logo

स्वास्थ्य समस्या नै नभएका अरविन्दको अनुभव- ‘मृत्युको मुखबाट मुश्किलले फर्किएँ, कोरोनालाई हल्का नठानौं’

      10/1/2020 गते ००: ०० मा प्रकाशित     2407   पटक पढिएको

वीरगञ्ज निवासी शिक्षक, सामाजिक कार्यकर्ता तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता अरविन्द सिंह (४३) कोरोनाभाइरस संक्रमण भएर झन्डै दुई महीनाको उपचारपछि निको भएका छन्। ज्वरो आउने, खोकी लाग्ने जस्ता लक्षण देखिएका उनलाई स्वास्थ्य स्थिति जटिल बनेपछि हेलिकप्टरबाट २० साउनमा काठमाडौं ल्याएर पीसीआर परीक्षण गर्दा कोरोना पुष्टि भयो। पाटन कोभिड अस्पतालको आईसीयूमा भर्ना भएका र करीब ५१ दिन अक्सिजनको सहारामा उपचार गराएका उनी ६ असोजमा डिस्चार्ज भए। सिंहले संक्रमित भएपछिको भोगाइ र अस्पताल बस्दाको अनुभव हिमालखबरसँग यसरी बताएः


पेशाले शिक्षक हुँ, सामाजिक कामहरूमा पनि सक्रिय रहँदै आएको छु। कहिल्यै बिरामी भएको थाहा छैन। हरेक तीन महीनामा रगत दिएर ६० पटकभन्दा बढी रक्तदान गरेको छु। नियमित जिम गर्थें, डेढ सय किलोसम्मको वेट उचाल्थें। यति कुरा किन भनेको हुँ भने, तन्दुरुस्त मानिसलाई पनि कोरोनाभाइरसले असाध्यै गाह्रो अवस्थामा पुर्‍याउँदो रहेछ। 

साउनको १३/१४ गतेतिर घाँटी दुख्ने, ज्वरो आउने भयो। पीसीआर परीक्षण गराएँ। तर, रिपोर्ट आइसकेको थिएन। घरमै बसेर औषधि खाँदा ठीक नभएपछि कोभिड अस्पतालको आईसीयूमा भर्ना भएँ। अस्पताल पुगेपछि पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आयो। १९ साउनको राति अर्को अस्पतालमा सारियो। 

त्यसपछि त झन् निरन्तर खोकी लाग्यो, रगत पनि आउन थाल्यो। डाक्टरहरूले औषधि दिए पनि खोकी निको भएन। त्यो रात केहीबेरसम्म त बेडबाट बेसिनमा गएर रगत थुकें। तर, पछि त बेडबाट झर्नै सकिनँ। खोकीसँगै आएको रगत निल्दै बसेँ। 

म अस्पतालमा भएको पर्यटन मन्त्री योगेश भट्टराईले थाहा पाएर भोलिपल्ट बिहानै फोन गर्नुभयो। हेलिकप्टर पठाइदिन्छु, काठमाडौं आउनु भन्नुभयो। तत्कालीन नेकपा एमालेको केन्द्रीय प्रचार विभागको उहाँ प्रमुख हुँदा म सदस्य भएकाले हामी निकट थियौं। काठमाडौं जानेबारे डाक्टरहरूलाई भन्दा उहाँहरूले जानु ठीक हो भन्नुभयो। त्यसपछि चाहिँ मेरो अवस्था गम्भीर रहेछ भनेर डर लाग्यो। 

अरविन्द सिंह हेलिकप्टरमा वीरगञ्जबाट थप उपचारका लागि काठमाडौं आउने तयारीमा ।
२० साउनमा हेलिकप्टरले काठमाडौंको त्रिवि शिक्षण अस्पताल पुर्‍यायो। त्यहाँ बेड नभएपछि पाटन अस्पतालमा लगियो। तर, त्यो कोभिड अस्पताल भएकाले कोरोना परीक्षणको नेगेटिभ रिपोर्ट भएकालाई भर्ना गरेन। मलाई अक्सिजन चाहिएकाले पाटनबाट नजिकैको मेडिसिटी लगेर आईसीयूमा राखिएछ। मेरो पीसीआर परीक्षण पनि गरे। तर, रिपोर्ट के आयो भनेनन्। अर्को ठाउँमा सिफ्ट गर्दैछौं मात्र भनेर पठाए। करीब ३० घण्टा मेडिसिटीको बसाइपछि २१ साउनको मध्यरातमा पाटन अस्पताल लगियो। त्यहाँ पुर्‍याएपछि पो कोरोना पोजिटिभ आएछ भन्ने थाहा भयो।

