logo

जनकपुर छापामारी प्रकरणः दोषीलाई कारवाही गर्न प्रहरीलाई मुख्यमन्त्री सोनलको निर्देशन

 इसीमाना सम्बाददाता     २०८२ कार्तिक १ गते ०४: ५९ मा प्रकाशित     238   पटक पढिएको

वीरगन्ज । मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले जनकपुर घटनाका सन्र्दभमा प्रदेश प्रहरी प्रमुखलाई  तुरुन्त छानबिन गर्न र दोषी प्रहरीमाथि कारबाही गर्न निर्देशन दिएका छन्।


जनकपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुरेन्द्र भण्डारीमाथि प्रहरीले गरेको कुटपिट घटनाप्रति उनले चासो राख्दै यस्तो निर्देशन दिएका हुन  । 

 

मुख्यमन्त्री सोनल शनिबार बिहान अस्पतालमा उपचाररत अध्यक्ष भण्डारीलाई भेट्न पुगेका थिए। भेटका क्रममा उनले प्रदेश प्रहरी प्रमुखलाई सिधै फोन गरी घटनाको तुरुन्त छानबिन गर्न र दोषी प्रहरीमाथि कारबाही गर्न निर्देशन दिएका छन्।

 

उक्त घटना शुक्रबार राति जनकपुरधामको सोनारपट्टी क्षेत्रमा भएको थियो। जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरी टोलीले स्थानीय सुनचाँदी पसलमा छापा मार्ने क्रममा विवाद उत्पन्न भएपछि प्रहरी र व्यवसायीबीच झडप भएको थियो।

 

दीपावलीको पूर्वसन्ध्यामा राति गरिएको उक्त छापाप्रति स्थानीय व्यवसायीहरू असन्तुष्ट बनेका थिए। उनीहरूले प्रहरीद्वारा अनावश्यक रूपमा तनाव सिर्जना गरिएको भन्दै विरोध जनाएका थिए।

 

 

त्यसक्रममा भएको झडपमा उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुरेन्द्र भण्डारी प्रहरीको कुटपिटबाट घाइते भएका थिए। हाल उनको जनकपुरस्थित अस्पतालमा उपचार भइरहेको छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

थारू संस्कृति प्रवर्द्धनका लागि चौधरीको संयोजकत्वमा वीरगञ्जमा माघी मूल समारोह समिति गठन

पर्सा जिल्लाको वीरगञ्जमा थारू समुदायको महान् पर्व माघी (खिचडी) २०८२ लाई सभ्य, सुसंस्कृत र भव्य रूपमा मनाउने उद्देश्यले नयाँ मूल समारोह समिति गठन गरिएको छ।

सामुदायिक रेडियो नारायणी एफएमको वार्षिकोत्सवका अवसरमा समाचार वाचन प्रतियोगिता, तिमिल्सीना भए प्रथम

वीरगन्ज । सामुदायिक रेडियो नारायणी एफएमले आफ्नो २०औं वार्षिकोत्सवका अवसरमा आयोजना गरेको समाचार वाचन प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.