logo

पत्रकारमाथि आक्रमण गर्नेलाई कारवाही गर्न पत्रकार सम्बद्ध संगठनको माँग

 इसीमाना सम्वाददाता     २०८२ बैशाख ३ गते ०७: ५१ मा प्रकाशित     459   पटक पढिएको

वीरगन्ज । जिल्ला प्रहरी कार्यालय पर्सा अगाडि मंगलबार साँझ भएको प्रदर्शनको क्रममा समाचार संकलन गर्न पुगेका तीन जना पत्रकार घाइते भएका छन् ।

मंगलबार पर्सा प्रहरीले धार्मिक सद्भाव बिथोल्ने चार जनालाई पक्राउ गरेको थियो ।

आफ्ना समुदायका मानिसहरूलाई प्रहरीले विनाकारण पक्राउ गरेको भन्दै पर्सा प्रहरी अगाडि प्रदर्शन सुरु भयो ।

सोही विषयमा समाचार संकलन गर्ने पुगेका एभीन्युज टेलिभिजनका अर्जुन गुप्ता, मध्य नेपाल सन्देशका अनिल ओझा र चन्द्रसूर्य वाणीका धीरेन्द्र तिवारी घाइते भएका छन् ।

उनीहरुको नारायणी अस्पतालमा उपचार गरिएको छ । यसैबिच प्रदर्शनको समाचार सामग्री संकलन गरिरहेका पत्रकारहरुमाथि आक्रमण गर्नेलाई कारबाही गर्न माग गरिएको छ ।

नेपाल पत्रकार महासंघ पर्सा, प्रेस सेन्टर नेपाल पर्सा, प्रेस चौतारी नेपाल पर्सा र श्रमजीवी पत्रकार संघ पर्साले छुट्टाछुट्टै प्रेस बिज्ञप्ती जारी गर्दै यस्तो माग गरेको हो । 

आम नागरिकमा सत्य तथ्य सूचना पु्र्याउने सञ्चारकर्मीहरु नै ढुंगा र प्रहरीको लाठीको निशानामा पर्नु अत्यन्त दुखद भएको भन्दै यस्ता घटनामा संलग्नहरुलाई तत्काल कारबाही गर्न माग गरिएको छ ।IMG_3785.jpeg

centre.jpg?resize=720%2C932&ssl=1

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

समाज

अदालतबाट भ्रष्ट ठहर भएका उपाध्यायलाई चौतारीले गर्यो बाई बाई

वीरगंज । भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका कमल उपाध्यायलाई प्रेस चौतारी नेपालले सधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको छ ।

बागमतीमा लामा बिरुद्धको अविश्वास प्रस्ताव पारित, बानियाको मुख्यमन्त्री बन्ने बाटो खुल्यो

हेटौँडा । बागमती प्रदेश कांग्रेस संसदीय दलको बैठकले दलका नेता परिवर्तन गर्ने भएको छ ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.