logo

गौशलाका मेयरको मनपरी उपमेयरलाई कार्यालय प्रवेशमा रोक

 इसीमाना सम्वाददाता     २०८२ असार ३ गते ०३: ४३ मा प्रकाशित     361   पटक पढिएको

 वीरगञ्ज । महोत्तरीको गौशाला नगरपालिकामा मेयर दिपेन्द्र महतो र उपमेयर रेणुकुमारी महतोबीचको विवाद उत्कर्षमा पुगेको छ ।

उनीहरु जनता समाजवादी पार्टीबाट निर्वाचित भएका हुन । एउटै पार्टीबाट एउटै नीति बिचारबाट चुनाव जितेको भएपनि कार्यशैलीमा उनीहरुवीच एकरुपता नहुदा बिवाद बढेको हो ।  

 

उपमेयर रेणुकुमारी महतोले अनियमितताको आरोप लगाएकी छिन । उनले अनुगमनको काममा कर्मचारी संयन्त्रले असहयोग गरेको आरोप समेत लगाएकी छिन ।

 

अवस्था यस्तो सम्म आयो की नगरपालिका प्रमुख दिपेन्द्र महतोले  आज मंगलवार उपप्रमुख महतोलाई नगरकार्यपालिकाको बोर्ड बैठकमा भाग लिन दिएनन ।

 

त्यती मात्र होइन नगरपालिका प्रवेशमा समेत रोक लगाए । उपप्रमुख महतो प्रवेशद्वारामा बसेर आफूमाथि गरिएको ब्यवहारप्रति आक्रोश ब्यक्त गरिरहेकी छिन ।

 

जस्तो सुकै बिमती भएपनि बैठकमा सहभागि हुन पाउनु उपमेयरको अधिकार हो । कार्यालयमा निर्वाध प्रवेश पाउन पनि उनको अधिकार हो ।

 

उनको अधिकार संकचुन गरेर मेयरले गैरकानूनी काम गरेका छन । कार्यालयको कागजात चोरीको आरोप मेयरले उपमेयर माथि लगाएका छन । 

 

उपमेयर महतोले मेयर महतो र प्रमुख प्रशासकीय अधिकृत केशव अधिकारीको मिलेमतोमा दर्ता चलानीको कोलम खाली राखेर अनियमितता गरिरहेको आरोप लगाएकी छिन् । 

कार्यालयमा उपमेयरलाई छिर्न नदिन नगर प्रहरी तैनाथ गरिएको भिडिओमा प्रष्ट देखिन्छ । आज बिहानैदेखि कार्यपालिका बैठक बसिरहेको जानकारी दिँदै उपमेयर महतोले नगरबासीसँग सहयोगको अपिल गरेकी छिन् ।

उपमेयर महतोले भनिन्, “दर्ता चलानी धेरै ठाउँमा खाली राखिएको छ । किन खाली राखेको हो ? यो विषयमा छानबिन हुनुपर्छ ।” उनले थपिन्, “आज बिहान ८ बजे कार्यपालिकाको बैठक राखिएको थियो ।

 

 म करिब साढे ८ बजे पुगें । तर, भित्र प्रवेश गर्नै दिएनन् । वातावरण ठिक थिएन । म फर्कें । त्यसपछि कार्यालय समयमा पुग्दा पनि भित्र प्रवेश गर्न दिएको छैन ।”

मेयरको निर्देशनमा कर्मचारीले आफूलाई भित्र प्रवेश गर्न नदिएको भन्दै उपमेयर महतोले आफ्ना अधिकारका लागि लडिरहने उद्घोष गरेकी छन् ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

राष्ट्रपति ट्रम्पको खुलासा  इजरायल र इरानबीच युद्धविरामको घोषणा

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इजरायल र इरानबीचको युद्ध अन्त्य गर्न दुवै देशले युद्धविराममा सहमति गरेको घोषणा गर्नुभएको छ।

मगर संघ बेल्जियमको अध्यक्षमा कल्पना मगर निर्विरोध निर्वाचित

बेल्जियम । मगर संघ बेल्जियमको छैठौं अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले कञ्चनपुर, नेपाल घर भई हाल बेल्जियममा बसोबास गर्दै आएकी कल्पना मगरलाई अध्यक्ष पदमा निर्विरोध रूपमा निर्वाचित गरेको छ।

समाज

भानु जयन्तीकाे अवसरमा साहित्यकार लाठ र अधिकारीका कृति पुरस्कृत

वीरगञ्ज । नारायणी वाङ्गमय प्रतिष्ठान, वीरगञ्ज पर्साको आयोजनामा आज आदिकवि भानुभक्त आचार्यको २१२ औं जन्मजयन्तीमा एक कार्यक्रम सम्पन्न भएकाे छ ।

नेकपा एमालेको मधेश प्रदेशको चोथौ बैठक, खानेपानीको वैकल्पिक व्यवस्था गर्न  केन्द्रीय ‌प्रदेश र स्थानीय सरकारसँग माँग

वीरगंज नेकपा (एमाले) मधेस प्रदेश कमिटीको चौथो बैठकले  मधेस प्रदेशमा लामो समयदेखि आवश्यक पानी नपरेको कारण मधेश प्रदेशलाई सुख्खा क्षेत्र घोषणा गरी सिंचाई तथा खानेपानीको वैकल्पिक व्यवस्था गर्न आवश्यक बजेट परिचालन गर्न केन्द्रीय ‌प्रदेश र स्थानीय सरकारसँग माँग गरेको छ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.