सर्लाही। सर्लाहीको ब्रहम्पुरी गाउँपालिका–४, त्रिभुवननगर नजिकबाट स्रोत नखुलेको ठूलो परिमाणको नेपाली नगदसहित एक भारतीय नागरिक पक्राउ परेका छन्।
आइतबार दिउँसो गस्तीमा रहेको प्रहरी टोलीले भारतबाट नेपाल प्रवेश गर्दै गरेको भारतीय नम्बर प्लेट बीआर–३०–वाइ–३२८७ मोटरसाइकल जाँच गर्ने क्रममा रकम फेला पारेको हो।
प्रहरीका अनुसार मोटरसाइकल चालक भारत, बिहार राज्यको सितामढी जिल्लास्थित सोनवर्सा–२ का २९ वर्षीय धर्मेन्द्र महतोको साथबाट १२ लाख २९ हजार रुपैयाँ बरामद गरिएको छ।
रकमको स्रोत खुलाउन नसकेपछि महतोसहित मोटरसाइकल र नगद नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
पक्राउ परेका महतोलाई थप अनुसन्धानका लागि सर्लाही जिल्ला प्रहरी कार्यालय पठाइएको छ।
तपाईको प्रतिक्रिया