logo

सुरक्षा थ्रेट बढ्दो,नख्खुबाट भागेका कैदीले आफ्नै साथीको हत्या गरेको खुलासा

 इसीमाना सम्वाददाता     २०८२ असोज २४ गते ०८: ०७ मा प्रकाशित     391   पटक पढिएको

असोज २४ । जेन–जी आन्दोलनको दोस्रो दिन नख्खु कारागारबाट फरार भएका कैदी आकाश मगरले आफ्नै साथीको हत्या गरेको तथ्य बाहिर आएको छ।

 

प्रहरीका अनुसार, आकाशले मकवानपुर घर भई हाल बालाजु मनमैजु बस्ने २५ वर्षीय सुरज तामाङको हत्या गरेका हुन्। गत असोज १३ गते साँझ ठमेलस्थित बुद्धबार गल्लीमा रहेको ह्याप्पी होटेल अगाडि खुकुरी प्रहारबाट सुरज गम्भीर घाइते भएका थिए।

 

उनी उपचारका लागि वीर अस्पतालमा भर्ना गरिएका थिए तर असोज १४ गते निधन भयो। अनुसन्धानपछि प्रहरीले हत्यामा सुरजकै पुरानो साथी आकाश मगरको संलग्नता देखिएको बताएको छ।

 

प्रहरीका एक अधिकारीका अनुसार, आकाश र सुरजबीच पुरानो चिनजान थियो। नख्खु कारागारबाट भागेपछि व्यक्तिगत विवादका कारण आकाशले सुरजमाथि खुकुरी प्रहार गरेको देखिन्छ।

 


आकाश मगर लागुऔषध मुद्दामा दोषी ठहर भई २०८० असोज २७ गतेदेखि नख्खु कारागारमा थुनामा रहेका थिए।
तर, जेन–जी आन्दोलनको दोस्रो दिन, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने कारागारबाट बाहिर निस्किएसँगै कैदी–बन्दीहरूको समूहले पनि नख्खु कारागारको ढोका तोड्दै भागेका थिए।


त्यही भिडमा आकाश समेत बाहिर निस्किएको पुष्टि भएको छ।

 

हालसम्म ५ हजारभन्दा बढी कैदी र बन्दीहरू कारागार फर्किएका छैनन्। केही भागेका कैदीहरू भारतमा पक्राउ परेका छन् भने कतिपय अझै फरार छन्।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

ठोरीमा नागरिक सुनुवाइ अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न

ठोरी । पर्साको ठोरी गाउँपालिकामा नागरिक र प्रहरीबीचको सम्बन्ध सुदृढ बनाउने तथा शान्ति सुरक्षासम्बन्धी विषयमा छलफल गर्ने उद्देश्यले नागरिक सुनुवाइ, अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ।

पञ्चगावामा दुई महिलासहित २५ जना स्थानीय युवाले रक्तदान गरे

पचगावा । पर्साको सखुवा प्रसौनी गाउँपालिका–२ पञ्चगावामा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गरेका छन्।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.