logo

सशस्त्र प्रहरीद्वारा ठुलो परिमाणमा लागुऔषध बरामद, भरिया फरार

 इसीमाना सम्वाददाता     २०८२ जेठ ६ गते ०५: ०६ मा प्रकाशित     657   पटक पढिएको

वीरगंज ।सशस्त्र प्रहरी पर्साले प्रतिवन्धित लागु औषध ट्रमोल ८१ हजार ४ सय ९० ट्याब्लेट बरामद गरेको छ । 

 

 पर्सा जिल्लाको वीरगंज महानगरपालिका–२ स्थित भकुवा नाकाबाट ठूलो मात्रामा लागुऔषध बरामद गरेको हो । 

 

 सशस्त्र प्रहरी बल नेपाल गण नं. १३, हेडक्वार्टर पर्साबाट सशस्त्र प्रहरी नायब उपरीक्षक देवेन्द्र बहादुर सिंहको कमाण्डमा खटिएको टोलीले नियमित गस्तीको क्रममा भारतबाट दुर्ई जना व्यक्तिहरू टाउकोमा उक्त लागूऔषध बोकेर नेपाल आउँदै  औषधी बरामद गरेको हो ।

प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिन प्रयास गर्दा टाउकोमा बोकेको लागुऔषध त्यही छाडेर भारततर्फ भागेका थिए ।

 

बरामद गरिएको लागुऔषधलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय, पर्सामा बुझाइएको सशस्त्र प्रहरी बलका सूचना अधिकारी डिएसपी  सिंहले बताए ।

सशस्त्र प्रहरीका अनुसार बरामद ट्याब्लेटको मूल्य भारतमा ७ लाख रुपैयाँभन्दा बढी पर्ने अनुमान गरिएको छ

 

 उनले जनतालाई सुरक्षाको प्रत्याभूति दिलाउन लागुऔषध तथा अन्य अवैध क्रियाकलापविरूद्ध सशस्त्र प्रहरी सधैं सतर्क रहेको जनाएका छन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

समाज

कार्य सम्पादन मूल्याकंनमा मधेश भरिमा गौतम मिश्र नेतृत्वको पर्सा प्रहरी सर्वोत्कृष्ट

जनकपुरधाम । पर्साका प्रहरी उपरिक्षक गौतम मिश्र मधेश प्रदेशमै कार्य सम्पाद मूल्याकंनमा सर्वोत्कृष्ट हुन सफल भएका छन ।

मोरङ सुन्दर हरैचाका बृद्ध सर्लाहीको रानीगन्ज चौतारामा मृत फेला

सर्लाही ।  मोरङको सुन्दरहरैचा नगरपालिका–७, गच्छिया टोलका धनबहादुर कार्की सर्लाहीको लालबन्दीमा मृत अवस्थामा फेला परेका छन ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.