logo

छठअघि वीरगन्जमा प्रदूषणविरुद्ध आक्रोश , उद्योगका अधिकारी तिवारीलाई कालो मोसो

 इसीमाना सम्वाददाता     २०८२ कार्तिक ७ गते ०२: १६ मा प्रकाशित     299   पटक पढिएको

वीरगन्ज । छठ पर्व नजिकिँदै गर्दा प्रदूषण नियन्त्रणको माग गर्दै वीरगन्ज महानगरपालिका–३२, चोर्नी पर्सास्थित नेपाल पेट्रो ल्युब इन्डस्ट्रिज प्रा.लि. का अधिकारीहरूमाथि स्थानीयले कालो मोसो दलेका छन्। 

 

आक्रोशित स्थानीयवासीको समूहले शुक्रबार कम्पनी परिसरमै प्रवेश गरी कम्पनीको प्रशासन शाखाका काशीनाथ तिवारीलाई  दुर्व्यवहार गर्दै कालोमासो दलेका हुन । कालो मोसो दलिएको कारण आफ्नो आँखामा समस्या आएको उनले बताएका छन ।

 

स्थानीयका अनुसार, उक्त कम्पनीबाट उत्पादन हुने ‘म्याक्सोल ल्युब्रिकेन्ट’को रासायनिक फोहोर बिना प्रशोधन सिधै नजिकैको नदीमा बिर्सजन गर्ने गरिएको छ । यसले गर्दा नदी प्रदूषित हुँदै स्वास्थ्यमा गम्भीर असर पुगेको उनीहरूको आरोप छ।

 

विशेषतः, छठ पर्वको तयारी सुरु भइसकेको बेला नदीको पानी फोहोर हुँदा व्रतालुहरूलाई स्नान र पूजाआजामा कठिनाइ पर्ने भन्दै स्थानीयहरू आक्रोशित बनेका हुन्।

 

विगत एक सातादेखि स्थानीयले उद्योगबाट हुने प्रदूषण रोक्न वा उद्योग नै बन्द गर्न माग गर्दै आएका थिए। तर माग बेवास्ता भएपछि शुक्रबार करिब ३०–४० जनाको समूह कम्पनीभित्र प्रवेश गरी हो–हल्ला र तोडफोडको प्रयास गरेको प्रहरीले जनाएको छ।

 


घटनापछि जिल्ला प्रहरी कार्यालय पर्साको टोली घटनास्थल पुगेको थियो। प्रहरीले स्थिति नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको जनाएको छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु



सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

लमजुङमा प्रेस चौतारी अध्यक्षको घरमा आक्रमण, महासंघ र चौतारीको कडा निन्दा

वीरगन्ज । प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश पाण्डेको लमजुङको बेँसीसहरस्थित निजी निवासमा गएराति अज्ञात समूहले ढुंगा प्रहार गरी तोडफोड गरेको घटनाप्रति नेपाल पत्रकार महासंघले निन्दा व्यक्त गरेको छ।

भारतका विभिन्न स्थानबाट १६ नेपाली बालबालिकाको उद्धार

जनकपुरधाम । भारतका विभिन्न सहरमा कार्यरत १६ नेपाली बालबालिकाको उद्धार गरी उनीहरूलाई आज जनकपुरधाममा परिवारको जिम्मा लगाइएको छ।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.