वीरगन्जमा जारी दोश्रो मेयर कप रनिङ शिल्ड क्रिकेट प्रतियोगितामा गोल्डेन फ्युचर मावि र सगरमाथा मावि विजयी भएका छन् ।
आदर्शनगर स्थित रंगशालामा बुधबार भएको गोल्डेन फ्युचर र सोलकपुर मावि बीचको पहिलो खेलमा गोल्डेन फ्युचर ३४ रनले विजयी भएको हो ।
टस जितेर पहिले व्याटिङ गरेको गोल्डेन फ्युचरले निर्धारित २० ओभरको खेलमा ६ विकेटको क्षतिमा १७९ रन बनाएको थियो । १८० रनको लक्ष्य सहित जवाफी व्याटिङमा उत्रिएको सोलकपुरले १८ ओभर ५ बल मै अलआउट भएर ८९ रन मात्रै बनायो ।
त्यस्तै गौतम मावि र सगरमाथा माविबीच भएको दोश्रो खेलमा सगरमाथा मावि १३ रनले विजयी भएको छ । पहिलो टस जितेर व्याटिङ रोजेको सगरमाथाले २० ओभर खेलमा १६ ओभर १ बलमा अलआउट हुदै ७२ रन बनाएको थियो ।
जवाफमा गौतम माविले १५.६ ओभरमा सबै विकेट गुमाएर ५९ रनमा समेटियो । पहिलो खेलको म्यान अफ द म्याच रितिक भूषण र दोश्रो खेलको म्यान अफ दी म्याच गौतम माविका हिमांशु गुप्ता घोषित भएको वीरगन्ज महानगरपालिकाका खेलकुद निर्देशक प्रकाश शर्माले जानकार दिनु भयो ।
तपाईको प्रतिक्रिया