आईसीयूको पीडादायी बसाइ

निको भएर घर फर्केपछि खुशियालीमा केक काटेर श्रीमती, छोरी र आफन्तसँग रमाउँदै अरविन्द । काखमा छोरी ।
 

पाटन कोभिड अस्पतालको आईसीयू कक्षमा बेड नम्बर २ मा मलाई राखियो।  १४/१५ दिनको आईसीयू बसाइ पीडादायीसँगै डरलाग्दो भयो। अस्पताल जाने बित्तिकै नजिकैको बेडमा रातभर शव राखेको अवस्थामा बस्नुपर्‍यो। आईसीयूमा डाइलसिस गर्ने बिरामीहरूको चिच्याहटसँगै साढे चार वर्षे छोरीको यादले मन भत्भती पोल्थ्यो। सधैं अक्सिजन लगाइरहनुपर्ने तर कोभिडकै कारण आफन्त र चिनेजानेका कसैलाई छेउमा देख्न समेत नपाउनुको पीडा यसरी बस्ने बाहेकले कल्पनै गर्न सक्दैन। 

म गएकै भोलिपल्ट मेरो छेउकै बेडमा रहेका एकजना मरे। रातभरि उसको शव त्यहीं राखियो। राति सेनाले शव लैजाँदो रहेनछ। पर्दाले मात्र बारेको बेडमा शव रहेको अवस्थामा रातभरि निदाउन सकिनँ।

मलाई पनि धेरै गाह्रो भइरहेको थियो। अर्धचेत र शिथिल अवस्थामा पुगिसकेकाले निराशा बढिरहेको थियो। अस्पतालको बाहिर भाइ (अखिलेश) थियो। उसलाई ‘म अब मर्छु होला, भाउजू, सानी छोरी र परिवारको हेरविचार राम्रोसँग गर्नू’ भनें। भाइ जहिले पनि अस्पतालको गेटमा हुन्थ्यो। सुत्ने बेला मात्र राति बागबजारको होटलमा जान्थ्यो।

भोलिपल्टदेखि भने मलाई अलि सहज जस्तो भयो। ३/४ दिन जतिपछि मोबाइल अलिअलि चलाउन सक्ने भएँ। सामाजिक सञ्जाल हेर्दा नसोचेको खबर देखेँ, विजय (राजकर्णिकार) दाइको निधन भएर श्रद्धाञ्जली दिइएको रहेछ। एकदम नजिकको विजय दाइ कोरोनाकै कारण गम्भीर बिरामी परेपछि एम्बुलेन्समा हालेर मैले नै काठमाडौं पठाएको थिएँ। पाटन अस्पतालमै भर्ना हुनुभएको थियो। आफैं बिरामी भएकाले उहाँको अवस्था बुझ्न पाएको थिइनँ। निको भएर घर गइसक्नुभयो भन्ने लागेको थियो।

उहाँको नाम लेखिएको फाइल र ट्वाइलेट चियर मेरो बेडकै छेउमा थियो। उहाँको मृत्यु भएकै बेडमा पो रहेछु म। कोभिड बिरामीको ‘हेल्थ फाइल’ घरमा नपठाएको होला भन्ने सोचिरहेको थिएँ। 

अस्पताल जाने बित्तिकै नजिकैको बेडमा रातभर शव राखेको अवस्थामा बस्नुपर्‍यो। आईसीयूमा डाइलसिस गर्ने बिरामीहरुको चिच्याहटसँगै साढे चार वर्षे छोरीको यादले मन भत्भती पोल्थ्यो। सधैं अक्सिजन लगाइरहनुपर्ने तर कोेभिडकै कारण आफन्त र चिनेजानेका कसैलाई छेउमा देख्न समेत नपाउनुको पीडा यसरी बस्ने बाहेकले कल्पनै गर्न सक्दैन। 
त्यो फाइल र ट्वाइलेट चियरमा लेखिएको नामले झन् तनाव हुन थाल्यो। नर्सहरुलाई कारण बताउँदै ती सामग्री हटाइदिन आग्रह गरें। तर, ‘अस्पतालको बेडमा मान्छे मरिहाल्छ नि’ भनेर जवाफ दिए, हटाएनन्। अर्को दिन डाक्टर राउण्डमा आएको बेला आग्रह गरेपछि बल्ल हटाइयो। भयो। तर दाइसँगको हरेक क्षणहरुको यादले भने निकै दिन सतायो।

