logo

नेपाल पुलिस क्लब ,प्रथम वीरगञ्ज गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुग्यो

 इसीमाना सम्वाददाता     २०८० कार्तिक २२ गते ०७: १५ मा प्रकाशित     754   पटक पढिएको

 वीरगञ्ज । आयोजक भेट्रान सिटी क्लब वीरगञ्जलाई सडन डेथमा स्तब्ध पार्दै नेपाल पुलिस क्लब “प्रथम वीरगञ्ज गोल्डकप फुटबल प्रतियोगिता – २०८०” को फाइनलमा प्रवेश गरेको छ ।

 

 

वीरगञ्जको आदर्शनगर रङ्गशालामा बुधवार भएको पहिलो सेमिफाइनल खेलमा पुलिसले आयोजक भेट्रान सिटीलाई टाइब्रेकरमा सडन डेथमा पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो ।

 

निर्धारित ९० मिनेटमा गोलरहित बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । तर टाइब्रेकरमापनि ३–३ गोलको बराबरी भएपछि खेल सडन डेथमा पुग्यो ।

 

यसअघि ९० मिनेटको खेल निक्कै रोमाञ्चक थियो । दुवै टिमका स्टाइकरहरूले गोल गर्ने पटक(पटक प्रयास गरे पनि गोलरक्षकहरूले उत्कृष्ट बचाउ गर्दै उनीहरूको प्रयासलाई विफल तुल्याएका थिए ।

 

टाइब्रेकर र सडन डेथमा गरी भेट्रान सिटीको तीन वटा प्रहार रोक्न सफल पुलिसका गोलरक्षक सत्रुधन चौधरी प्लेयर अफ दी म्याच घोषित भए । उनले १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।

 

उपाधिका लागि अब पुलिसले फाइनलमा त्रिभुवन आर्मी क्लब र सङ्कटा क्लबबिच बिहीबार हुने दोस्रो तथा अन्तिम सेमिफाइनल खेलको विजेतासँग आगामी शनिवार प्रतिस्पर्धा गर्नेछ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.