logo

पर्सा प्रहरीद्वारा भारी परिमाणमा चरेश बरामद,तस्करीको संजाल तोडी छाडने एसपी मिश्रको उद्घोष

 इसीमाना सम्वाददाता     २०८२ असार १२ गते ०५: ३७ मा प्रकाशित     800   पटक पढिएको

वीरगन्ज । पर्सा प्रहरीले एक मालबाहक ट्रकबट ३१९ किलो लागु औषध  चरेश बरामद गरेको छ।

वीरगञ्जको परवानीपुर चोकबाट ३१९ केजी चरेशसहित मकवानपुरको थाहानगरपालिका वडा नम्बर १२ घर भएका ३६ वर्षीय बुद्धीबहादुर स्याङ्तानलाई  पनि प्रहरीले पक्राउ गरेको छ।


जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार गएराति परवानीपुरबाट सुक्खा बन्दरगाहतर्फ गइरहेको प्रदेश २–०३–००१ ख ६३४८ नम्बरको ट्रक जाँच गर्दा ठूलो परिमाणमा चरेस फेला परेको हो।

 

पर्सा प्रहरी प्रमुख गौतम मिश्रका अनुसार प्रारम्भिक अनुसन्धानमा उक्त चरेस भारततर्फ तस्करी गर्न लागिएको शंका गरिएको छ।

उनको साथबाट  १ लाख ९२ हजार नगद पनि बरामद गरिएको प्रहरीले जनाएको छ। 


प्रहरीको प्रारम्भिक अनुसन्धानमा ट्रक चालक स्याङ्तानले उक्त चरेश धादिङबाट लोड गरेर ल्याएको र वीरगञ्जको ड्राइपोर्ट नाका हुँदै भारतमा पु¥याउने योजनामा रहेको बयान दिएका छन्।

 

पक्राउ परेका स्याङ्तानलाई प्रहरी हिरासतमा राखी पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक मिश्रले जानकारी दिए।

बिहीबार जिल्ला प्रहरी कार्यालय पर्सामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रहरी उपरीक्षक मिश्रले चरेश, गाँजा, अफिम लगायतका लागुऔषध तस्करीको सञ्जाल तोड्ने गरी पर्सा प्रहरी सक्रिय रहेको र यसैको नतिजास्वरूप यति ठूलो मात्रामा चरेश बरामद गर्न सफल भएको बताए। उनले लागुऔषध तस्करीको ’चेन ब्रेक’ गर्ने गरी अनुसन्धान भइरहेको र यसमा संलग्न अन्य व्यक्तिहरूको बारेमा पनि सुक्ष्म ढंगले छानबिन भइरहेको जानकारी दिए।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

समाज

परवानिपुर सबस्टेशनमा सर्टसर्किट, १४ फिडर ध्वस्त, तीन जना घाइते

परवानिपुर। बुधबार साँझ परवानिपुरस्थित सबस्टेशनमा अचानक सर्टसर्किट हुँदा वीरगंज, सिमरा, नरायणी, जगदम्बा, चोर्नी, भलुहीसहित यस क्षेत्रका १४ फिडर ध्वस्त भएका छन।

वीरगंज कारागारका सबै कैदीबन्दको भाग्ने प्रयासमा सुरक्षा निकायको अवरोध कैदीबन्दी सुरक्षीत

वीरगञ्ज । वीरगको कारागार प्रशासनले एक बिज्ञप्ति जारी गरि कारागारका कैदी बन्दी सबै सुरक्षीत रहेको जनाएको छ । कैदी बन्दीहरुले भाग्ने प्रयास गरेको तर भाग्यो योजना सफल नभएको जनाएको छ ।

खेलकुद

नेपोभिट अन्तराष्ट्रिय आमन्त्रण फूटवलको उपाधी एपीएफको कब्जा

वीरगंज । सीमरामा हिजो सम्पन्न अन्तराष्ट्रिय महिला फूटवलको उपाधी बिभागीय टोली एपिएफले उचालेको छ ।

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.