logo

५७ किलो लागुऔषध गाँजासहित लालबन्दीका लामा पक्राउ

 इसीमाना सम्वाददाता     २०८३ जेठ १८ गते ०६: ०२ मा प्रकाशित     190   पटक पढिएको

सर्लाही । सर्लाही प्रहरीले ५७ किलो लागुऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ।

 

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार ईलाका प्रहरी कार्यालय केशरगञ्जबाट खटिएको प्रहरी टोलीले चेकजाँचका क्रममा उक्त परिमाणको गाँजासहित लालबन्दी नगरपालिका–११ हिरापुर टोल बस्ने २७ वर्षीय थम्बड लामालाई पक्राउ गरेको हो ।

 

 मोटरसाइकलको पछाडि सवार अर्का एक व्यक्ति भने फरार भएका छन्।


गत जेठ १६ गते इप्रका केशरगञ्जबाट खटिएको प्रहरी टोलीले सर्लाहीको ईश्वरपुर नगरपालिका–८ रामपुरस्थित जब्दी पुल नजिक चेकजाँचको क्रममा उनलाई त्रफाउ गरेको हो ।  

 

लालबन्दीबाट बयलबासतिर आउँदै गरेको बागमती प्रदेश ०२–०६२ प ७०७३ नम्बरको २२० सीसीको पल्सर मोटरसाइकलमा सवार दुई जना व्यक्तिहरूले मोटरसाइकलमा गाँजाको बोरा राखि तीव्र गतिमा आइरहेका थिए।

 


प्रहरीले मोटरसाइकलको पछाडिको सिटमा रहेको दुईवटा बोराहरू खानतलासी गर्दा रातो प्लाष्टिकले बेरी प्लाष्टिकको डोरीले बाँधिएको अवस्थामा ५ ÷५ गरी जम्मा १० पोका गाँजा बरामद गरेको हो। उक्त गाँजाको तौल  ५७ केजी रहेको छ।

 

पक्राउ परेका थम्बड लामा र बरामद गरिएको मोटरसाइकललाई नियन्त्रणमा लिई सर्लाही जिल्ला अदालतबाट लागुऔषध मुद्दामा ५ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.