संयोगले विजय दाइकै बेडमा भर्ना हुन पुगेको घटना मेरो लागि भने चिन्तासँगै डरको विषय बन्यो। दाइलाई पनि यसअघि कुनै स्वास्थ्य समस्या थिएन। कोभिडले दीर्घ रोगी र बूढाबूढीलाई बढी असर गर्छ भन्थे, तर युवा र स्वस्थलाई पनि मार्दोरहेछ, अब मेरो पनि दिन यत्ति नै रहेछ भन्ने लागिरह्यो। 

छोरीलाई सम्झिएर झन् पीर लाग्न थाल्यो। मेरो चिन्ता नै छोरीको भविष्यप्रति थियो। हामी सामान्य परिवारको मान्छे, श्रीमतीले बच्चा हुर्काउनै जागिर छोडेर बसेकी छिन्। उनले छोरीलाई कसरी हुर्काउलिन्, पढाउलिन् भन्ने लाग्यो। मनमा यिनै तर्कना खेलेर रातभरि निदाउन सक्दिनथें।

अर्को घटना देखेका कारण पनि राति ननिदाउने हरसम्भव कोसिस गर्थें। आईसीयूका बिरामीहरुलाई लगाइने अक्सिजनको सबै स्क्रीन स्वास्थ्यकर्मीहरु बस्ने स्टेशनमा फर्काइएको हुन्छ। तर, केही नफर्किएका पनि हुँदारहेछन्। मैले देख्दादेख्दै राति नजिकैको एउटा बेडका बिरामी निदाएको बेला अक्सिजन मास्क झर्‍यो। मैले नर्सहरूलाई भनिदिएँ। उनीहरू आएर लगाइदिए, तर ती व्यक्ति मास्क लगाउँदा लगाउँदै बिते। हुन त उनलाई अरु थप समस्या पनि थियो होला। तर त्यस्तो देखेपछि राति निदायो भने त मास्क हट्ने रहेछ भनेर सकेसम्म ननिदाउने प्रयास गरेँ। 

भेन्टिलेटरको ठूलो आवाजले पनि सुत्नै नसकिने हुन्थ्यो। त्यस्तै, मिर्गौला रोगी कोरोनाका बिरामीहरुलाई आईसीयूू बेडमै डायलसिस गरिन्थ्यो। डाइलसिसको क्रममा पीडाले झण्डै ३/४ घण्टा उनीहरु कराउँथे। 

१५/१६  दिन आईसीयूमा बस्दा दोहोरिरहने पीडादायी क्षण चाहिँ दैनिक एक–दुई जना मर्ने, र शव तत्काल नउठाइने। साँझतिर मान्छे मरे पनि रातभरि शव त्यहीँ हुन्थ्यो। त्यो देख्दा छेउका बिरामीलाई झन् डर लाग्नु स्वाभाविकै हो। त्यसैले मान्छे मरेपछि शव तत्कालै निकाल्ने व्यवस्था गर्नुपर्छ भन्न चाहन्छु।

शून्य मनोपरामर्श

अस्पतालमा कोभिडका बिरामीलाई सबैभन्दा आवश्यक पर्ने काउन्सिलिङ (मनोपरामर्श) हो। तर, त्यो शून्य छ। पाटन अस्पतालमा डाक्टर र नर्सले दिने सेवा राम्रो भए पनि मनोपरामर्श पनि भए बिरामीलाई थप ऊर्जा थप्न सकिन्थ्यो। थोरै समय दिएर ‘तिम्रो अवस्थामा सुधार आइरहेको छ, तिमी जस्ता धेरै बिरामी छन्, तिमीलाई हेर्ने हामी छौं चिन्ता नगर’ जस्ता कुरा भन्दिने हो भने मनोबल बढ्थ्यो। यसैले अस्पतालहरुले काउन्सिलिङको व्यवस्था गर्नेतर्फ ध्यान दिनुपर्‍यो।

