logo

रिगलले छोरालाई मार्ने धम्कि दिएको छ, सरकारको ध्यानाकर्षण होसः पीडितकी आमा

 इसीमाना सम्वाददाता     २०८३ भदौ १० गते ०२: ५८ मा प्रकाशित     59   पटक पढिएको

काठमाडौं । बाँके कारगारभित्रै योगराज ढकाल‘रिगल’बाट आफ्नो छोरा असुरक्षित भएको पीडित सुरज कशौधन बनियाँकी आमा राजकुमारी बनियाँले आरोप लगाएकी छन् ।

 

 बुधबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी कारागारभित्र रिगलले साम्राज्य खडा गरेर सबै कैदि–बन्दीहरुलाई दुःख दिनेगरेकोसमेत परिवारले जानकारी दिएको छ ।

 

आमा राजकुमारीले १२ वर्षदेखि जेल जीवन बिताईरहेका आफ्नो छोरा सुरजलाई रिगलले १ वर्षदेखि लगातार यातना दिदै आएको र पछिल्लो समयमा मार्ने धम्किसमेत दिएको गुनासो गरेकी छन् ।

 

“कारगारभित्रै बन्दीहरु असुरक्षित छन्, मेरो छोराले रिगलको भनेको मानेन भनेर यातना दिन मिल्छ, एकजना कैदीले अर्को कैदीलाई अन्याय गर्दा प्रहरी प्रशासन चुप लाग्न मिल्छ” राजकुमारीले प्रश्न गरिन् ।

 

पीडित सुरजकी बहिनी दुर्गा बनियाँले रिगलबाट आफ्नो दाजु पटकपटक कुटपिट हुँदै आएको र जेलरहरुले पनि रिगलकै साथ दिएको भन्दै गृहमन्त्रालयको ध्यानाकर्षण गराएकीछन् ।

 

दुर्गाले आफ्नो दाई जस्तै अन्य कैदीहरुको सुरक्षाका लागि रिगललाई तत्काल अन्यत्र सरुवा गर्न माग गरिन् । “यदि राज्यले फाँसी दिने कानुन निर्माण गर्छ भने सुरुवात मेरो दाइबाट गरोस्, हैन भने पटकपटक रिगलहरुबाट मर्न नपरोस्” दुर्गाले भनिन् ।

 

स्थानीय आशिष मल्ल ठकुरीले वर्षौंदेखि नेपालका कारागार अमानवीयरुपमा चलीरहेको जनाउँदै त्यसलाई व्यापक सुधार गर्नुपर्ने धारणा राखे ।

 

 ठकुरीले रास्वपा बाँके ३ नम्बर क्षेत्रबाट निर्वाचित संघीय सांसद खगेन्द्र सुरनारले रिगललाई संरक्षण गरेको र उनैले जेलभित्र साम्राज्य चलाउन उक्साएको कारगारभित्रैबाट कैदीबन्दीहरुले गुनासो सुनाउने गरेको बताए ।

 

 “सुनार पटकपटक कारागार आउने र रिगल ढाकाललाई भेटी ‘केही परे म छुँ’ भन्दै कैदीलाई दमन गर्न उक्साएको प्रष्ट हुन्छ” ठकुरीले भने ।

 
वर्तमान सरकारले हालै कारागार सुधार गर्ने घोषणा गरे पनि त्यसको कार्यान्वयन नभएको तथा जेलभित्रै अपराधिक घटनाहरु बढ्न थालेको उनको जिकिर छ ।

 

कारगारको अस्तव्यस्त व्यवस्थापनका कारण रिगल जस्ता कैदीहरुले अन्य जेल जीवन विताईरहेका व्यक्तिहरुमाथि छुट्टै शासन चलाउने गरेको दाबी गरे ।

 

 रिगल जस्तै पहुँचवाला कैदीहरुले प्रहरी प्रशासनलाई समेत आफ्नो अनुकुल बनाएर दादागिरी चलाउँदै आएको प्रति सरकारको ध्यानकर्षण होस्” ठकुरीले भने ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

मोहम्मद जयन्तीमा मुस्लिम समुदायका लागि सार्वजनिक बिदा

वीरगन्ज। सरकारले मोहम्मद जयन्तीको अवसरमा बुधबार नेपाली मुस्लिम धर्मावलम्बीका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

मधेश सरकारको काम,प्रदेशको शान्ति सुरक्षाकालागि प्रहरीलाई १२ गाडी हस्तान्तरण

जनकपुरधाम । मधेश प्रदेश सरकारले नेपाल प्रहरीलाई १२ वटा गाडी प्रदान गरेको छ । प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयले १२ वटा पिकअप जिप खरिद गरेर नेपाल प्रहरीलाई हस्तान्तरण गरिएको हो ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.