logo

वीरगंजमा सुनकाण्डः व्यवसायी अभिषेक सर्राफको घरमा संयुक्त टोलीको छापा, करोडौँको स्रोत नखुलेको सुन बरामद

 इसीमाना सम्वाददाता     २०८२ असोज २७ गते ०२: ५८ मा प्रकाशित     792   पटक पढिएको

वीरगंज ।  वीरगंजस्थित एक सुन व्यवसायी अभिषेक सर्राफको घरमा  छापामारी गरी बहुल्य सुन चाँदी नियन्त्रणमा लिएको छ ।

 

 राजस्व अनुसन्धान कार्यालय पथलैया, सशस्त्र प्रहरी बल नेपाल र वीरगंज भन्सार कार्यालयको संयुक्त टोलीले संयुक्त रुपमा छापामारी गरेको हो । टोलीले  स्रोत नखुलेको सुन बरामद गरेको छ।

 

 सोमबार बिहानदेखि सुरु भएको छापामारी दिउँसो अबेरसम्म जारी रहेको र बरामद गरिएको सुनको मूल्य करोडौँ रुपैयाँमा पुग्ने अनुमान गरिएको छ।

 

माईस्थानस्थित सुन व्यवसायी अभिषेक सर्राफको निवासमा गोप्य सूचनाका आधारमा छापा मारिएको थियो। टोलीले घरका विभिन्न कोठा, तिजोरी र सुरक्षित स्थानहरूमा लुकाइएका सुन–चाँदीका गहना, बन्धकी राखिएका गरगहना तथा अन्य बहुमूल्य वस्तुहरू बरामद गरेको बताइएको छ।

 

छापामारीका क्रममा बरामद सुनको स्रोतबारे स्पष्ट विवरण पेस गर्न सर्राफ पक्ष असफल भएको र कुनै आधिकारिक कागजात देखाउन नसकिएको प्रारम्भिक अनुसन्धानमा खुलेको बताइन्छ। बरामद गरिएका सम्पूर्ण वस्तुहरू राजस्व अनुसन्धान कार्यालय पथलैयाको नियन्त्रणमा लिइएका छन र  त्यसमा थप अनुसन्धान सुरु भएको छ।

 

सर्राफ सुनचाँदी ब्यवसायी संघ पर्साका अध्यक्ष भूलन सर्राफ र बिवादीत सुन हुण्डी तथा लागु औषधका ब्यपारी कन्हैया सर्राफका आफ्नै भान्जा हुन । भन्जा मार्फत उनीहरुले सुनको तस्करीको कारोवारको संशय पैदा भएको भन्दै अनुसन्धानको सूई तेता पनि सोझ्याउनु पर्ने माँग उठेको छ । 


प्रारम्भिक अनुमानअनुसार बरामद सुन र गहनाको मूल्य करोडौँ रुपैयाँभन्दा बढी हुनसक्ने छ।


छापा टोलीमा सशस्त्र प्रहरी बल नेपाल, वीरगंज भन्सार कार्यालय र राजस्व अनुसन्धान कार्यालय पथलैयाका अधिकारीहरू संलग्न थिए। यता ब्यवसायीले भने छापामारीको बिरोध गरेका छन ।

 

नेपाल सुन चाँदी ब्यवसायी महासंघका पर्सा तथा मधेश प्रदेशका पूर्व महासचिव परेवश सर्राफले छापामारीका कारण ब्यवसायीहरुमा त्रास पैदा भएको बताएका छन । उनले ब्यवसायीक वतावरण बनाउन माँग गर्दै छापामारीको निन्दा समेत गरेका छन । 

 

घटनापछि वीरगंजका सुन व्यवसायीहरूबीच त्रास र हलचल फैलिएको छ। स्थानीय स्रोतहरूले यस घटनाले सहरमा सञ्चालित सुन कारोबारको पारदर्शिता र नियमनमाथि गम्भीर प्रश्न उठाएको बताएका छन।

 

राजस्व अनुसन्धान कार्यालयका अधिकारीहरूले प्रारम्भिक प्रमाण संकलन भइसकेको र बरामद सामग्रीको मूल्यांकनपछि आर्थिक अपराध अनुसन्धान ऐन अन्तर्गत कानूनी प्रक्रिया अघि बढाइने जानकारी दिएका छन।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

थारू संस्कृति प्रवर्द्धनका लागि चौधरीको संयोजकत्वमा वीरगञ्जमा माघी मूल समारोह समिति गठन

पर्सा जिल्लाको वीरगञ्जमा थारू समुदायको महान् पर्व माघी (खिचडी) २०८२ लाई सभ्य, सुसंस्कृत र भव्य रूपमा मनाउने उद्देश्यले नयाँ मूल समारोह समिति गठन गरिएको छ।

सामुदायिक रेडियो नारायणी एफएमको वार्षिकोत्सवका अवसरमा समाचार वाचन प्रतियोगिता, तिमिल्सीना भए प्रथम

वीरगन्ज । सामुदायिक रेडियो नारायणी एफएमले आफ्नो २०औं वार्षिकोत्सवका अवसरमा आयोजना गरेको समाचार वाचन प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.