हरि ओम विष्णु विष्णु — नेपालका भ्रष्ट नेतालाई सिलौटामा पिस्नु
इसीमाना सम्वाददाता
२०८२ सावन २४ गते १२: ०३ मा प्रकाशित
880 पटक पढिएको
यो कुनै वैदिक श्राद्ध मन्त्र होइन, चर्चित हास्य कलाकार दमन रुपाखेतीद्वारा प्रस्तुत गरिएको गाइजात्रे व्यंग्य 'ड्यामड्याम' को एक झल्को हो, जसले यतिबेला सामाजिक सञ्जालमा तहल्का मच्चाइरहेको छ।
जसो जसो जजमान, तसो तसो स्वाहा भन्दै श्राद्धब्रह्मणको भेषमा देखिएका रुपाखेती, संसदमा बोल्न नसक्ने नेता, निदाउने नेता र उफ्रिने नेतामाथि तिखो कटाक्ष गर्दै "सिस्नु पानीले हान्नु नम!" भन्न समेत परेका छैनन्।
रुपाखेतीका अनुसार, ‘ड्यामड्याम’केवल हाँसोको लागि होइन, राजनीतिक चेतना र दलगत स्वार्थविरुद्धको व्यंग्यात्मक घनघोर प्रहार हो। व्यंग्यत्मक प्रस्तुतिमार्फत नेपालका नेतादेखि दलगत प्रवृतिमाथि तिखो प्रहार गरिएको छ । "नेताहरूको नाम होइन, प्रवृत्तिमाथि झटारो हो यो," उनी भन्छन्।
दमन रुपाखेतीले निर्देशन गरेका उक्त गाइजात्रे भिडियोमा दमन रुपाखेतीसँगै उत्तम अर्याल 'कोदे', मिनु कुमाइ, दिलिप ढकाल, बल बहादुर घतानी, सुप्रिया हमाल, समिता रिजाल र दीपक रायमाझी लगायतको अभिनय देख्न सकिन्छ ।
निर्माता दिलिप ढकाल रहेको यस भिडियो सागर खड्काले खिचेका हुन् भने सम्पादन सुस्मा जिम्वाले गरेकी हुन् । आजै सार्वजनिक भएको भिडियोले राम्रो प्रतिक्रिया पाइरहेको छ ।
वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।
नयाँ दिल्ली । दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।
ठोरी । पर्साको ठोरी गाउँपालिकामा नागरिक र प्रहरीबीचको सम्बन्ध सुदृढ बनाउने तथा शान्ति सुरक्षासम्बन्धी विषयमा छलफल गर्ने उद्देश्यले नागरिक सुनुवाइ, अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ।
तपाईको प्रतिक्रिया