सांकेतीक तस्विर
मलंगवा । धारिलो हतियार (फर्सा) प्रयोग गरेर जेठाजुले बुहारीको हत्या गरेका छन । घटना सर्लाही जिल्लाको विष्णु गाउँपालिका–३, मधुवनगोठको हो ।
त्यहाका ४० वर्षिय साहेव पासवानले ३६ वर्षिया बुहारी रेनुदेवी पासवानको हत्या गरेका हुन । प्रत्यक्षदर्शीका अनुसार पासवानले बुहारीको शरीरमा १५ पटक भन्दा बढी प्रहार गरेका छन । आइतवार बिहान पौने १० बजे पासवानले बुहारीको हत्या गरेका हुन ।
आइतवार विहान बुहारी रेनुसंग खाना मागेको मागेको बेला बुहारीसंग विावद भएको र त्यही झोकमा उनले बुहारीलाई आक्रमण गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।
शनिवारका दिन पासवान र उनको श्रीमती वीच झगडा भएको थियो । श्रीमती रिसाएर छोरा छोरी सहित भारतमा रहेको माइती घर गएको स्थानीयले बताए ।
शनिवार देखी भोकै रहेका पासवानले खाना नपाएको झोकमा बुहारीलाई धारिले हतियार प्रयोग गरि हत्या गरेका हुन । सर्लाही प्रहरीले भने यो बिषयमा अनुसन्धान गरिरहेको जनाएको छ ।
रेनुदेवीका श्रीमान गजेन्द्र पासवान मजदुरीका लागि भारतमा रहेका छन् ।
तपाईको प्रतिक्रिया