logo

रास्वपा सभापति लामिछाने विरुद्ध पर्सामा पनि ठगी तथा सङ्गठित अपराधको मुद्दामा कारबाहीको मांग,२ अर्ब ३० करोड बिगो दाबी

 इसीमाना सम्वाददाता     २०८२ बैशाख १४ गते १५: १० मा प्रकाशित     473   पटक पढिएको

वीरगन्ज । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको मुद्धा अदालतमा अभियोजनाकालागि पर्सा प्रहरीले  जिल्ला सरकारी वकिलको कार्यालय पर्सामा बुझाएको छ  । 


बयान र अनुसन्धान सकिएपछि पर्सा प्रहरीले रास्वपा सभापति लामिछाने विरुद्ध ठगी तथा सङ्गठित अपराधको मुद्दामा कारबाहीको माग गर्दै शुक्रबार प्रहरी प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको हो । 


प्रहरीले बुझाएको प्रतिवेदनमा ४१ जनालाई प्रतिवादी बनाइएको पर्सा प्रहरी प्रवक्ता किशोर लम्सालले बताए । 
उनका अनुसार दुइवटा मुद्दाको अनुसन्धान सकिएपछि कारबाहीका लागि विभिन्न कम्पनी तथा व्यक्तिलाई प्रतिवादी बनाउँदै प्रतिवेदन अगाडि बुझाइएको छ । 


प्रतिवेदनमा  ३० जना व्यक्ति, तीनवटा सहकारी र ८ वटा विभिन्न कम्पनीलाई प्रतिवादी बनाएर प्रतिवेदन बुझाएको पर्सा प्रहरीले जनाएको छ । 


२ अर्ब ३० करोड १४ लाख २९ हजार ८ सय २९ रुपैयाँ बिगो माग दाबी गरिएको छ। 


त्यसमा कम्पनी र व्यक्तिसंग १ अर्ब १२ करोड ६५ लाख २६ हजार ३९५ पैसा  बाँकी रकम सहकारीबाट लिनु पर्ने प्रतिवेदनमा उल्लेख गरिएको छ  । 


यसैगरी स्वर्ण लक्ष्मी बहुउद्देश्य सहकारी संस्थासंग १ अर्ब १५ करोड ९१ लख ४४ हजार, सुर्यदर्शन सहकारी संस्थासंग १ करोड २० लाख र आसा एण्ड इन्टरनेशनल प्रालिसंग ३७ लाख ९० हजार ३७९ पैसा फिर्ता लिनु पर्ने प्रहरी प्रतिवेदनमार्फत माग गरिएको प्रहरी प्रवक्ता लम्सालले बताए  । 


संसदीय छानविनको समितिको प्रतिवेदनका कारण उठान भएको यो मुद्धाका पर्सा प्रहरीलाई पनि अनुसन्धान गरि आवश्यक कारवाही गर्न निर्देशन दिएपछि  पर्सा प्रहरीले मुद्दा दर्ता गरेर अनुसन्धान सुरु गरेको थियो । 


सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन गरेको भन्दै लामिछानेसहितका व्यक्तिहरुमाथि मुद्दा दर्ता भएको थियो ।

प्रहरीका अनुसार पहिलो पटक  ०८० सालको साउन महिनाको २१ गते ५२ जनाले, ०८० सालकै भदौं महिनामा २०७ जना र ०८१ सालको फागुन २ गते १७९ जनाले सानो पाइलाले रकम अपचलन गरेको भन्दै विभिन्न व्यक्तिलाई प्रतिवादी बनाई जिल्ला प्रहरी कार्यालय पर्सामा  जाहेरी दर्ता गराएका थिए । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

समाज

अदालतबाट भ्रष्ट ठहर भएका उपाध्यायलाई चौतारीले गर्यो बाई बाई

वीरगंज । भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका कमल उपाध्यायलाई प्रेस चौतारी नेपालले सधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको छ ।

बागमतीमा लामा बिरुद्धको अविश्वास प्रस्ताव पारित, बानियाको मुख्यमन्त्री बन्ने बाटो खुल्यो

हेटौँडा । बागमती प्रदेश कांग्रेस संसदीय दलको बैठकले दलका नेता परिवर्तन गर्ने भएको छ ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.