logo

जारी–२’ र ‘मन बिनाको धन’ आजदेखि प्रदर्शनमा

 इसीमाना सम्वाददाता     २०८२ कार्तिक २१ गते ०१: २४ मा प्रकाशित     821   पटक पढिएको

काठमाडौं । , शुक्रबार देखि देशभरका सिनेमा हलमा दुई नयाँ नेपाली फिल्म — ‘जारी–२’ र ‘मन बिनाको धन’ प्रदर्शनमा आएका छन्। फ्राइडे रिलिज अन्तर्गत यी दुबै फिल्म आज शुक्रवार देखि दर्शकमाझ आएका हुन्।

 

उपेन्द्र सुब्बाको निर्देशनमा बनेको ‘जारी–२’ एक सयभन्दा बढी शो संख्यासहित देशभर प्रदर्शनमा आएको छ भने टंक बुढाथोकीद्वारा निर्देशित ‘मन बिनाको धन’ लाई भने सिनेमा हलले औसतभन्दा कम शो उपलब्ध गराएका छन्।

 

व्यावसायिक रूपमा सफल फिल्म ‘जारी’ को सिक्वेलका रूपमा निर्माण गरिएको ‘जारी–२’ को बिहीबार साँझ काठमाडौंमा आयोजित रेड–कार्पेट प्रीमियर शोमा अधिकांश दर्शकले फिल्मको प्रशंसा गरेका थिए। दर्शकहरूले फिल्मले १० वर्षे सशस्त्र द्वन्द्वकालीन अवस्थाले एउटा परिवारमा पार्ने प्रभावलाई सांस्कृतिक र भावनात्मक रूपमा प्रभावशाली ढंगले चित्रण गरेको प्रतिक्रिया दिएका छन्।

 

यता, ‘मन बिनाको धन’ वास्तविक जीवनमा आधारित फिल्म हो। बालगायक अशोक दर्जीको सांगीतिक संघर्ष र सफलताको कथा समेटिएको यस फिल्मलाई शिक्षामूलक र सन्देशमूलक बनेको निर्माण पक्षको भनाइ छ।

 

‘जारी–२’ मा दयाहाङ राई, मिरुना मगर, विजय बराल, बुद्धि तामाङ, ऋचा शर्मा, पुष्कर गुरुङ, प्रेम सुब्बा, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बु र सिर्जना निङ्लेखुको अभिनय रहेको छ।

 

त्यस्तै, ‘मन बिनाको धन’ मा गायक अशोक दर्जीको मुख्य भूमिका रहेको छ भने रमा थपलिया, सरोज खनाल, नीता ढुंगाना, रमेश विश्वकर्मा, भोला सापकोटा, बुद्धि तामाङ, रवीन्द्र झा, उत्सव सापकोटा, ए.आर.बुढाथोकी 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगञ्जमा संयुक्त रक्तदान कार्यक्रम, २५ यूनिट रगत संकलन

वीरगञ्ज । रक्त अभावका कारण बिरामीको उपचारमा आउन सक्ने समस्या न्यूनीकरण गर्ने उद्देश्यले वीरगञ्जमा आयोजित संयुक्त रक्तदान कार्यक्रममा २५ यूनिट रगत संकलन भएको छ।

मलखाद नपाएपछि बहुदरमाईमा जनआक्रोश, नगर कार्यालयमा तालाबन्दी

वीरगञ्ज । खेतीपातीको मुख्य समयमा मलखादको अभावका कारण आक्रोशीत भएका  बहुदरमाई नगरपालिका–४ का स्थानीय बासिन्दाले कार्यालयमा तालाबन्दी गरेका छन ।

खेलकुद

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.