logo

तत्कालीन गाबीस सचिव र कार्यालय सहायक भ्रष्ट ठहर ,तीन महिना कैद

 इसीमाना सम्बाददाता     २०८३ जेठ २२ गते ०९: ४१ मा प्रकाशित     425   पटक पढिएको

काठमाडौँ । विशेष अदालतले गलत लिखत तयार गरी भ्रष्टाचार गरेको एक सरकारी कर्मचारी र तत्कालीन गाविस सचिवलाई दोषी ठहर गर्दै कैद र जरिवानाको फैसला सुनाएको छ ।

 

 विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यहरू हेमन्त रावल र बिदुर कोइरालाको इजलासले गलत लिखत मुद्दामा सर्लाहीको साविक हरिपूर्वा नगरपालिका(साविक हरिपूर्वा गाविस)का तत्कालीन सचिव राम प्रकाश सिंह दनुवार र कार्यालय सहायक अरुण कुमार यादवलाई कैद तथा जरिवाना हुने फैसला सुनाएको हो ।

 

अदालतले सर्लाहीको साविक हरिपूर्वा नगरपालिका(साविक हरिपूर्वा गाविस)का तत्कालीन सचिव राम प्रकाश सिंह दनुवार र कार्यालय सहायक अरुण कुमार यादवलाई जनही ३ महिना कैद र १० हजार रुपैयाँ जरिवाना हुने ठहर गरेको छ ।

 

साथै, दुवै प्रतिवादीलाई ‘अपराध पीडित संरक्षण ऐन, २०७५’ बमोजिम पीडित राहत कोषमा जनही ४०० रुपैयाँ जम्मा गर्न समेत आदेश दिइएको छ।

 

अरुण कुमार यादव हरिपुर्वा नगरपालिका (साविक हरिपुर्वा गाविस) मा २०७३ माघ १ गतेदेखि कार्यालय सहायक चौथो (खरिदार) पदमा करार सेवामा नियुक्त भएका थिए । उनको करार म्याद थप हुँदै २०७८ साल कात्तिकसम्म कायम रहेको देखिएको छ ।

 

तर, तत्कालीन सचिव राम प्रकाश सिंह दनुवारले यादवलाई करारमा नियुक्त हुनुभन्दा अगाडिको मिति (२०७१ भदौ ३१ गते) उल्लेख गरी स्थायी नियुक्तिको गलत लिखत तयार गरिदिएको अदालतको ठहर छ ।

 

नगरपालिकाको रेकर्ड अनुसार यादवको कर्मचारी सञ्चय कोषको रकम कट्टी २०७८ मङ्सिर १३ गतेदेखि मात्र हुन थालेको देखिएकाले नियुक्ति पत्र झुटो र बदनियतपूर्ण भएको पुष्टि भएको हो ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

ठोरीमा नागरिक सुनुवाइ अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न

ठोरी । पर्साको ठोरी गाउँपालिकामा नागरिक र प्रहरीबीचको सम्बन्ध सुदृढ बनाउने तथा शान्ति सुरक्षासम्बन्धी विषयमा छलफल गर्ने उद्देश्यले नागरिक सुनुवाइ, अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ।

पञ्चगावामा दुई महिलासहित २५ जना स्थानीय युवाले रक्तदान गरे

पचगावा । पर्साको सखुवा प्रसौनी गाउँपालिका–२ पञ्चगावामा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गरेका छन्।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.