logo

खाना नपाएको झोकमा जेठाजुले गरे ३६ वर्षिया बुहारीको हत्या,प्रहरी घटनाको अनुसन्धान गर्दै

 इसीमाना सम्वाददाता     २०८२ बैशाख १४ गते ०९: ५४ मा प्रकाशित     1059   पटक पढिएको

सांकेतीक तस्विर

मलंगवा । धारिलो हतियार (फर्सा) प्रयोग गरेर जेठाजुले बुहारीको हत्या गरेका छन । घटना सर्लाही जिल्लाको विष्णु गाउँपालिका–३, मधुवनगोठको हो ।

 

त्यहाका ४० वर्षिय साहेव पासवानले  ३६ वर्षिया बुहारी रेनुदेवी पासवानको हत्या गरेका हुन । प्रत्यक्षदर्शीका अनुसार पासवानले बुहारीको शरीरमा १५ पटक भन्दा बढी प्रहार गरेका छन । आइतवार बिहान पौने १० बजे पासवानले बुहारीको हत्या गरेका हुन ।


आइतवार विहान बुहारी रेनुसंग खाना मागेको मागेको बेला बुहारीसंग विावद भएको र त्यही झोकमा उनले बुहारीलाई आक्रमण गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ  ।


शनिवारका दिन पासवान र उनको श्रीमती वीच झगडा भएको थियो । श्रीमती रिसाएर  छोरा छोरी सहित भारतमा रहेको माइती घर गएको स्थानीयले बताए ।

 

 शनिवार देखी भोकै रहेका पासवानले खाना नपाएको झोकमा बुहारीलाई धारिले हतियार प्रयोग गरि हत्या गरेका हुन । सर्लाही प्रहरीले भने यो बिषयमा अनुसन्धान गरिरहेको जनाएको छ ।


रेनुदेवीका श्रीमान गजेन्द्र पासवान मजदुरीका लागि भारतमा रहेका छन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगञ्जमा संयुक्त रक्तदान कार्यक्रम, २५ यूनिट रगत संकलन

वीरगञ्ज । रक्त अभावका कारण बिरामीको उपचारमा आउन सक्ने समस्या न्यूनीकरण गर्ने उद्देश्यले वीरगञ्जमा आयोजित संयुक्त रक्तदान कार्यक्रममा २५ यूनिट रगत संकलन भएको छ।

मलखाद नपाएपछि बहुदरमाईमा जनआक्रोश, नगर कार्यालयमा तालाबन्दी

वीरगञ्ज । खेतीपातीको मुख्य समयमा मलखादको अभावका कारण आक्रोशीत भएका  बहुदरमाई नगरपालिका–४ का स्थानीय बासिन्दाले कार्यालयमा तालाबन्दी गरेका छन ।

खेलकुद

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.