logo

जनकपुर छापामारी प्रकरणः दोषीलाई कारवाही गर्न प्रहरीलाई मुख्यमन्त्री सोनलको निर्देशन

 इसीमाना सम्बाददाता     २०८२ कार्तिक १ गते ०४: ५९ मा प्रकाशित     383   पटक पढिएको

वीरगन्ज । मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले जनकपुर घटनाका सन्र्दभमा प्रदेश प्रहरी प्रमुखलाई  तुरुन्त छानबिन गर्न र दोषी प्रहरीमाथि कारबाही गर्न निर्देशन दिएका छन्।


जनकपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुरेन्द्र भण्डारीमाथि प्रहरीले गरेको कुटपिट घटनाप्रति उनले चासो राख्दै यस्तो निर्देशन दिएका हुन  । 

 

मुख्यमन्त्री सोनल शनिबार बिहान अस्पतालमा उपचाररत अध्यक्ष भण्डारीलाई भेट्न पुगेका थिए। भेटका क्रममा उनले प्रदेश प्रहरी प्रमुखलाई सिधै फोन गरी घटनाको तुरुन्त छानबिन गर्न र दोषी प्रहरीमाथि कारबाही गर्न निर्देशन दिएका छन्।

 

उक्त घटना शुक्रबार राति जनकपुरधामको सोनारपट्टी क्षेत्रमा भएको थियो। जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरी टोलीले स्थानीय सुनचाँदी पसलमा छापा मार्ने क्रममा विवाद उत्पन्न भएपछि प्रहरी र व्यवसायीबीच झडप भएको थियो।

 

दीपावलीको पूर्वसन्ध्यामा राति गरिएको उक्त छापाप्रति स्थानीय व्यवसायीहरू असन्तुष्ट बनेका थिए। उनीहरूले प्रहरीद्वारा अनावश्यक रूपमा तनाव सिर्जना गरिएको भन्दै विरोध जनाएका थिए।

 

 

त्यसक्रममा भएको झडपमा उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुरेन्द्र भण्डारी प्रहरीको कुटपिटबाट घाइते भएका थिए। हाल उनको जनकपुरस्थित अस्पतालमा उपचार भइरहेको छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

मोहम्मद जयन्तीमा मुस्लिम समुदायका लागि सार्वजनिक बिदा

वीरगन्ज। सरकारले मोहम्मद जयन्तीको अवसरमा बुधबार नेपाली मुस्लिम धर्मावलम्बीका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

मधेश सरकारको काम,प्रदेशको शान्ति सुरक्षाकालागि प्रहरीलाई १२ गाडी हस्तान्तरण

जनकपुरधाम । मधेश प्रदेश सरकारले नेपाल प्रहरीलाई १२ वटा गाडी प्रदान गरेको छ । प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयले १२ वटा पिकअप जिप खरिद गरेर नेपाल प्रहरीलाई हस्तान्तरण गरिएको हो ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.