logo

हरैयामा स्थानीयको सक्रियता, अवैध काठसहित ट्याक्टर नियन्त्रणमा

 इसीमाना सम्वाददाता     २०८२ फागुन १५ गते ०२: २४ मा प्रकाशित     245   पटक पढिएको

                                                                                     फाइल तस्विर

सेढवा । पर्साको जिराभवानी गाउँपालिका–५ हरैयामा स्थानीयवासीको सक्रियतामा राष्ट्रिय वनबाट अवैध रूपमा कटानी गरी ओसारपसार हुँदै गरेको काठसहित एक ट्याक्टर नियन्त्रणमा लिइएको छ।

 

बिहीबार साँझ करिब ७ बजे स्थानीयले काठ बोकेको ट्याक्टर रोकेर प्रहरी चौकी हरैयामा बुझाएका हुन्।

 

स्थानीयका अनुसार प्र २–०३–००१ त ३८०० नम्बरको ट्याक्टरमा सतिसाल र सिसौ प्रजातिका काठ लोड गरिएको थियो। उक्त काठ वडा नं. ३ सहजानपुर क्षेत्रबाट तस्करी गर्दै ल्याइँदै गरेको आशंकामा नियन्त्रणमा लिइएको जनाइएको छ।

 

प्रहरीले बरामद काठ र ट्याक्टर आवश्यक अनुसन्धान तथा कारबाहीका लागि इलाका प्रहरी कार्यालय पटेर्वासुगौली पठाएको जनाएको छ।

 

घटनासँगै स्थानीय बासिन्दाले गादीमाई साझेदारी वन समूहका अध्यक्ष सहरुम राउत गद्दीको संलग्नताबारे प्रश्न उठाएका छन्।

 

उनीहरूले लामो समयदेखि राष्ट्रिय वन क्षेत्रबाट अवैध कटानी भइरहेको दाबी गर्दै त्यसमा मिलेमतो भएको आरोप लगाएका छन्। 

 

पक्राउ परेको काठ र सवारी छुटाउन अध्यक्ष स्वयं प्रहरी चौकी पुगेको स्थानीयको भनाइ छ।

 

स्थानीयका अनुसार सर्वसाधारणलाई सामान्य दाउरा संकलन गर्नसमेत कडाइ गरिने अवस्था रहे पनि संगठित रूपमा काठ तस्करी भइरहेकोप्रति उनीहरूले आपत्ति जनाएका छन्।

 

यस विषयमा डिभिजन वन कार्यालय पर्साका प्रमुख डिभिजनल वन अधिकृत मन्जुर अहमदले बरामद सामग्री वन कार्यालयमा बुझिएपछि प्रचलित कानुनअनुसार आवश्यक प्रक्रिया अघि बढाइने जानकारी दिएका छन्।

 

घटनाले वन संरक्षण र निगरानी प्रणालीप्रति गम्भीर प्रश्न उठाएको छ भने स्थानीयले अवैध कटानी नियन्त्रणका लागि कडा अनुगमनको माग गरेका छन्।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

ठोरीमा नागरिक सुनुवाइ अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न

ठोरी । पर्साको ठोरी गाउँपालिकामा नागरिक र प्रहरीबीचको सम्बन्ध सुदृढ बनाउने तथा शान्ति सुरक्षासम्बन्धी विषयमा छलफल गर्ने उद्देश्यले नागरिक सुनुवाइ, अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ।

पञ्चगावामा दुई महिलासहित २५ जना स्थानीय युवाले रक्तदान गरे

पचगावा । पर्साको सखुवा प्रसौनी गाउँपालिका–२ पञ्चगावामा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गरेका छन्।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.