अस्पतालमा मनोपरामर्शको व्यवस्था पनि भए बिरामीलाई थप ऊर्जा थप्न सकिन्थ्यो। थोरै समय दिएर ‘तिम्रो अवस्थामा सुधार आइरहेको छ, तिमी जस्ता धेरै बिरामी छन्, तिमीलाई हेर्ने हामी छौं चिन्ता नगर’ जस्ता कुरा भन्दिने हो भने मनोबल बढ्थ्यो।  यसैले अस्पतालहरुले काउन्सिलिङको व्यवस्था गर्नेतर्फ ध्यान दिनुपर्‍यो।
मैले कोभिडबाट पार पाउन प्रतिबन्धित औषधि पनि लिएँ। कोरोनाका बिरामीलाई लाभदायक हुने रेमडीसीभीर औषधि त्यतिबेला नेपालमा प्रतिबन्धित थियो। तर, मलाई भने विदेशमा रहेका साथीहरुले त्यो औषधि पठाइदिएछन्। एक डोजको रु. ५० हजार पर्ने औषधिको पाँच डोज नवनित अग्रवालले किन्दिए र काठमाडौंमा निषेधाज्ञा भएको बेला सुदीप लामाले मोटरसाइकलमा ल्याइदिए। 

त्यो औषधि पाएपछि डाक्टरहरूलाई भनेँ। प्रतिबन्धित औषधि नचलाउने भन्न पनि सक्थे, तर मलाई औषधि चलाएर ठूलो सहयोग गरे। पहिले पाँच डोज र पछि दुई डोज थपेको औषधिले पनि मलाई बचाउन सहयोग पुग्यो होला। पाँच वटाले पुग्दैन भनेर थप दुईवटा संविधानसभा सदस्य विचारी यादवले व्यवस्थापन गरिदिनुभएछ।

जनरल वार्डमा सरेपछि पनि उस्तै तनाव

 

कोभिड नेगेटिभ हुँदाको खर्च आफैंले बेहोर्नुपर्छ। खर्चको सबै हिसाब त गरेको छैन, तर १०/११ लाख त नाघ्यो होला। मेडिसिटीमा ३० घण्टा बसेको नै करीब डेढ लाख रुपैयाँ तिरेको बिल रहेछ। मलाई सबैले सहयोग गर्नुभयो र यति उपचार पाउन सकें। अन्यथा यस्तो उपचार सुविधा सबैले पाउँछन् भन्ने लाग्दैन। 

सहयोग गर्ने ती सबैलाई यो नयाँ जीवनका लागि धेरै आभार !

प्रस्तुतिः लक्ष्मी बस्नेत
साभारः हिमाल खवर डटकम

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

कात्तिक ६ गते बिहान ११ः३९ बजे भाइटीकाको शुभ साइत

काठमाडौँ ।  अन्तरराष्ट्रिय पञ्चाङ्ग निर्णयक समितिले २०८२ साल तिहार (शुभ दीपावली)का लागि विभिन्न देशहरूमा भाइटीकाको शुभ साइत सार्वजनिक गरेको छ ।

सखुवा प्रसौनी गाउँपालिकामा शिक्षा सुधार अभियान, गिरीलाई शिक्षा प्रमुखको जिम्मेवारी

पंचगावा ।सखुवा प्रसौनी गाउँपालिकाले शिक्षा क्षेत्रमा सुधार ल्याउने उद्देश्यसहित नेपाल रष्ट्रिय माध्यामिक बिद्यालय  महुवनका पूर्व प्रधानाध्यापक भरत गिरीलाई शिक्षा प्रमुखको जिम्मेवारी दिएको छ।

खेलकुद

हनामी बीएफसी फाइनलमा, रिगल एन्फा मकवानपुर टाइ–ब्रेकरमा पराजित

निर्मलबस्ती ३०। स्व. रामबहादुर श्रेष्ठ स्मृति चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत शुक्रवार सम्पन्न पहिलो सेमिफाइनल खेलमा हनामी बीएफसी चितवनले रिगल एन्फा मकवानपुरलाई टाइ–ब्रेकरमा ५–४ ले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ।

ठोरी गोल्डकपमा रेगल एन्फा हेटौंडाको धमाकेदार प्रदर्शन, सेमिफाइनलमा प्रवेश

बिजयबस्ती । स्व. रामबहादुर श्रेष्ठ स्मृति चौथो ठोरी गोल्डकप खुला नकआउट फुटबल प्रतियोगितामा रेगल एन्फा हेटौंडा ट्राईबेकरमा सेमिफाइनलमा प्रवेश गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.