logo

बबिना र आरजु गिरीको आत्मचिन्तनमा आधारित गजल“को हौ तिमी सार्वजनिक

 इसीमाना सम्वाददाता     २०८२ भदौ २० गते ०२: १४ मा प्रकाशित     720   पटक पढिएको

काठमाडौ ।  पछिल्लो समय गीत संगीतको क्षेत्रमा गजल लोकप्रिय बन्दै गएको छ । परम्परागत साहित्यिक शैलीलाई समेट्दै समसामयिक विषयवस्तु प्रस्तुत गर्ने माध्यमको रूपमा गजलको प्रभाव विस्तार भइरहेको छ ।

 

नेपाली गजलकारहरूले राजनीतिक, सामाजिक, प्रेम, पीडा, परदेशी जीवनजस्ता विषयहरूलाई गजलमार्फत प्रभावशाली ढंगले प्रस्तुत गर्दै आइरहेका छन् जसले गर्दा जनमानसको भावना उजागर गर्न गजलले सहयोग पुर्याएको छ भने गजलले नेपाली साहित्यमा भाषिक सौन्दर्य, लयात्मकता, प्रतीकात्मकता र गहन अर्थ भित्राएको छ । 

 

भर्खरै सार्वजनिक नेपाली साहित्यको गजल परम्परामा आधारित गजल ‘को हौ तिमी’ गजलका शेरहरूले आत्मचिन्तन, आत्मनिर्भरता, एकान्त र जीवनको गहन दार्शनिक पक्षलाई छोएको अनुभूति हुन्छ । 

 

को हौ तिमी के गर्दैछौ सोध आँफै संग
पाइदैन खुसी अन्त खोज आँफै संग ।।।

आत्म–चिन्तन, आत्म–परिचय र आत्म–निर्भरितामार्फत मात्र वास्तविक खुशी प्राप्त हुने गहिरो सन्देश दिएको छ । दर्शनशास्त्रले पनि यही भन्छ— मानव जीवनको सबैभन्दा ठूलो विजय भनेको बाहिरी जगतलाई जित्नु होइन, आफ्नो अन्तरिक संसारलाई चिन्नु र स्वीकार्नु हो।

 

पक्कै खास होला र त जाग्छन् जूनतारा
लुकाएर राख्नु पर्छ रात आँफै संग ।।।

 

गजलमा जून र तारालाई विशेष प्रतीकको रूपमा प्रयोग गरिएको अनुभूति हुन्छ । जुन र तारा जाग्नु भनेको कुनै असाधारण, सुन्दर वा महत्वपूर्ण कुरा देखिनु हो अर्थात्, जुन–तारा जस्तै चम्किने वस्तु वा भाव अवश्य नै खास हुन्छ, जुन र ताराको जागरण केवल दृश्यात्मक मात्र होइन जीवनको रहस्य र महत्वपूर्ण भावनाको सन्देश हो त्यसैले मात्र जून तारा अन्धकारबीचमा जाग्छन्, चम्कन्छन् र आफ्नो उपस्थितिको विशेष अनुभूति गराउँछन् ।

 

 जूनतारा जस्तै जीवनका विशेष पलहरू बाहिरी दुनियाँबाट बचाउनु पर्छ, लुकाउनु पर्छ अन्यथा तिनीहरूको मूल्य घट्छ। यो भावले गहिरो आर्थ बोलेको छ, रात ‘प्रेम एवं आत्मिकताको प्रतीक’ पनि हो, जीवनका गोप्य र विशेष पक्षहरूलाई आफैंसँग लुकाएर राख्नु पर्छ, यी भावहरु बाहिरी प्रदर्शनबाट टाढा रहनु पर्दछ भन्ने गहिरो सन्देश पनि यो शेरले दिएको अनुभूति हुन्छ । 

छुटि जान्छन् साथीसंगी खेल समयको
एक असल मित्र तिमी बन आँफै संग ।।

गजलको यो शेरले जीवनको सत्य उजागर गरेको छ । समयसँगै बाल्यकाल, साथीहरूको संगतका रमाइला क्षणहरू क्रमशः हराउँदै, मेटिदै, विलाउदै जान्छन् ।

ती क्षणहरू सुन्दर भए पनि स्थायी हुँदैनन्, स्थायी होस् भएर चाहेर मात्रै पनि ती रहदैनन्, बिलिन हुन्छन्, यो विलयले व्यक्तिलाई गहिरो चिन्तन, गहिरो शोक, गहिरो भावमा विरही पनि बनाउन सक्छ ।     


 गजलको यो शेरले मानव सम्बन्धको क्षणभंगुरता र आन्तरिक शक्तिको स्थिरतालाई काव्यात्मक रूपमा उजागर गर्दै जीवनको सार सत्य उजागर गरेको छ ।

यहाँ बुझ्ने कोहि छैनन् तिम्रो पीर व्याथा
सम्हालिदै हरेक पल बाँच आँफै संग ।।।

मानव जीवन नै पीडा र संघर्षको अखडा हो । प्रत्येक मानिसका आफ्ना दुःख, व्यथा र मनका घाउ हुन्छन् तर ती सबैलाई समाजले बुझ्छ भन्ने अपेक्षा यथार्थमा खतरनाक भ्रम मात्र हो ।

 

जीवनमा दुःख, पीडा र व्यथा अरूलाई सजिलै देखाउन त सकिन्छ तर वास्तवमै बुझ्ने मानिस पाउन गाह्रो हुन्छ अझ भनौ पाइदै पाइदैन । 


यति दार्शनिक भावको गजल लेख्ने गजलकार हुन् आरजु गिरी । उनका यी दार्शनिक शेरहरुलाई गायिका तथा संगीतकार बबिना भट्टराईले आफ्‌नो मधुर र लययुक्त स्वर एवं संगीतमा सजाएकी छिन् । उक्त गजलमा लालकाजी श्रेष्ठ एरेन्ज रहेको छ । 
  गायिका तथा संगीतकार बबिना भट्टराईले गजल ‘को हौ तिमी’ सार्वजनिक भएको खुसी साट्दै भन्छिन् ‘अर्जु गिरीका गहिरो दार्शनिक भाव बोकेको यो गजललाई यहाँहरु सबैले मन पराइदिने अपेक्षा राखेकी छु, गजल सुनेर तथा हेरेर गजलको बारेमा आफ्‌नो अमुल्य सल्लाह, सुझाव दिन पनि मेरा दर्शक तथा श्रोताहरुलाई अनुरोध गर्दछु साथै यस गजलको श्रृजनामा जोडिने सम्पूर्ण टिम प्रति आभार व्यक्त गरेकी छिन ।’

मर्ने छैन धीत अब हेरी आफ्नै गजल
लागेको छ आहा मिठो जेरी आफ्नै गजल ।।। 

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

चिया चौतारो छाडेर,श्रमदानमाबाटै हुलाकी सडक सफा गर्दै सुवर्णपुरका स्थानीय

ठोरी । ठोरी गाउँपालिका–५ सुवर्णपुरस्थित ओरिया खोला पुल नजिकको बागमोर्चा क्षेत्रका स्थानीयवासीले शनिबार बिदाको समय सदुपयोग गर्दै हुलाकी सडक सरसफाइ गरेका छन।

विपद् राहत कोषमा मदिना जामे मस्जिदद्वारा १ लाख १ हजार रुपैयाँ सहयोग

वीरगञ्ज ।वीरगञ्ज महानगरपालिका–६ स्थित मदिना जामे मस्जिदले नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख १ हजार रुपैयाँ सहयोग गरेको छ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.