कटमा नेपाल र युएईबीच टी–२० विश्वकप छनोटको सेमिफाइनमा भेट हुँदा युएईले बाजी मार्दै विश्वकपमा छनोट भएको थियो । आज नेपालले त्यसको समेत बदला लिएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

रौतहटका १८ स्थानीय तहमध्ये ३ वटा पालिकाले ल्याउन सकेनन  बजेट

चन्द्रपुर।  रौतहट जिल्लाका १८ स्थानीय तहमध्ये ३ वटाले निर्धारित समयमा  नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्न सकेनन ।

जीतपुर सीमरा बाणिज्य संघको चुनावः ब्यवसायीहरुको सारथी बन्न बजगाईको स्वतन्त्र उम्मेदवारी

वीरगंज । जीतपुर सीमरा उधोग वाणिज्यसंघ निर्वाचन भोली असार ७ गते हुदैछ ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.