logo

रौतहटको माधव नारायण नगरपालिका, विद्यालय भवन ठेक्कामा अनियमितता, प्रमुख कायस्थ सहित तीन जनाविरुद्ध अख्तियारको मुद्दा

 इसीमाना सम्वाददाता     २०८२ असोज २६ गते ०३: ५० मा प्रकाशित     394   पटक पढिएको

वीरगन्ज ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटको माधव नारायण नगरपालिकामा विद्यालय भवन निर्माणका क्रममा गम्भीर अनियमितता भएको ठहर गर्दै तीनजना पदाधिकारी र ठेकेदारविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

 

आयोगका अनुसार, माधव नारायण नगरपालिका–३ सखुअर्वामा निर्माणाधीन देवी माध्यमिक विद्यालय भवनको ठेक्कासम्बन्धी प्रक्रियामा गैरकानूनी कार्य र मिलेमतोपूर्ण चलखेल भएको पुष्टि भएको हो।

 

मुद्दामा तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रलब कायस्थ, लेखापाल रामबलम प्रसाद यादव, र रौतहट एडभटाइजिङ एजेन्सी प्रालिका सञ्चालक अजितकुमार कर्ण प्रतिवादी बनाइएको छ।

 

अख्तियारका सहसचिव राजेन्द्रप्रसाद पौडेलका अनुसार, आर्थिक वर्ष २०७७/७८ मा विद्यालय भवनको ठेक्का सम्बन्धी बोलपत्र आह्वान र स्वीकृतिको सूचना राष्ट्रिय स्तरको दैनिक पत्रिकामा अनिवार्य रूपमा प्रकाशित गर्नुपर्ने कानुनी व्यवस्था छ।

 

 तर, तीनै प्रतिवादीले आपसी मिलेमतोमा सीमित प्रति मात्र प्रकाशित ‘सिटी पोष्ट राष्ट्रिय दैनिक’ मा सूचना प्रकाशित भएको झुट्टा प्रमाण पेश गरी ठेक्का प्रक्रिया अघि बढाएको पाइएको छ।

 

प्रेस काउन्सिल नेपालबाट  सो पत्रिकामा उक्त सूचना वास्तविक रूपमा प्रकाशित नभएको प्रमाणित भएपछि अख्तियारले यो कार्यलाई भ्रष्टाचारको श्रेणीमा राखेर अनुसन्धान अघि बढाएको हो।

 

अनुसन्धानका क्रममा प्रतिवादीहरूले झुट्टा विवरणका आधारमा रौतहट एडभटाइजिङ एजेन्सीलाई  २ लाख ५७ हजार ९ सय ७० को झुट्टा बिल र भरपाइमार्फत भुक्तानी गरेको प्रमाण फेला परेको अख्तियारले जनाएको छ।

 

आयोगले प्रतिवादीहरूको यो मिलेमतोपूर्ण कार्यले नगरपालिकालाई आर्थिक हानि पुर्‍याएको र व्यक्तिगत लाभ लिन खोजेको ठहर गर्दै, भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम सजाय मागदाबी गरिएको आरोपपत्र दायर गरेको हो।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

बिन्दवासिनी गाउँपालिकाको आवास योजनामा विवाद, दलित महिलाको प्रदर्शनसँगै पारदर्शितामाथि प्रश्न

वीरगन्ज । पर्साको बिन्दवासिनी गाउँपालिकाले दलित तथा विपन्न समुदायलाई लक्षित गरी सञ्चालन गरेको आवास निर्माण योजना विवादमा परेको छ।

पत्रकार सिटौलाको निधन, आजै अन्त्यष्टी गरिने

काठमाडौं । पत्रकार दिनेश सिटौलाको आइतबार उपचारकै क्रममा निधन भएको भएको छ । उनी एन्यूरिज्म रप्चर (ब्रेन ह्यामरेजको एक रुप) बाट पीडित थिए ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.