logo

पुलीसले आर्मी हरायो, प्रथम वीरगन्ज गोल्डकपको उपाधीमा नेपाल पुलीसको कब्जा

 इसीमाना सम्वाददाता     २०८० कार्तिक २५ गते ०९: १८ मा प्रकाशित     720   पटक पढिएको

वीरगञ्ज । नेपाल पुलिस क्लबले प्रथम वीरगन्ज गोल्डकपको उपाधी उचालेको छ । आदर्शनगर रंगशालामा शनिबार भएको फाइनल खेलमा आर्मीलाई टाइब्रेकरमा २–० ले पराजित गर्दै पुलिसले उपाधी उचालेको हो ।

प्रतिस्पर्धात्मक भिडन्तको निर्धारित समयमा दुबै टिमले गोलरहित बराबरी खेलेपछी नतिजा टाइब्रेकरबाट निकालिएको हो । टाइब्रेकरमा आर्मीका चार खेलाडीको प्रहार फितलो बन्न पुग्दा पुलिसले सिजनकै पहिलो उपाधी उचाल्न सफल भएको हो ।

May be an image of 9 people and text
टाइब्रेकरमा पुलिसका लागि रामचन्द्र वाजी र बुद्ध तामाङले गोल गर्दा हुचोल राईको प्रहार आर्मीका गोलरक्षक विकेश कुथुले बचाउ गरे । यता आर्मीका कप्तान नवयुग श्रेष्ठ, बिमल पाण्डे, सन्तोष केसी र जितेन्द्र कार्कीको प्रहार खेर गयो ।

कप्तान श्रेष्ठको प्रहार पोस्ट नजिकैबाट बाहिरिन पुग्दा कार्कीको प्रहार पोस्टमा ठोक्किन पुगेको थियो । यसैगरी पाण्डे र केसीको प्रहारलाई बिफल तुल्याउदै पुलिसका गोलरक्षक शत्रुधन चौधरीले टिमलाई उपाधी दिलाए ।

उपाधी विजेता पुलिसले नगद ११ लाख ११ हजार एक सय ११ र उपविजेता आर्मीले पाँच लाख ५५ हजार पाँच सय ५५ प्राप्त गरेको छ । यो राशि मधेस प्रदेशमा आयोजना हुने प्रतियोगितामध्येको उच्च मानिएको छ ।

May be an image of 3 people, people playing football and text

वीरगञ्ज महानगरपालिकाको मुख्य सहयोग र भेट्रान्स सिटि क्लब वीरगञ्जको आयोजनामा कार्तिक १८ गतेदेखी सुरु भएको प्रतियोगितामा नेपाल र भारतका आठ टिमको सहभागिता रहेको थियो । प्रथम वीरगञ्ज गोल्डकपको उपाधी विजेता नेपाल पुलिस क्लबले सबै भन्दा बढि विद्यागत पुरस्कार जितेको छ ।
प्रतियोगीताको म्यान आफ द सिरिज नेपाल पुलिस क्लबका जर्सी नम्बर ८ का खेलाडी प्रताप गुरुङ्गले पाएका छन । उनले नगद ५० हजार , प्रमाणपत्र र शिल्ड पाए ।

May be an image of 4 people
भने म्यान अफ दि म्याच र उत्कृष्ट गोलकिपर नेपाल पुलिस क्लबका जर्सी नम्बर १ का गोलकिपर शत्रुघन चौधरीले पाए । उनले म्यान अफ दि म्याचको १० हजार र उत्कृष्ट गोल किपर बापत नगद २० हजार पाएका थिए ।
यस्तै प्रतियोगीता भरीको बेस्ट मिडफिल्ड नेपाल पुलिस क्लबका जर्सी नम्बर १६ का खेलाडी उज्जवल राई भए । उनले नगद २० हजार पाएका हुन ।

May be an image of 11 people and text
उत्कृष्ट डिफेन्स त्रिभुवन आर्मी क्लबका जर्सी नम्बर २९ का बिमल पाण्डेले पाएका थिए । उनले नगद २० हजार पाएका थिए ।
यस्तै प्रतियोगीताको उत्कृष्ट कोच नेपाल पुलिस क्लबका बिमल घिमिरेले बने । उनले नगद २० हजार प्राप्त गरे ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

अधिवक्ता गुप्ताको परिवारले बुवाको सम्झनामा आमाको माया छात्रावासका बिद्यार्थीलाई खाना र छात्रावासलाई  सहयोग हस्तान्तरण

वीरगंज । वीरगञ्ज कपडा बैंकका संस्थापक सल्लाहकार एवं नेपाल बार एसोसिएसन पर्साका पूर्वअध्यक्ष समाजसेवी अधिवक्ता पन्नालाल गुप्ताले आफ्ना स्वर्गीय बुवा रघुनाथ साह कानुको स्मृतिमा ‘आमाको माया छात्रावास, वीरगञ्जका विद्यार्थीलाई  भोजन गराएका छन ।

वीरगंजको वडा नं २३ मा भब्य क्षमा पूजाको तयारी,समाज र राष्ट्र समृद्धि शान्तिकालागि पूजा

वीरगंज । वीरगंज महानगरपालिकाको वडा नं २३ प्रसौनीमा भोली आइतवार बिहान क्षमा पुजा सहितको अन्य देवी देवताको समेत पूजा गरिने भएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.