logo

काठमाडौंमा १३ लाख ७५ हजार रुपैयाँ र सिरहामा १७ ग्राम ५ सय ३० मिलिग्राम खैरो हेरोइन सहित चार जना पक्राउ

 इसीमाना सम्बाददाता     २०८३ भदौ २८ गते ०९: ३४ मा प्रकाशित     71   पटक पढिएको

काठमाडौं । प्रहरीले काठमाडौं र सिरहामा छुट्टाछुट्टै कारबाही गर्दै स्रोत नखुलेको रकमसहित हुन्डी कारोबारमा संलग्न भएको आरोपमा ९ जना तथा खैरो हेरोइनसहित ४ जनालाई पक्राउ गरेको छ।


जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार भदौ २७ गते दिउँसो  काठमाडौं महानगरपालिका–२६ ठमेलस्थित सञ्चयकोष सडकखण्डमा प्रहरी वृत्त दरबारमार्गबाट खटिएको टोलीले चेकजाँचका क्रममा स्रोत नखुलेको  १३ लाख ७५ हजार बरामद गरेको हो।

 

प्रहरीका अनुसार केशरमहलबाट भीआईपी चोकतर्फ जाँदै गरेको बा.१७ प २६४४ नम्बरको स्कुटर चेकजाँच गर्दा  काभ्रेपलाञ्चोक जिल्ला , चौरीदेउराली गाउँपालिका–३ घर भई हाल काठमाडौं ठमेल बस्ने २० वर्षीय युवराज घतानीको साथबाट उक्त रकम फेला परेको थियो।

 

प्रहरीले घतानीलाई नियन्त्रणमा लिएर हुन्डी कारोबारसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको जनाएको छ। 

 

सिरहामा खैरो हेरोइनसहित चार जना पक्राउ

 

यसैबीच, लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सिरहा र इलाका प्रहरी कार्यालय गोलबजार सिरहाबाट खटिएको संयुक्त प्रहरी टोलीले १७ ग्राम ५३० मिलिग्राम खैरो हेरोइनसहित चार जनालाई पक्राउ गरेको छ।

 

प्रहरीका अनुसार भारतबाट लागूऔषध खैरो हेरोइन खरिद गरी सिरहा जिल्लाका विभिन्न स्थानमा बिक्री वितरण गर्दै आएको गोप्य सूचनाका आधारमा टोलीले गोलबजार नगरपालिका–१२ बेतौनास्थितबाट उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा गोलबजार नगरपालिका–१२ बेतौना ठेगाना भएका २० वर्षीय अरविन्द कुमार सिंह, ३२ वर्षीय भुनेश्वर मण्डल, २७ वर्षीय वीरेन्द्र कुमार साह र गोलबजार नगरपालिका–६ ठेगाना भएका ३३ वर्षीय रितेश यादव रहेका छन्।

प्रहरीले उनीहरूको साथबाट १७ ग्राम ५३० मिलिग्राम खैरो हेरोइन, पाँच थान मोबाइल र एक थान डिजिटल तराजु बरामद गरेको जनाएको छ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बाघको आक्रमणबाट ७० वर्षिय थारुको ज्यान गयो

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट जिराभवानी गाउँपालिका–२ काठमाडौं टोल निवासी ७० वर्षीय नथुनी मिर्दाहा थारुको मृत्यु भएको छ ।

खाजा खर्च कटाएर विद्यार्थीले प्रधानमन्त्री राहत कोषमा गरे सहयोग

वीरगञ्ज । श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय, रामभौरी भाठाका विद्यार्थीहरूले आफ्नो खाजा खर्चबाट रकम बचत गरी प्रधानमन्त्री राहत कोषमा सहयोग गरेका छन्।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.