logo

डोटीमा बिद्यालय निरीक्षक रावलको धम्की पछि शिक्षिकले गरिन आत्महत्या ,रावल पक्राउ

 इसीमाना सम्वाददाता     २०८२ कार्तिक १२ गते ०४: ५८ मा प्रकाशित     299   पटक पढिएको

डोटी । विद्यालय निरीक्षकले आफूसँग विवाह नगरे मारिदिने धम्की दिएपछि एक महिला शिक्षकाले आत्महत्या गरेकी छन्। 

 

 डोटी स्थायी घर भई बाजुराको बुढीगंगा नगरपालिका–५ स्थित भानोदय माध्यमिक विद्यालयमा गणित शिक्षकका रूपमा कार्यरत जानकी खड्काको सुसाइड नोटबाट उक्त घटनाको विवरण खुलेको हो।

 

प्रहरीका अनुसार, खडकाले रावलको विवाह प्रस्ताव अस्वीकार गरेपछि रावलले खडकाका भाइ प्रदीप खड्कालाई फोन गरी ‘तिम्रो दिदीले मसँग विवाह नगरे मारिदिन्छु’ भनेर धम्क्याएका थिए।

 

रावलको निरन्तरको दबाब र धम्कीपछि खड्काले गत कात्तिक १० गते घरभन्दा करिब ७ सय मिटर तल खोला किनारमा रहेको उत्तिसको बोटमा झुण्डिएर आत्महत्या गरेकी थिइन्।

 

घटनापछि मृतकका बुबा चक्रबहादुर खड्काले आत्महत्या दुरुत्साहनको आरोपमा रावलविरुद्ध जिल्ला प्रहरी कार्यालय डोटीमा जाहेरी दिएका छन्। जाहेरी दर्ता भएपछि प्रहरीले ११ कात्तिकमा नै रावललाई पक्राउ गरेको छ।

 

 डोटीको पूर्वीचौकी गाउँपालिका–१ तल्लो फुलौतकी २७ वर्षीया जानकी खड्काको आत्महत्यापछि न्यायका लागि उनका आफन्त र स्थानीयवासीले विद्यालय निरीक्षक गणेश रावलमाथि कडा कारबाहीको माग गरेका छन्।

 

‘हामीले जाहेरी परेपछि तुरुन्तै पक्राउ गरी आज अदालतमा पेस गर्दैछौं,’ जिल्ला प्रहरी कार्यालय डोटीका डीएसपी दिपेन्द्र पालले जानकारी दिए।

 

प्रहरीका अनुसार, प्रतिवादी रावल डिभोर्सी हुन्। उनका दुई सन्तान छन्, जो हाल आमासँगै बसिरहेका छन्।

 

घटनासँग सम्बन्धित सुसाइड नोट र जाहेरीका प्रतिलिपिहरू प्रहरी अनुसन्धानको भाग बनाइएका छन्।

                                                                              शिक्षीकाले लेखेको सुसाइड नोट

 

note-1-1761719523.jpg

 

note-2-1761719523.jpg

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

थारू संस्कृति प्रवर्द्धनका लागि चौधरीको संयोजकत्वमा वीरगञ्जमा माघी मूल समारोह समिति गठन

पर्सा जिल्लाको वीरगञ्जमा थारू समुदायको महान् पर्व माघी (खिचडी) २०८२ लाई सभ्य, सुसंस्कृत र भव्य रूपमा मनाउने उद्देश्यले नयाँ मूल समारोह समिति गठन गरिएको छ।

सामुदायिक रेडियो नारायणी एफएमको वार्षिकोत्सवका अवसरमा समाचार वाचन प्रतियोगिता, तिमिल्सीना भए प्रथम

वीरगन्ज । सामुदायिक रेडियो नारायणी एफएमले आफ्नो २०औं वार्षिकोत्सवका अवसरमा आयोजना गरेको समाचार वाचन प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.