logo

प्रथम वीरगञ्ज गोल्डकपको दोश्रो दिनको खेलमा सङ्कटा बिजयी,सोमवार नेपाल र भारत भिड्ने

 इसीमाना सम्वाददाता     २०८० कार्तिक १९ गते ०७: ११ मा प्रकाशित     720   पटक पढिएको

वीरगञ्ज । वीरगञ्जमा जारी प्रथम वीरगञ्ज गोल्डकपको दोश्रो दिनको खेलमा सङ्कटा बिजयी भएको छ । उसले चर्च ब्वाइज युनाइटेडलाई ४ ० शून्य गोल अन्तरले पराजीत गरेको हो ।


सङ्कटाको जितमा विदेशी खेलाडी फोफानो फोडेले दुई तथा समीर राई र कप्तान गणेश हमालले समान एक एक गोल गरे ।

No description available.
सङ्कटाका लागि दुई गोल गरेका फोडे नै आइतबार भएको खेलको प्लेयर अफ दी म्याच घोषित भए । उनले क्वेस्ट फार्मास्युटिकलको तर्फबाट नगद १० हजार रुपैयाँ पुरस्कार पनि हात पारे ।

 

प्रतियोगितामा सोमबारको खेल नेपाल पुलिस क्लब र भारत कोलकोताको क्लाइभ हाउस डमडमबिच हुनेछ ।

 

यसअघि शनिवार भएको उद्घाटन खेलमा भारत दिल्लीको गढ्वाल डायमण्ड एफसीलाई टाइबेकरमा ३–१ ले पराजित गर्दै आयोजक भेट्रान सिटी क्लब वीरगञ्जले सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेको छ ।

 

मधेस प्रदेशकै सबैभन्दा उच्च धनराशिको यो प्रतियोगिता कार्तिक २५ गते सम्म चल्ने छ । प्रतियोगितामा नेपालका छ र भारतका दुई गरी कूल आठ टिम सहभागी छन् ।

No description available.
प्रतियोगिताको विजेता टिमलाई नगद ११ लाख ११ हजार १ सय ११ रुपैयाँ र उपविजेता टिमलाई नगद ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार प्राप्त हुनेछ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

घृणा फैलाएको भन्दै प्रधानमन्त्री बालेन बिरुद्ध प्रहरीको साइवर ब्यूरोमा उजुरी दर्ता

काठमाडौं । पुरानो र्‍याप भिडियोमा प्रयोग भएका शब्दका माध्यमले घृणा फैलाएको भन्दै प्रधानमन्त्री बालेन शाह बिरुद्ध प्रहरीको साइवर ब्यूरोमा उजुरी दर्ता भएको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.