logo

नेपाल पुलिस क्लब ,प्रथम वीरगञ्ज गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुग्यो

 इसीमाना सम्वाददाता     २०८० कार्तिक २२ गते ०७: १५ मा प्रकाशित     971   पटक पढिएको

 वीरगञ्ज । आयोजक भेट्रान सिटी क्लब वीरगञ्जलाई सडन डेथमा स्तब्ध पार्दै नेपाल पुलिस क्लब “प्रथम वीरगञ्ज गोल्डकप फुटबल प्रतियोगिता – २०८०” को फाइनलमा प्रवेश गरेको छ ।

 

 

वीरगञ्जको आदर्शनगर रङ्गशालामा बुधवार भएको पहिलो सेमिफाइनल खेलमा पुलिसले आयोजक भेट्रान सिटीलाई टाइब्रेकरमा सडन डेथमा पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो ।

 

निर्धारित ९० मिनेटमा गोलरहित बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । तर टाइब्रेकरमापनि ३–३ गोलको बराबरी भएपछि खेल सडन डेथमा पुग्यो ।

 

यसअघि ९० मिनेटको खेल निक्कै रोमाञ्चक थियो । दुवै टिमका स्टाइकरहरूले गोल गर्ने पटक(पटक प्रयास गरे पनि गोलरक्षकहरूले उत्कृष्ट बचाउ गर्दै उनीहरूको प्रयासलाई विफल तुल्याएका थिए ।

 

टाइब्रेकर र सडन डेथमा गरी भेट्रान सिटीको तीन वटा प्रहार रोक्न सफल पुलिसका गोलरक्षक सत्रुधन चौधरी प्लेयर अफ दी म्याच घोषित भए । उनले १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।

 

उपाधिका लागि अब पुलिसले फाइनलमा त्रिभुवन आर्मी क्लब र सङ्कटा क्लबबिच बिहीबार हुने दोस्रो तथा अन्तिम सेमिफाइनल खेलको विजेतासँग आगामी शनिवार प्रतिस्पर्धा गर्नेछ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

५८ जनाले गरे रक्तदान, राउन्ड टेबल नेपाल वीरगञ्ज र रोट्र्याक्ट क्लबलाई , रेडक्रस पर्साले दियो धन्यवाद

वीरगञ्ज । वीरगञ्जमा राउन्ड टेबल नेपाल वीरगञ्ज र रोट्र्याक्ट क्लब अफ वीरगञ्ज मेट्रोपोलिसको संयुक्त आयोजनामा वीरगंजमा ५८ जनाले रक्तदान गरेका छन्।

सडकका खाल्डाखुल्डी पुर्ने र अव्यवस्थित तार हटाउन मानगर तात्यो

वीरगञ्ज । सडक विस्तारका क्रममा वीरगञ्ज महानगरपालिकामभित्र देखिएका खाल्डाखुल्डी र अव्यवस्थित बिजुलीका तार व्यवस्थापनको काम तीव्र पारिएको छ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.