logo

मधेश प्रदेश भ्रष्टाचारको हट स्पट, आयोग आरोप बोकेर अदालत धाउदै,उच्च पदाधिकारी निलम्वित

 इसीमाना सम्वाददाता     २०८२ बैशाख १४ गते १०: ३९ मा प्रकाशित     804   पटक पढिएको

डा. श्रवण कुमार मिश्र

वीरगंज । स्वास्थ्य उपकरण खरिदमा भ्रष्टाचार गरेको आरोपमा सामाजिक विकास मन्त्रालय र प्रदेश जनस्वास्थ्य प्रयोगशालाका तत्कालीन प्रमुख डा. श्रवण कुमार मिश्रसहित ८ जना बिरुद्ध अख्तियार दुरुपयोग अनुसनधान आयोगले बिशेष अदालतमा मुद्धा दायर गरेको छ ।


आर्थिक वर्ष २०७८र०७९ मा स्वास्थ्य उपकरण खरिदमा भ्रष्टाचार भएको भन्दै आयोगले ५ करोड १ लाख ९० हजार  बिगो कायम गरि मुद्धा दायर गरेको हो । अयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद, जरिवाना र बिगो असुलको माग दावी लिएको छ।

 

 मधेस प्रदेशमा ६४ स्थानीय तहमा जनस्वास्थ्य प्रयोगशाला स्थापनाका लागि गरिएको ठेक्कामा सार्वजनिक खरिद नियमावली, २०६४ को उल्लंघन भएको आयोगको ठहर छ।

 

आपूर्तिकर्ता सेभेन हिल्स प्रा.लि., सिनामंगल, काठमाडौंसँग मिलेमतो गरी स्वीकृत स्पेसिफिकेशन र बोलपत्रमा कबोल भएकोभन्दा कम फिचरका सामग्री आपूर्ति गरेको पाइएको अयोगले  जनाएको छ ।

स्पेसिफिकेशनअनुसार भनी गलत प्रतिवेदन तयार गरी भुक्तानीका लागि सिफारिस गरिएको पुष्टि भएको आयोगले निष्कर्ष निकालेको छ । 

 मधेस प्रदेश जनस्वास्थ्य प्रयोगशालाका तत्कालीन निर्देशक डा. श्रवण कुमार मिश्र, वरिष्ठ ल्याब टेक्निसियन निरीक्षक गुणानन्द प्रसाद साह, वरिष्ठ ल्याब अधिकृत उमेश चौधरी, लेखा अधिकृत अमरदीप महतो, ल्याब असिस्टेन्ट कर्मशील प्रसाद गोप, मेडिकल ल्याब टेक्नोलोजिस्ट मन मोहन मिश्र, ल्याब टेक्निसियन निरीक्षक राम उदगार यादव, र सेभेन हिल्स प्रा.लि.का सञ्चालक अनिल शाह बिरुद्ध आयोगले आरोप पत्र दायर गरेको हो । आयोगले अनिल शाहलाई मतियारको कसूरमा मुख्य कसुरदारसरह सजाय र गलत प्रतिवेदन दिने कर्मचारीहरूलाई थप सजायको माग गरेको छ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

समाज

परवानिपुर सबस्टेशनमा सर्टसर्किट, १४ फिडर ध्वस्त, तीन जना घाइते

परवानिपुर। बुधबार साँझ परवानिपुरस्थित सबस्टेशनमा अचानक सर्टसर्किट हुँदा वीरगंज, सिमरा, नरायणी, जगदम्बा, चोर्नी, भलुहीसहित यस क्षेत्रका १४ फिडर ध्वस्त भएका छन।

वीरगंज कारागारका सबै कैदीबन्दको भाग्ने प्रयासमा सुरक्षा निकायको अवरोध कैदीबन्दी सुरक्षीत

वीरगञ्ज । वीरगको कारागार प्रशासनले एक बिज्ञप्ति जारी गरि कारागारका कैदी बन्दी सबै सुरक्षीत रहेको जनाएको छ । कैदी बन्दीहरुले भाग्ने प्रयास गरेको तर भाग्यो योजना सफल नभएको जनाएको छ ।

खेलकुद

नेपोभिट अन्तराष्ट्रिय आमन्त्रण फूटवलको उपाधी एपीएफको कब्जा

वीरगंज । सीमरामा हिजो सम्पन्न अन्तराष्ट्रिय महिला फूटवलको उपाधी बिभागीय टोली एपिएफले उचालेको छ ।

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.