logo

वीरगंजमा सुनकाण्डः व्यवसायी अभिषेक सर्राफको घरमा संयुक्त टोलीको छापा, करोडौँको स्रोत नखुलेको सुन बरामद

 इसीमाना सम्वाददाता     २०८२ असोज २७ गते ०२: ५८ मा प्रकाशित     1061   पटक पढिएको

वीरगंज ।  वीरगंजस्थित एक सुन व्यवसायी अभिषेक सर्राफको घरमा  छापामारी गरी बहुल्य सुन चाँदी नियन्त्रणमा लिएको छ ।

 

 राजस्व अनुसन्धान कार्यालय पथलैया, सशस्त्र प्रहरी बल नेपाल र वीरगंज भन्सार कार्यालयको संयुक्त टोलीले संयुक्त रुपमा छापामारी गरेको हो । टोलीले  स्रोत नखुलेको सुन बरामद गरेको छ।

 

 सोमबार बिहानदेखि सुरु भएको छापामारी दिउँसो अबेरसम्म जारी रहेको र बरामद गरिएको सुनको मूल्य करोडौँ रुपैयाँमा पुग्ने अनुमान गरिएको छ।

 

माईस्थानस्थित सुन व्यवसायी अभिषेक सर्राफको निवासमा गोप्य सूचनाका आधारमा छापा मारिएको थियो। टोलीले घरका विभिन्न कोठा, तिजोरी र सुरक्षित स्थानहरूमा लुकाइएका सुन–चाँदीका गहना, बन्धकी राखिएका गरगहना तथा अन्य बहुमूल्य वस्तुहरू बरामद गरेको बताइएको छ।

 

छापामारीका क्रममा बरामद सुनको स्रोतबारे स्पष्ट विवरण पेस गर्न सर्राफ पक्ष असफल भएको र कुनै आधिकारिक कागजात देखाउन नसकिएको प्रारम्भिक अनुसन्धानमा खुलेको बताइन्छ। बरामद गरिएका सम्पूर्ण वस्तुहरू राजस्व अनुसन्धान कार्यालय पथलैयाको नियन्त्रणमा लिइएका छन र  त्यसमा थप अनुसन्धान सुरु भएको छ।

 

सर्राफ सुनचाँदी ब्यवसायी संघ पर्साका अध्यक्ष भूलन सर्राफ र बिवादीत सुन हुण्डी तथा लागु औषधका ब्यपारी कन्हैया सर्राफका आफ्नै भान्जा हुन । भन्जा मार्फत उनीहरुले सुनको तस्करीको कारोवारको संशय पैदा भएको भन्दै अनुसन्धानको सूई तेता पनि सोझ्याउनु पर्ने माँग उठेको छ । 


प्रारम्भिक अनुमानअनुसार बरामद सुन र गहनाको मूल्य करोडौँ रुपैयाँभन्दा बढी हुनसक्ने छ।


छापा टोलीमा सशस्त्र प्रहरी बल नेपाल, वीरगंज भन्सार कार्यालय र राजस्व अनुसन्धान कार्यालय पथलैयाका अधिकारीहरू संलग्न थिए। यता ब्यवसायीले भने छापामारीको बिरोध गरेका छन ।

 

नेपाल सुन चाँदी ब्यवसायी महासंघका पर्सा तथा मधेश प्रदेशका पूर्व महासचिव परेवश सर्राफले छापामारीका कारण ब्यवसायीहरुमा त्रास पैदा भएको बताएका छन । उनले ब्यवसायीक वतावरण बनाउन माँग गर्दै छापामारीको निन्दा समेत गरेका छन । 

 

घटनापछि वीरगंजका सुन व्यवसायीहरूबीच त्रास र हलचल फैलिएको छ। स्थानीय स्रोतहरूले यस घटनाले सहरमा सञ्चालित सुन कारोबारको पारदर्शिता र नियमनमाथि गम्भीर प्रश्न उठाएको बताएका छन।

 

राजस्व अनुसन्धान कार्यालयका अधिकारीहरूले प्रारम्भिक प्रमाण संकलन भइसकेको र बरामद सामग्रीको मूल्यांकनपछि आर्थिक अपराध अनुसन्धान ऐन अन्तर्गत कानूनी प्रक्रिया अघि बढाइने जानकारी दिएका छन।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

महोत्तरीमा मोटरसाइकल दुर्घटनामा परि एसइ परिक्षा दिएर फर्किएका बिद्यार्थीको मृत्यु

बर्दिवास । महोत्तरीको जलेश्वर बर्दिबास सडकखण्डको बथनाहा मा मोटरसाइकल दुर्घटनामा परि तीन जना बिद्यार्थीको मृत्यु भएको छ ।

रुङ्गटा वेलफेयर सोसाइटीको सहयोगमा छपकैया स्थित  केन्द्रमा वाटर फिल्टर कूलर जडान

वीरगंज । वीरगञ्ज महानगरपालिका–छपकैया–२ स्थित सामुदायिक प्रहरी सेवा केन्द्रमा वाटर फिल्टर कूलर जडान  गरिएको छ ।

खेलकुद

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.